सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गरिन्छ : सभापति थापा
०९ जेष्ठ २०८३
•
२ मिनेट पाठ
सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गरिन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेहरूलाई पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका छन्।




शनिबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै थापाले सदस्यता नवीकरणमा असहयोग गर्नेलाई जिम्मेवारीबाट मुक्त गर्ने चेतावनी दिएका हुन्।

थापाले पार्टीको सदस्यता नवीकरणको विषय क्रियाशील सदस्यहरूको विवरण पार्टीको केन्द्रीय कार्यालयमा राख्ने प्रयोजन मात्रै भएकाले यसमा असहयोग गर्नुपर्ने कुनै कारण नभएको स्पष्ट पारे। ‘पार्टीको केन्द्रीय कार्यालयले सदस्यहरूको विवरण राख्न नपाउने भन्ने हुन्छ र ?’ उनले भने,‘यसमा असहमति राख्नुपर्ने कुनै कारण नै छैन।’

थापाले सदस्यता नवीकरणको विषयमा कुनै भ्रम भए त्यसलाई हटाउने विषयमा आवश्यक छलफलका लागि तयार  रहेको पनि बताए। उनले आफू सबै विषयमा सबै पार्टीका समितिहरूमा जिम्मेवारी दिने विषयमा, पार्टीले गर्ने कामहरू र जिम्मेवारी दिने विषयमा सबै पक्षसँग सल्लाह गरेर काम गर्न तयार रहेको स्पष्ट पारे। थापाले भने,‘सबै कामहरू सल्लाहले गर्ने, सबै समितिहरू छलफल र सहमतिका आधारमा बनाउने भनिसके पछि कि त तेरो अनुहार नै मन पर्दैन भन्नु पर्यो नभए विमति राख्नुपर्ने अरू कुनै विषय बाँकी छ जस्तो मलाई लाग्दैन।’

सभापति थापाले पार्टीमा सबै विषयमा छलफलका लागि आफू तयार रहेको र सहमतिकै आधारमा काम गर्न पनि तयार रहेका कारण पार्टी फुटको दिशातर्फ जाने सम्भावना नरहेको दाबी गरे। उनले भने, ‘सबै विषयमा छलफल गरेर सबैको सल्लाहमा काम गर्ने भनिसकेपछि पार्टी फुटको दिशामा जाँदैन भन्ने मलाई विश्वास छ।’

सभापति थापाले भदौ २३ र २४ गतेको घटनामा संलग्न सबैलाई छानबिन गरी कारबाही गर्नुपर्ने धारणा राखे। उनले मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ  भइरहेको भन्दै तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग पनि गरे। उनले सरकारको काम कारबाही व्यवस्थापिका र न्यायपालिका माथि नियन्त्रण गर्ने किसिमको भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

सभापति थापाले यस्ता प्रयासहरू विगतमा पनि भएको स्मरण गर्दै नेपालका सङ्गठनहरू बलियो रहेका कारण सरकारका प्रयासहरू सफल नहुने बताए। उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको दाबी गरे।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
३ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस