नेकपा एमालेकी युवा नेतृ उषाकिरण तिम्सेनाले वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणमा सुनको परिमाण धेरै देखिएको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत कटाक्ष गरेकी छन्।
उनले आफ्नो बौद्धिक यात्रा र राजनीतिक चेतनाको चर्चा गर्दै विलासिताभन्दा विचार प्रधान रहेको टिप्पणी गरेकी छन्।
उनले फेसबुकमा लेखेकी छन्, ‘आफ्नो समयमा आन्दोलन गरेको र गणतन्त्र आएकोमा गर्व गर्छु। विचार-सिद्धान्त, इतिहास र समाजशास्त्र पढेकोमा मलाई कुनै पछुतो छैन। केन्द्रीय क्याम्पस, कीर्तिपुरको समाजशास्त्रको कक्षा मेरो लागि सबैभन्दा ठूलो सिकाइको केन्द्र हो, र त्रिवि मेरो लागि ज्ञान के हो, संसार के हो, विश्वव्यापीकरणले हामी कसरी थिचिएका छौ, कस्ता-कस्ता अन्तरसम्बन्ध छ समाजमा भनेर चेतना दिने मुख्य पाठशाला हो।’
उनले अगाडि लेखेकी छिन्, ‘मार्क्सवाद पढेर जे बुझियो, वर्ग संघर्ष, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्त, यसले पुँजीवाद र समाज बुझ्न धेरै मद्दत गर्यो। आफूसँग धन नभएकोमा, सुन नभएकोमा कुनै दुःख छैन; नुनकै दुःख नहोस् भन्ने त लागिरहन्छ।’
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...