मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी
०१ मंसिर २०८३
•
३ मिनेट पाठ
मधेसको सत्ता राजनीतिमा नयाँ समीकरणको खोजी
मिथिला क्षेत्रको मुख्य चाड छठ पर्वको समापनसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलको सक्रियता बढेको छ।




मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सत्ता समीकरण, नेतृत्व र मन्त्रालय बाँडफाँटबारे छलफल तीव्र तुल्याइएको छ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार गठन गर्ने विषयमा अहिले नेताहरूबीच संवाद अघि बढेको छ।

प्रारम्भिक छलफलमा जसपा नेपालले सरकारको नेतृत्व गर्ने त्यसमा एमाले र नेकपाले समर्थन गर्ने गरी समीकरण निर्माण गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।

प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते पदबाट राजीनामा दिएका थिए।

एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हो। आवश्यक बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि विश्वासको मत लिने प्रक्रियामा प्रवेश गर्नुअघि नै उहाँले पद त्यागे।

मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रियाअघि बढेको छ।

प्रदेश प्रमुख डा सुरेन्द्रलाभ कर्णले संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरका छन्।

प्रदेश प्रमुखले आगामी मङ्सिर ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गरेका छन्।

नेकपाका नेता भरतकुमार साहले जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको बताए।  उनले भने, ‘संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परिपाटी रहेकाले जसपाकै नेताको सम्भावना बलियो छ। यद्यपि अन्य नेताको पनि दाबी छ।’

जसपा नेपालका नेता जीतेन्द्र सोनारले भने मुख्यमन्त्रीको उम्मेदवारका विषयमा पार्टीभित्र औपचारिक छलफल भइ हालसम्म निष्कर्षमा पुगी नसकेको बताए।

सरकार गठन र मन्त्रालय बाँडफाँटबारे अहिले नै केही भन्न नसकिने उनको भनाइ छ। सोनार यसअघि मधेस प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संसदीय दलका नेता हुन्। लोसपा नेपाल गत पुस २७ गते जसपा नेपालमा समाहित भएको थियो।

एमाले मधेस प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले पनि नयाँ सरकार गठनका विषयमा अनौपचारिक छलफल भइरहेको बताए। उनले औपचारिक निर्णयका लागि तीन दलबीच थप छलफल आवश्यक रहेको उल्लेख गरे।

जसपा नेपालका नेता मनिषकुमार सुमनले पनि आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठन हुने परिस्थिति देखिएको बताए।

प्रदेश सभामा जसपा नेपालको सिट सङ्ख्या अन्य दलको तुलनामा बढी रहेकाले सरकारको नेतृत्व लिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

प्रदेश सभाको पहिलो कार्यकालमा जसपा नेपालका नेता लालबाबु राउतले विसं २०७४ फागुन २ देखि विसं २०७९ पुस २९ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। मधेस प्रदेश स्थापनापछि पहिलो कार्यकाल उनकै नेतृत्वमा सरकार गठन भएको थियो।

प्रदेश सभाको दोस्रो निर्वाचनपछि जसपा नेपालका सरोजकुमार यादव विसं २०७९ पुस २९ गते मुख्यमन्त्री बने। तर, प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उहाँ विसं २०८१ जेठ २३ गते पदमुक्त भए।

त्यसयता मधेस प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम निरन्तर जस्तै बनेको छ। जसपा नेपालका सरोजकुमार यादवपछि विसं २०८१ जेठ २५ गते जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए।

सिंहले विसं २०८२ असोज २८ गते राजीनामा दिएपछि तत्कालीन लोसपाका जीतेन्द्र सोनारले विसं २०८१ असोज २९ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हाले।

विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखिएपछि उनले सोही वर्षको कात्तिक २२ गते एक महिनाभित्रै राजीनामा दिएका थिए। त्यसपछि एमालेका सरोजकुमार यादव सोही कात्तिक २३ गते मुख्यमन्त्री बने।

उनले सोही बर्षको मङ्सिर १७ गते पनि विश्वासको मत प्राप्त गर्ने अवस्था नदेखेपछि पदबाट राजीनामा दिए। त्यसपछि मङ्सिर १९ गते कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बने।

उनले गत कात्तिक २८ गते राजीनामा गरेसँगै प्रदेशमा पुनस् नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो। १०३ सदस्यीय मधेस प्रदेश सभामा उपलब्ध दलगत विवरणअनुसार जसपा नेपालका २७, एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक–एक सिट छ।

प्रदेश सभामा सदस्यको सङ्ख्या र दलहरुबीचको हुने गठबन्धनका आधामा नयाँ सरकार गठनको समीकरण बन्नेछ। रासस
अर्को समाचार
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
४ मिनेट अघि
•
१ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
काठमाडौं। नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।




कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्।

अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा त्यसमा खटिने प्रतिनिधिलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागेको विज्ञप्तिमा उल्लेख छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा हुने अभिमुखीकरण कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध अभियानका सम्पूर्ण प्रतिनिधिलाई मङ्सिर १३ गते आइतबार बिहान ११:०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

काठमाडौं उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भने जुममार्फत भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको कार्यवाहक मुख्यसचिव दुलालले बताए। सम्बन्धित प्रतिनिधिलाई जुम बैठकको लिङ्क मोबाइलमा सन्देशमार्फत पठाइने र सोही लिङ्कबाट निर्धारित समयमा कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

देशका ७५३ वटै पालिकामा सञ्चालन गरिने अभियानलाई व्यवस्थित, प्रभावकारी र उद्देश्यअनुरूप अघि बढाउन अभिमुखीकरण कार्यक्रम महत्त्वपूर्ण हुने कांग्रेसले विश्वास व्यक्त गरेको छ।
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
यो पनि पढौँ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धान चुटेर, गोरु धपाएर रमाए विदेशी पर्यटक
धान काटेर खाली भएको खेतमा कोही कुन्यूँबाट धान निकालेर चुट्न व्यस्त थिए भने कोही गोरु नारेर दाइँ गरिरहेका थिए। महिलाहरू गुन्द्री बुन्न प्रयोग हुने पराल...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस