तराई/ मधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण
३० असार २०८२
•
४ मिनेट पाठ
तराई/ मधेसमा खानेपानी र सिँचाइ समस्या हल गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले तराई/मधेसका क्षेत्रमा बढ्दो खानेपानी र सिँचाइको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।




उनीहरुले चुरे संरक्षण, तराई÷मधेसमा पानी पुनःभरणको योजना बनाउन तथा किसानलाई मलबिउ उपलब्ध गराउन तथा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको रक्षा गर्न माग गरे।

सांसद जुलीकुमारी महासेठले मधेस प्रदेशमा पानीको अभाव अन्त्य गर्न विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद अनिता देवीले सिँचाइको पर्याप्त सुविधा नहुँदा तराई/मधेसका क्षेत्रमा धान रोपाइँ हुन नसकेकाले सो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहतको व्यवस्था गर्न माग गरिन्।

सांसद उर्मिला माझीले तराई÷मधेसका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद कालुराम राईले चुरे संरक्षण गरेर मात्रै पहाड र तराई क्षेत्रमा भू–क्षय नियन्त्रण र पानीको अभाव अन्त्य गर्न सकिने जनाउँदै पानीको पुनःभरण योजना बनाउन आग्रह गरिन्।

सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकार गठनको एक वर्ष बितिसक्दा पनि सम्झौतामा उल्लेख भएअनुसार संविधान संशोधनको प्रक्रिया अघि बढ्न नसक्नु ‘जनतासँग गरेका प्रतिबद्धताप्रतिको धोका र सरकारको असफलता’ भएको टिप्पणी गरे। सांसद छिरिङ ल्हामु लामा तामाङले वर्तमान सरकार गठनको हुँदाका बखत संसद्मा गरिएको प्रतिबद्धता पूरा गर्न नसकी आफ्नो औचित्य गुमाइसकेको आरोप लगाए।

सांसद अन्जनी श्रेष्ठले पशुपतिको पूजाआजामा चर्को मूल्य लिने तथा किरियापुत्री भवनमा न्यूनतम सुविधा पनि नभएकाले सो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद अनमनलाल मोदीले स्वास्थ्य बीमाअन्तर्गत कोशीका ठूला अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएर जनतालाई सास्ती दिने काम नगर्न सरकारलाई सुझाव दिए। अस्माकुमारी चौधरीले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘रेफरल सेन्टर’का रुपमा राखिँदा यसबाट नागरिकलाई स्वास्थ्योपचारलाई झन् जटिल भएको बताए।

सांसद अम्मरबहादुर थापाले प्राकृतिक विपत्तिको जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कबाड व्यवसायीमाथि भएको धरपकड नियन्त्रण गर्न सङ्घीय सरकारको ध्यानाकर्षण गराए।

सांसद ईश्वरबहादुर रिजालले पर्यटकीय क्षेत्र दोलखाको जिरी क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणका लागि सङ्घीय सरकारबाट जग्गा प्राप्तिको विषय टुङ्ग्याइदिन आग्रह गरे। सांसद ईश्वरी घर्तीले रोल्पाको भौतिक र शैक्षिक विकासमा विशिष्ट योगदान दिएका राप्रपा नेता बालाराम घर्ती मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदान रोल्पाली जनताले स्मरण गरिरहने बताए।

सांसद कल्पना चौधरीले भिजिट भिसा प्रकरणमा कहीँकतै संलग्न नभएका गृहमन्त्रीलाई प्रतिपक्षी दलले जबर्जस्ती मानवतस्करी करार गर्न खोजिरहेको भनी आपत्ति जनाइन्। ईश्वरीदेवी न्यौपानेले संसद्लाई दोषरोपण गर्ने थलोका रुपमा सीमित गर्न नहुनेमा जोड दिइन्।

सांसद किरणकुमार साहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको लेनदेनसम्बन्धी विषयका बारेमा सदनलाई जानकारी गराउन माग गरे। सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेका नागीडाँडामा विमानस्थल निर्माणको विषय कता हरायो ? भनी प्रश्न गरे।

सांसद गङ्गा कार्कीले खेतीयोग्य समयमा मलको अभाव हुनु लज्जास्पद भएको जनाउँदै संसद्मा उठेका विषयको सम्बोधनमा सरकारले ध्यान नदिएको बताइन्। सांसद चन्द्रकान्त भण्डारीले संसद्लाई समस्याको समाधानको थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै संसद् भवनमा समाचार सङ्कलनमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई उपयुक्त प्रबन्ध गर्न माग गरे।

सांसद चन्द्रबहादुर विश्वकर्माले गरिबी निवारण नेताका भाषण, नीति तथा कार्यक्रममा भए पनि गरिबी निवराणको योजना बनाउन सरकार चुकेको बताए। छिरिङ डम्डुल लामा भोटेले हुम्लालाई केन्द्रबिन्दु बनाएर लुम्बिनी, काक्रेबिहार हुँदै मानसरोबरसम्म जाने धार्मिक तथा पर्यापर्यटनको विकास गर्न सरकारको ध्यानाकर्षण गराए।

सांसद जनार्दन शर्माले छाउपडीका नाममा किशोरी र महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य कसरी र कहिले गर्ने भनी रु सरकारसँग प्रश्न गरे। सांसद कान्तिका सेजुवालले छाउपडी गोठमा विभिन्न कारणबाट महिलाले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद अब्दुल खाँनले महिला हिंसाका घटना न्यूनीकरण गर्न विशेष योजना सञ्चालन गर्न सरकारसँग माग गरे। 
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस