‘अहिलेको सरकार मर्यादाभित्र छैन’
०३ मंसिर २०८३
•
४ मिनेट पाठ
‘अहिलेको सरकार मर्यादाभित्र छैन’

विपक्षी नेकपा एमालेले जनताको विश्वास र भरोससहित आफ्नो पार्टी पुनः मुलुकको शासन सत्तामा पुग्ने दाबी गरेको छ। अघिल्लो वर्ष भएको जेनजी विद्रोहसँगै सत्ता राजनीतिबाट पाखा परेको एमालेले पार्टीको संगठन सुधार गर्दै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेको हो।

जेनजी विद्रोहसँगै पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापनमा लामो समय खर्चेको एमालेले बुधबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना सुरु गरेको छ। भेलामार्फत पार्टी एकताको सन्देश प्रवाह भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने बताए।

भेलाको उद्घाटन गर्दै उनले आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा गएको र पुनः सरकारमा जाने बताए। पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणसँगै वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिए।

‘हामी कसैको कृपाले नभई नेपाली जनताको कृपाले गएका थियौं,’ ओलीले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा एमाले सरकारमा गएको होइन। एमाले फेरि सरकारमा जान्छ। कान खोलेर सुने हुन्छ ।’ पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसहित देशभरिका ३४ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीले सुरु गरेका विकासका अधुरा कामलाई फेरि अघि बढाउने दाबी गरे। सरकार प्रतिशोधको राजनीतिमा लागेको बताउँदै ओलीले त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘आन्दोलन लागि तयार भएर बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ उनले भने, ‘यो तिथिविधि मान्ने, संविधान मान्ने, कानुन मान्ने, मर्यादाभित्र बस्ने सरकार होइन।’

 सरकारविरुद्ध निकै आक्रामक बनेका ओलीले सरकारविरुद्ध सडकमा उत्रने चेतावनी पनि दिए। ‘एमाले चुप लागेर बस्नेछैन। त्यसबेला (ओली गिरफ्तार हुँदा) संख्या केही हजारका दरले निस्कियो होला, अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले भने।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा भइरहेका भेला बिहीबार स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणसहितका विषयमा छलफल गर्दै सकिनेछ। भेलामा केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश, जिल्ला र पालिका कमिटीका प्रमुख तथा उपप्रमुख, जनसंगठनका प्रतिनिधि र संघीय तथा प्रदेश सांसदसहित कुल तीन हजार ४१४ जनाको सहभागिता छ।

प्रदेशदेखि टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिनेछ। यसअन्तर्गत घरदैलो, डिजिटल प्रचार, स्वयंसेवक परिचालन, स्रोत व्यवस्थापन, कानुनी तथा सुरक्षा, मतदान र मतगणना व्यवस्थापनलगायत उपसमिति बन्नेछन्। प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी मतदाता विवरण, प्रचार सामग्री र स्वयंसेवक व्यवस्थापन गरिनेछ ।

भेलामा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सरकारमा रहँदा गरेका कामको १८ पृष्ठ लामो उपलब्धि विवरण प्रस्तुत गरे। पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा संवैधानिक विकास, आर्थिक–सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रगतिलाई पार्टीका उपलब्धिका रूपमा उल्लेख गरिएको छ।

दस्ताबेजअनुसार २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ भदौ २४ सम्म एमाले अल्पमतको सरकारमा करिब नौ महिना, बहुमतको सरकारमा करिब तीन वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा तीन वर्ष ६ महिना र अरू दलको नेतृत्वमा बनेका सरकारमा करिब पाँच वर्ष सहभागी भएको थियो। एमालेले आफू सरकारमा रहेको अवधिका कामको मात्र जिम्मेवारी लिने स्पष्ट पारेको छ ।

एमालेले २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०.३ प्रतिशतमा झरेको दाबी गरेको छ। मानव विकास सूचकांक ०.४३७ बाट ०.६०२ र प्रतिव्यक्ति आय २०० डलरबाट एक हजार ५३५ डलर पुगेको उल्लेख छ। कुल गार्हस्थ्य उत्पादन एक खर्ब २० अर्बबाट ६६ खर्ब, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको तथ्यांक पनि प्रस्तुत गरिएको छ।

मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगी ३६ लाख नागरिक लाभान्वित भएको दस्ताबेजमा उल्लेख छ। सामाजिक सुरक्षा कोषमा ३१ लाख श्रमिक जोडिएको, साक्षरता दर ३९.६ बाट ७६.२ प्रतिशत र औसत आयु ५५ बाट ७२ वर्ष पुगेको तथा स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको पनि एमालेको दाबी छ ।

सडक सञ्जाल आठ हजार ३२८ किलोमिटरबाट एक लाख १० हजार किलोमिटर पुगेको, विद्युत् जडित क्षमता २२७ मेगावाटबाट चार हजार १२० मेगावाट र विद्युत् पहुँच १० बाट ९९ प्रतिशतमा पुगेको दस्ताबेजमा उल्लेख छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न सुरुङमार्ग, रेल सेवा, पेट्रोलियम पाइपलाइन तथा सडक र झोलुंग पुल निर्माणलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ।




अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
७ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस