शालिकअगाडि आँशु, मतपेटिकामा सौदा: जुम्लामा कांग्रेसको चुनौती
१२ माघ २०८२
•
४ मिनेट पाठ
शालिकअगाडि आँशु, मतपेटिकामा सौदा: जुम्लामा कांग्रेसको चुनौती
नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार एवं पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले मनोनयन दर्ताको सुरुवात तत्कालीन जिल्ला सभापति स्वर्गीय मानव सेजुवालको शालिकमा अबिर र खादा अर्पण गर्दै गरेका छन्। राजनीतिमा स्मृति, संवेदना र सन्देश एकसाथ प्रयोग हुने दृश्य जुम्लामा फेरि दोहोरिएको छ।




२०७० फागुन ४ गते काठमाडौंबाट जुम्ला आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज अर्घाखाँचीको मसिनेलेकमा दुर्घटना हुँदा तत्कालीन सभापति सेजुवालको निधन भएको थियो। त्यतिबेला कांग्रेसको जिल्ला नेतृत्वमा उपसभापतिको भूमिकामा रहेका शाही अहिले प्रतिनिधिसभा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।

शालिकमा अंकमाल, म्वाई खाने, खुट्टा समात्ने र आँशु झार्ने शाहीको दृश्यलाई लिएर कांग्रेसभित्रै फरक-फरक व्याख्या सुरु भएको छ। कतिपयले यसलाई विभाजनको संघारमा पुगेको कांग्रेसभित्र भावनात्मक एकता जुटाउने प्रयासका रूपमा हेरेका छन् भने कतिपयले स्वर्गीय सेजुवालको योगदानको सम्मान र उनको देखाएको राजनीतिक बाटो पछ्याउने प्रतिबद्धताको संकेत मानेका छन्। शाही स्वयं भने सेजुवालले कांग्रेसलाई यहाँसम्म पुर्‍याउन खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यसले नेता–कार्यकर्तामा हौसला र प्रेरणा दिने दाबी गर्छन्। चुनावी मौसममा भावनाले काम गर्छ भन्ने राजनीतिक यथार्थसँग उनको यो दाबी मेल खान्छ।

मनोनयन दर्तापछि शाहीले आफूलाई ‘भुइँमान्छेको उम्मेदवार’को रूपमा प्रस्तुत गरे। नेपाली राजनीतिमा सबैभन्दा धेरै दोहोरिने तर व्यवहारमा सबैभन्दा कम भेटिने परिचय यही हो। ‘म गलत प्रचार गरेर जनतालाई धोका दिने छैन,’ उनले भने, ‘म भुइँमान्छे हुँ। भुइँमान्छेको छोरा हुँ।’

जितेपछि सबै बस्तीमा पुगेर समस्या संकलन गर्दै पैदलै संसद् भवन छिर्ने प्रतिबद्धता उनको भाषणको मुख्य आकर्षण बन्यो। संसद् पुग्ने बाटो पैदल भए पनि त्यहाँको राजनीति भने सधैं उचाइमै रहने यथार्थबारे उनले केही भनेनन्।

२४ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय शाही सार्वजनिक पदका लागि कहिल्यै मरिहत्ते नगरेको दाबी गर्छन्। बरु आफूलाई आएका अवसर मातहतका कार्यकर्तालाई सुम्पिएको उनको भनाइ छ। २०७४ सालमा प्रतिनिधिसभा उम्मेदवार बन्ने अवसर पाउँदा उनले देवेन्द्रबहादुर शाहीलाई सहजै अघि सारे। त्यतिबेला आफू सभापति भएकाले अवसर लिए पार्टी संगठनमा नकारात्मक असर पर्ने उनको तर्क थियो।

शाहीको राजनीतिक यात्रा निर्वाचित पदबाटै सुरु भएको हो। २०४९ सालमा तत्कालीन कालिकाखेतु गाविसको अध्यक्ष बनेका उनी २०५४ सालमा चार गुणा बढी मतसहित पुनः निर्वाचित भए। जनमुखी कामकै कारण जनताले दोहोर्‍याएको उनको दाबी छ। २०७० सालमा सेजुवालको निधनपछि शाहीले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाले। तीन वर्ष कार्यवाहक रहेपछि उनी पुनः पाँच वर्षका लागि सभापति निर्वाचित भए। अहिले उनी जिल्लाको वरिष्ठ नेताको हैसियतमा छन्।

कांग्रेसभित्र त्यागी, इमान्दार र सादगी नेताको छवि बनाएका शाहीका लागि यो चुनाव छवि परीक्षणको अवसर पनि हो। २०७९ को निर्वाचनमा प्रतिनिधिसभा टिकट नपाएपछि उनले प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर केन्द्रीय सभापति शेरबहादुर देउवाको आग्रहपछि उनले उम्मेदवारी फिर्ता लिए। तर कांग्रेसभित्रको आन्तरिक गुटबन्दी शाहीका लागि चुनौतीका रूपमा देखिएको छ। उनी गगन थापानिकट प्यानलबाट टिकट पाएका हुन्। यसअघि जिल्ला समितिले सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालसहित दर्जनौँ नेताको नाम सिफारिस गरेको थियो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवानिकट ललितजंग शाही पराजित भएका थिए भने कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजयी भएका थिए। देवेन्द्र शाही हाल गगन थापाको पक्षमा खुलेका छन्। पार्टी निर्णय व्यक्तिगत चाहनाभन्दा माथि हुने पुरानै अभ्यास यसपटक पनि दोहोरिएको छ।

आर्थिक रूपमा सामान्य परिवारमा हुर्किएका शाही जनतासँगै खाने–बस्ने भएकाले सहजै जित्ने अनुमान गर्छन्। तर उनीसँगै राजनीतिमा आएका धेरै नेताहरू सांसद, मन्त्री भइसकेका छन्। एमालेबाट बलबहादुर महत पर्यटन राज्यमन्त्री बने। पदमबहादुर रोकाया कर्णाली प्रदेशका मन्त्री बने। शाही भने अझै ‘अवसरको प्रतीक्षा’मै छन्।

द्वन्द्वकालमा २०५४ सालमा तत्कालीन माओवादीबाट भौतिक कारबाही खेपेका शाही लामो समय विस्थापित जीवन बिताए। अहिले पनि द्वन्द्वकालीन घाउ बोकेर घरदैलोमा हिँडिरहेको बताउँदै उनले जनताकै मायाले मल्हम लगाइदिने विश्वास व्यक्त गर्छन्।

कांग्रेसका लागि जुम्ला सजिलो भूगोल कहिल्यै रहेन। २०६४ मा माओवादीसँग पराजित कांग्रेसले २०७० मा ललितजंग शाहीलाई जितायो। २०७४ मा एमाले–माओवादी गठबन्धनका कारण देवेन्द्रबहादुर शाही पराजित भए। २०७९ मा गठबन्धनकै कारण कांग्रेसले प्रतिनिधिसभा टिकट पाएन। गठबन्धनकी उम्मेदवार गोमा गौतम पराजित भइन्। अब, कांग्रेसले आफ्नै उम्मेदवारका रूपमा दीपबहादुर शाहीलाई अघि सारेको छ। उनका लागि चुनौती दुई तहको छ: विभाजनको डिलमा पुगेको पार्टीभित्र नेता–कार्यकर्तालाई सन्तुष्ट राख्नु र आम मतदाताबाट विश्वास जित्नु।

श्रद्धा, त्याग र अवसरको कथा बोकेका शाहीले यसपटक जनताको मत जित्न सक्छन् कि सक्दैनन्, त्यो भने चुनावी नतिजाले नै तय गर्नेछ।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
८ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस