प्रहरी र विद्यार्थीको चिता जल्दा आँशुको भेल
२८ भदौ २०८२
•
४ मिनेट पाठ
प्रहरी र विद्यार्थीको चिता जल्दा आँशुको भेल
जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकाको शुक्रबार आर्यघाटमा अन्त्येष्टि गरिँदै। तस्बिर: नागरिक
जब सत्ताले बाटो बिराउँछ तब मुलुक एकै पटक आँसुको भेलमा बग्छ भन्ने उदाहरण शुक्रबार पशुपति आर्यघाटमा देखियो। आर्यघाटको एकातिर सोमबारको जेन–जी आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीको चिता र अर्कातिर मंगलबारको आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीको चिता जल्दै थियो।




सामाजिक सञ्जाल स्वतन्त्रता, पारदर्शिता र सुशासनका मागहरू बोकेर आन्दोलनमा उत्रेका १९ वर्षीय श्रीयम चौंलागाईंको शव जल्दा होस् या मंगलबार कर्तव्य निर्वाहका क्रममा ज्यान  गुमाएका प्रहरीका शव जल्दाको क्षण। दुवैमा आँसुको भेल बगेको थियो। यस्तो लाग्थ्यो,  राज्यको लापरबाहीका कारण सिंगो मुलुकसँगै बागमती पनि रोइरहेको छ। ‘ऊ मुलुकको  बेथितिविरुद्ध आवाज उठाउन गएको थियो,’ आर्यघाटमा जल्दै गरेको श्रीयमको भिडियो  हेरेपछि प्रभात अधिकारी लेख्छन्, ‘सत्ताको गोलीले उसको आवाज बन्द गराइयो।’

कुनै दल र पार्टीसँग आबद्ध नभएको केवल मुलुकको हित सोचेर हिँडेको किशोर निरकुंश सत्ताको गोलीले ढलेको उनले सुनाए। सत्ताले श्रीयमको आवाज बन्द गराए पनि हजारौं श्रीयमहरू जन्मिसकेको उनी बताउँछन्।

कर्तव्यपालनका क्रममा खटिएका प्रहरीको चिता जल्दा पनि सर्वसाधारण भावुक बने। प्रहरीका परिवारको चीत्कार र रुवाबासी सुन्दा धेरैको मन रोएको थियो।

‘हामी पनि यस देशका नागरिक नै हौं दाजुभाइ जस्तै तर आदेश पालना गर्नु हाम्रो कर्तव्य हुन्छ, ‘एक प्रहरी जवानले सुनाए, ‘जब आन्दोलन हिंसात्मक मोड लिन्छ, हाम्रो ज्यान पनि जोखिममा पर्छ, आज हाम्रो साथी हामीसँग हुनु हुन्न।’

यसरी एउटै आर्यघाटमा एउटै  घटनाले दुई भिन्न परिवारलाई आँसुमा डुबाएको थियो। एकातिर ‘सहिद’ भएको जेन–जी युवा, अर्कातिर कर्तव्य पूरा गर्दै गर्दा ज्यान गुमाएका प्रहरी। दुवैको परिवारको पीडा आँसु र चिच्याहटले सबैलाई दुःखी बनाएको थियो।

‘भ्रष्ट सरकारका कारण दुवैलाई एकअर्काको दुस्मनजस्तो बनाएर लडाइयो,’ दिनेश स्याङ्तान लेख्छन्, ‘मारिएका सबै एउटै मुलुकका नागरिक हुन्।’

सयौं थुँगामध्ये यी केही थुँगा मात्र हुन्। आन्दोलनको पहिलो दिनमै सोमबार १९ जनाको मृत्यु भएको जेन–जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा ५१ पुगेको छ। प्रहरीले आन्दोलनले उग्र रूप लिएसँगै प्रहरीले भिड नियन्त्रणका लागि भन्दै गोली चलाएपछि पहिलो दिनमै १९ जेन–जीले ज्यान गुमाएका थिए, सोही क्रममा  श्रीयमको पनि मृत्यु भएको थियो। दोस्रो  दिनको आन्दोलनले उग्र रूप लिएपछि तीन प्रहरीको ज्यान गएको थियो।

त्यस्तै झडप, आगलागी, भागदौडमा परि थप १८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ। जसमा गोली प्रहारबाट मात्रै जम्मा ३० जना जेन–जीले ज्यान गुमाएका छन्। आन्दोलनका क्रममा सयौं घाइते छन्। सडक र अस्पताल रगतले भिजेको छ। तर निकास दिनुपर्ने राज्य अझै मौन छ। उनीहरू बल्लतल्ल सहमतिको बाटोमा आएका छन्। आन्दोलनकारी र प्रहरी, दुवै सामान्य परिवारका सन्तान हुन्। तर राजनीति र सत्ता संघर्षले उनीहरूलाई आमनेसामने उभ्याइदिन्छ र यस्तो अवस्था आउँछ।

‘आर्यघाटमा एउटै समयमा दुई चिताको धुवाँ उडिरहेको थियो,’ अन्जान फुयाँल लेख्छन्, ‘एक युवाको सपना, अर्को सुरक्षाकर्मीको कर्तव्य।’ दुवैको परिवार रोइरहेका थिए। कोही छोराको  लास बोकेर आएका थिए, कोही सहिद बनेका आफन्तलाई प्रहरी पोसाकमा सलामी दिँदा थेग्न नसक्ने आँसु झारिरहेका थिए। यस्तोमा राज्यचाहिँ किन सधैं कठोर बन्छ भन्ने प्रश्न  उठेको छ।

जेन–जी आन्दोलन युवा पुस्ताको असन्तोषको उत्कर्ष हो। तर राजनीतिक दलहरू भने अझै आपसमा आरोप–प्रत्यारोपमै व्यस्त छन्। केही अघिसम्म त आन्दोलनकारी जेन–जी  पनि एकअर्काबिच आरोप–प्रत्यारोपमा उत्रिएको समेत देखियो। उनीहरू सत्ता प्राप्तिका लागि मात्र होइन, मुलुकको समृद्धिका लागि मिल्नुपर्छ।

सडकमा पोखिएका युवाहरूको रगत आँसु र सुरक्षाकर्मी परिवारको पीडा कसैले सम्बोधन गर्न सकेका छैनन्। ‘यो घटनाले एउटा कटु सत्य उजागर गरिदिएको छ,’ जीवन अर्याल लेख्छन्, ‘राजनीतिक असंवेदनशीलताले आन्दोलनकारी मात्र होइन, सुरक्षाकर्मी पनि ज्यान गुमाउन बाध्य हुन्छन्। दुवैका परिवार रोइरहेका छन्। दुवैलाई राजनीतिमा खेलाउने साधन  बनाइएको छ।’

यस्तो जटिल अवस्थामा पनि विभिन्न राजनीति खेल्ने प्रयास रोकिएन। मुलुकले निकास पाउने  देखिएको छ। जेन–जी आन्दोलनको राप नसेलाउँदै उनीहरूको मागको सम्बोधन हुनु जरुरी रहेको युवाहरूको भनाइ छ। सर्वसाधारण धैर्यसाथ निकासको प्रतीक्षामा छन्। ‘आर्यघाटमा उठेको धुवाँ केवल श्रीयम वा प्रहरीको मात्र होइन, सम्पूर्ण प्रणालीको असफलताको धुवाँ हो,’ जीवन थप्छन्, ‘समयमै उनीहरूको मागको सार्थक सम्बोधन गर्न नसके यसले सिंगो मुलुकलाई पुनः रुवाउनेछ।’
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२२ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस