स्थायी समिति बैठक: शर्मालाई एक्ल्याउने दाहाल रणनीति
१८ साउन २०८२
•
४ मिनेट पाठ
स्थायी समिति बैठक: शर्मालाई एक्ल्याउने दाहाल रणनीति
नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक कलहमा उपमहासचिव जनार्दन शर्मालाई एक्ल्याउने रणनीति तयार गरिएको छ। पार्टीको आन्तरिक विषयमा बाहिर बोल्दै हिँडेको भन्दै शर्मालाई नेताहरूले आत्मालोचना गर्न दबाब दिँदै एक्ल्याउने रणनीति लिएका हुन्।




स्थायी समिति बैठकबाट सार्वजनिक कार्यक्रममा पुगेका अर्का उपमहासचिव वर्षमान पुनले दिएको अभिव्यक्तिले यस्तो संकेत गरेको छ। पुनले शनिबार एउटा सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल युगनायक भएको अभिव्यक्ति दिँदै पार्टीभित्र जति रिस उठे पनि नेताहरूले दायाँबायाँ गर्न र भाग्न नपाउने बताएका थिए।

शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ सार्वजनिक हुनुले शर्मालाई एक्ल्याउने रणनीति तय गरिएको संकेत मिलेको एक नेताको दाबी छ। ती नेताका अनुसार स्थायी समितिमा धारणा राख्ने अधिकांश नेताले पार्टीको आन्तरिक विवाद बाहिर लैजान नहुने र अध्यक्षको कामकारबाहीबारे पार्टीभित्रै छलफल गर्नुपर्ने बताएका थिए। स्थायी समिति बैठकमा समितिका १८ सदस्य, पाँच पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखे। बैठक आइतबार पुनः बस्नेछ। बैठक शुक्रबारदेखि जारी छ।

स्थायी समिति सदस्य राम कार्कीले बैठक संयमित ढंगले अघि बढेको बताए। ‘बाहिर हल्ला र चर्चा भएअनुसार बैठकमा कडिकडाउ भएको छैन। कसैलाई कारबाही भइहाल्छ भन्ने खालको अवस्था होइन। जनार्दन शर्माजीले पार्टीको विषयमा बाहिर नबोल्दा राम्रो हुन्छ भन्ने सुझाव आएको छ। यो सुझावलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने धारणा आउनु स्वाभाविक हो,’ उनले भने।

उनका अनुसार पार्टीको विशेष महाधिवेशन गर्नुपर्छ भन्ने विषयवस्तु पनि उठान भएको छ। ‘विशेष महाधिवेशनका विषयमा विविध धारणा आएका छन्,’ उनले भने।

स्थायी समिति बैठकमा अधिकांश नेताहरूले दाहाल प्रधानमन्त्री भएका बेला राम्रो काम भएको, भ्रष्टाचार नियन्त्रणको कदम चालिएको भन्दै उनको बचाउ गरेका थिए। ‘आज (शनिबार) आफ्ना धारणा राख्ने नेताहरूले दाहालको प्रशंसामै शब्द खर्चेका थिए। पार्टी सुदृढीकरणबारे धारणा भने खासै आएनन्। विशेष महाधिवेशनबारे त झन् कसैले पनि बोलेनन्,’ स्थायी समितिका एक सदस्यले भने।

बैठकमा सहभागी अर्का नेताका अनुसार स्थायी समिति सदस्य गणेशमान पुनले कमिटीको कुरा बाहिर लगेर भन्नु गलत भएको, यस्तै भए पार्टीको गोपनीयता भंग हुने र पार्टीप्रति गलत धारणा बन्दै जाने बताएका थिए। सत्या पहाडी र कमला रोकाले पनि पुनकै कुरामा समर्थन जनाउँदै अहिले माओवादी केन्द्र एकजुट भएको सन्देश दिने बेलामा पार्टीभित्र गुट रहेको देखाएर उपमहासचिव शर्माले राम्रो नगरेको टिप्पणी गरेका थिए।

यस्ता विषयहरू सार्वजनिक गर्न पार्टीले नै रोक लगाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। बैठकमा कुलप्रसाद केसी, जोखबहादुर महरा, खगराज भट्ट, विश्वनाथ साहसहित १८ जनाले धारणा राखिकेका छन्। आइतबारको बैठकमा पनि सदस्यहरूले धारणा राख्नेछन्।

बैठकमा शनिबार धारणा राख्नेमध्ये अन्जना विशंखेले मात्रै पार्टी निर्णयलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्ने बताएकी थिइन्। ‘पार्टी फुट्छ वा फुट्दैन भनेर अध्यक्षले बाहिर भन्दै हिँड्ने कुरा नै गलत हो। सबैले विधि र विधानलाई अक्षरशः पालना गर्नुपर्‍यो र गराउनुपर्‍यो,’ स्थायी समितिका एक सदस्यले विशंखेलाई उद्धृत गर्दै भने, ‘म पार्टीको एउटै कमिटीमा बसेको १८ वर्ष भइसक्यो। पार्टी बनेन भनेको मैले सुनेकै आठ वर्ष भइसक्यो। यसको जवाफ हामीले कोबाट पाउने हो त? पार्टी नबन्नुमा हामी पनि जिम्मेवार थियौं होला नि ! पार्टी अध्यक्षले नै पार्टी फुट्छ भन्दै वा फुट्दैन भन्दै हिँड्नुहुन्छ भने जिम्मेवार को हो? आजै निर्क्याेल गरियोस्।’

साउन ६ गते काठमाडौंमा आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उपमहासचिव शर्माले अध्यक्ष दाहालको नाम नलिई कम्युनिस्ट प्रधानमन्त्रीहरू सबै भ्रष्ट भएको अभिव्यक्ति दिएको विषयलाई स्थायी समिति बैठकमा जोडतोडले उठाइएको थियो। शर्माले नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र निकायलाई दिनुपर्नेदेखि कम्युनिस्ट नेतामा मनमोहन अधिकारीबाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको टिप्पणी गरेका थिए।

दुई वर्षयता माओवादी केन्द्रमा नेतृत्वको बहस पेचिलो हुँदै गएको छ। यही क्रममा शर्माले पार्टीभित्र पुस्तान्तरणको विषय उठाइरहेका छन्। पार्टीको वरीयताक्रममा तल रहेका तर देशव्यापी नेटवर्क बनाएका उपमहासचिव शर्माले लामो समयदेखि चलाउँदै आएको नेतृत्व परिवर्तनको बहस अहिले पेचिलो बन्न थालेको हो। माओवादी केन्द्रभित्र नेतृत्वको बहस चलिरहँदा करिब ३७ वर्षयता निरन्तर नेतृत्वमा रहँदै आएका अध्यक्ष दाहाल अप्ठेरोमा परेका छन्।

पार्टी संरचनामा बहुमत दाहलको पक्षमा भए पनि ठुलो युवा पंक्ति नेतृत्व परिवर्तनको पक्षमा छ। माओवादी केन्द्रभित्रको नेतृत्वमाथि उठेको प्रश्न र यसको लडाइँ निकै लामो हुने देखिन्छ। लामो समय नेतृत्वमा रहँदा आलोचित भइरहेका दाहाललाई पार्टीभित्रको दबाब थेग्न मुस्किल पर्दै गएको छ।

अझ पछिल्लो पटक दाहालले थप पाँच/सात वर्ष नेतृत्वमै रहने अभिव्यक्ति दिएपछि विशेष महाधिवेशनको माग गरेर कार्यकर्ताहरूले थप अप्ठेरो बनाउँदै लगेका छन्। गत बुधबार (साउन १४) मा बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्माले चार बुँदे प्रस्ताव राख्दा दाहालकै योजना र दबाबमा महासचिव देव गुरुङले ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्तावलाई पनि समेटेका थिए। जारी स्थायी समिति बैठकमा समेत गुरुङले यो प्रस्ताव पेस भैसकेको छ।

शुक्रबार दाहालले यही विषयमा थोरै छलफल समेत गरेका छन्। शनिबारको बैठकमा आन्तरिक एकताको नाममा शर्माले उठाएको विषयलाई ओझेलमा पार्न खोजिरहेका छन्।
अर्को समाचार
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
१ मिनेट अघि
•
० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
सुनसरी। गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।




शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताए। जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्को पटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उनले बताए। नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री गुरुङले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि प्रत्येक नागरिकलाई सम्मान गर्नुपर्ने बताए। पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राखे।

नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उनले यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताए।

सुशासन र समृद्धिको अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नो पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको समेत साथ र सहकार्य रहने उनले विश्वास व्यक्त गरे।

कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति उनले आभार व्यक्त गरे। समुदायले अप्ठ्यारो परिस्थितिमा दिएको साथ र जनताबाट प्राप्त आशीर्वादले आफूलाई अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो।
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डिपिआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार
नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको चार वर्ष बितिसक्दासमेत निर्माण कार्य स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस