उम्मेदवारलाई भेट्नै नपाउने खोप्री गाउँमा राप्रपा प्रवक्ता शाही
०१ फागुन २०८२
•
३ मिनेट पाठ
उम्मेदवारलाई भेट्नै नपाउने खोप्री गाउँमा राप्रपा प्रवक्ता शाही
जुम्लाको दुर्गम तिला गाउँपालिका–९ खोप्री गाउँमा मतदाताले कुनै पनि उम्मेदवारसँग प्रत्यक्ष भेट्न पाउँदैनन् । भौगोलिक रुपमा निकै विकट मानिएको खोप्री गाउँमा अहिले न उम्मेदवार पुगेका छन् न त निर्वाचनको कुनै चहलपहल देखिन्छ । न त उम्मेदवारसँग मतदाताले आफ्ना मर्का नै राख्न पाइरहेका छन् । उनीहरुले उम्मेदवारको अनुहार नै चिन्न नपाइ मत हाल्ने गरेका छन् ।  




कसैले पार्टी, कसैले संगठन त कसैले व्यक्तिको बारे सुनेर मात्रै मतदान गरिरहेको स्थानीय कालीबहादुर थापाले बताए । उनले प्रत्यक्ष रुपमा मतदाताले उम्मेदवार भेट्न नपाउँदा शिक्षा, स्वास्थ्य, बिजुली तथा खानेपानी जस्ता आधारभूत सुविधासमेत पाउन नसकिएको बताए । ‘हामीले मत दिएर कैयन उम्मेदवार सांसद बनाएर पठायौं । सांसद भइसकेपछि न विकास पायौं न उम्मेदवार नै चिन्यौं,’ थापाले भने, ‘हाम्रा दुःख जहाँका तहीँ छन् । हाम्रो भोटले जितेका नेताको अवस्था बद्लिसक्यो ।’

बुधबार रापप्राका उम्मेदवार ज्ञानबहादुर शाही खोप्री गाउँमा पुगे । मतदाताले उनलाई गाउँमा देखिएका समस्या दर्शाए । शाहीले आफू नीति निर्माण गर्ने थलोमा जाने भएकोले विकासको काममा धेरै नलाग्ने भएपनि प्रदेश र स्थानीय तहसँगको समन्वयमा गाउँका माग सम्वोधन गर्ने आश्वासन दिए । 

प्रतिनिधिसभाको एकमात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार छन् । सुगम मानिएका गाउँबस्तीमा उनीहरुले चुनावी प्रचारप्रसार तीब्र बनाएका छन् । तर भौगोलिक रुपमा विकट क्षेत्रमा पुग्न सकिरहेका छैनन् ।सडकले जोडिएका गाउँबस्तीमा दोर्‍याई तेहर्‍याई पुगिसके तर दुर्गममा अनुहार नै देखाइरहेका छैनन् । अहिले तिला गाउँपालिकाको तल्लो र माथिल्लो खोप्री, कनकासुन्दरीका सिफ्टी, मर्फान र पातारासीको हुरीमोहरी गाउँमा चुनावी प्रचारप्रसार निकै कम छ ।सडक सञ्जालमा नजोडिएका यी गाउँबस्तीमा चुनावको रौनक देखिएको छैन । यी ठाउँका मतदाता खेतीपाती र आफ्नै पेशाव्यवसायमा व्यस्त हुन्छन् ।  

तिलाको माथिल्लो खोप्रीमा ३५ र तल्लो खोप्रीमा २१ वटा घरधुरी छन् । यी दुई गाउँमा करिब दुई सय मतदाता रहेका छन् । चुनाव आउन झण्डै तीन सातामात्रै बाँकी रहँदा उम्मेदवारहरु पुग्न नसकेको स्थानीय छविलाल थापाले जानकारी दिए ।‘ अघिल्ला निर्वाचनताका पनि यहाँ उम्मेदवार खासै आएनन् । गाउँबस्तीमा जल्दाबल्दा समस्या छन् । सडक, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत विकास छैन् । उम्मेदवार पुगेपछि हामी समस्या सुनाउन आतुर छौं,’ उनले भने ।  

गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन छ । खोप्री गाउँदेखि प्रसूति केन्द्र रहेको राँसामालापानी स्वास्थ्य चौकी करिब ९ किलोमिटर दुरीमा छ । माघ दोस्रो साता खोप्रीकी २७ वर्षीया रमिता थापालाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै शिशु जन्मियो । आफन्तले बोकेर बर्थिङ सेन्टर लैजाँदै गर्दा चायापाटनको हिउँमै रमिता थापाले छोरी जन्माइन् । बाटैमा सुत्करी भएपछि रमितालाई घर फर्काइएको थियो । एक वर्षमा यहाँ बर्थिङ सेन्टर बोकेर लैजाने क्रममा ६ जनाभन्दा धेरै महिला बाटोमै सुत्केरी भएका थिए । सामुदायिक विद्यालयका भौतिक संरचना पुराना जीर्ण नै छन् ।  

‘यो गाउँमा थुपै समस्या छन्,’ थापाले भने, ‘उम्मेदवार गाउामा आएपछि यिनै समस्या समाधन गर्न माग राखौंला भन्ने हो । तर अहिलेसम्म गाउँमा धेरैजसो उम्मेदवार पुगेका छैनन् ।’
अर्को समाचार
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
१ मिनेट अघि
•
१ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।




गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न शनिबार बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए।

बागलुङमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उनले बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको उल्लेख गर्दै वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए।

विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने र जनचेतनामूलक कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने धारणा राखे।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए।

मन्त्री श्रेष्ठले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस