जुम्लामा ‘समृद्ध संवाद’ : जनताको प्रश्नबाट भागे ज्ञानेन्द्र शाही
०१ फागुन २०८२
•
४ मिनेट पाठ
जुम्लामा ‘समृद्ध संवाद’ : जनताको प्रश्नबाट भागे ज्ञानेन्द्र शाही
बिहीबार जुम्लाको सदरमुकाम खलंगास्थित खेलकुद विकास समितिको मैदानमा एउटा फरक दृश्य देखियो। ‘जुम्ला समृद्ध, अन्तर संवाद’ शीर्षकको कार्यक्रम केवल चुनावी जमघट थिएन, यो जनताले आफ्ना प्रतिनिधि खोज्ने लोकतान्त्रिक परीक्षा थियो। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सडक र पर्यटनजस्ता जुम्लाको जीवनसँग गाँसिएका मुद्दामाथि उम्मेदवारहरू प्रत्यक्ष जनतासामु उभिएर जवाफदेही बन्ने मञ्च बनेको थियो।




तर,यही मञ्चमा एउटा कुर्ची भने खाली रह्यो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) कार्यक्रमस्थलमा देखिएनन्। आयोजकले निरन्तर बोलाउँदा पनि उनको उपस्थिति भएन। यो केवल शारीरिक अनुपस्थिति मात्र थिएन, जनताप्रतिको राजनीतिक गैरजिम्मेवारीको प्रतीकात्मक चित्र बनेर उभियो।

जनतासँग प्रश्न,उत्तर गर्नुपर्ने स्थानबाट टाढा रहनु कुनै संयोग होइन, यो चेतन राजनीतिक छनोट हो, जुम्लाका नागरिकहरू भन्छन्। राजतन्त्रको वकालत र भावनात्मक नाराबाजी बाहेक ज्ञानेन्द्र शाहीसँग जुम्लाको विकासका लागि देखाउने ठोस एजेन्डा छैन, भन्ने धारणा नागरिकस्तरमा खुलेर व्यक्त हुन थाल्यो।

सडक, अस्पताल, विद्यालय, रोजगारी र कृषि, खानेपानी जस्ता विकास बहस गर्नुपर्ने बेला सार्वजनिक संवादबाट भाग्नुले उनको राजनीतिक तयारी र इमानदारीमाथि गम्भीर शंका जन्मायो।लोकतन्त्रमा उम्मेदवारको पहिलो कर्तव्य जनताको प्रश्न सुन्नु हो। प्रश्न असहज हुन्छन्, आलोचना चर्को हुन्छ, तर, त्यही नै लोकतान्त्रिक अभ्यास हो।

प्रश्न सुन्न नसक्ने, बहसमा उभिन नसक्ने र नागरिकसँग संवाद गर्न डराउने नेतृत्व लोकतन्त्रको विकल्प हुन सक्दैन भन्ने आवाज संवादस्थलमा सुनिन्थ्यो।जुम्लाका स्थानीय नागरिकहरू भन्छन्,‘विकासका एजेन्डा नभएकै कारण बहसमा नआएको हो।’ यदि उम्मेदवारसँग जुम्लाको समृद्धिका लागि दृष्टिकोण, योजना र आत्मविश्वास हुन्थ्यो, भने यस्तो अवसर किन छोडिन्थ्यो ? प्रश्न यही हो।राजतन्त्रको नाममा विगतको महिमामण्डन गर्ने तर। वर्तमानका समस्याबाट भाग्ने राजनीति जुम्लाले धेरै देखिसकेको छ।  

अब जुम्लाबासी नाराबाट होइन, कार्ययोजना र जवाफदेहिताबाट नेतृत्व मापन गर्न चाहन्छन्। यही कारण ‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रममा देखिएको जनसहभागिता राजनीतिक चेतनाको संकेत बनेर देखियो।कार्यक्रममा सहभागी सबै उम्मेदवारहरूले जनताको प्रश्न सामना गरे, आफ्ना कमजोरी र योजनाबारे बोले। तर,एक उम्मेदवारको अनुपस्थितिले भने एउटा गम्भीर सन्देश दियो।सबै राजनीति जनताका लागि हुँदैनन्।  

सार्वजनिक बहसमा उपस्थित हुन नसक्ने उम्मेदवार संसदमा जनताको आवाज बन्न सक्छ, कि सक्दैन ? नागरिकहरूले अहिले यही प्रश्न गरिरहेका छन्।लोकतन्त्रमा मौनता कहिलेकाहीँ भाषणभन्दा ठूलो सन्देश हुन्छ, र यो मौनता जनताका पक्षमा छैन। जुम्लाको समृद्धि बहसको विषय बनिसकेको छ। अब निर्णय जनताकै हातमा छ।

प्रश्नबाट भाग्ने नेतृत्व रोज्ने कि प्रश्न सामना गर्ने प्रतिनिधि।आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा जुम्लाका ९ जना उम्मेदवारहरूको सहभागिता थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारी, नेपाली कांग्रेसका दिपबहादुर शाही, नेकपा एमालेका शान्तिलाल महत, राष्ट्रिय स्वतन्त्र पार्टीका विनिता कठायत, नेमकिपाका बिर्खबहादुर रावत, नेकपाली कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका बिर्खबहादुर शाही, प्रलोपाका मनऋषि धिताल, जनता पार्टीका रनिल शाही र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावल सहभागी थिए।सम्बाद कार्यक्रममा नेकपाका उम्मेदवार नरेश भण्डारीले जनताले निर्वाचनमा मतदान गरी पठाए सिंजा सभ्यता विधेयकसहित ठोस काम अगाडि बढाउने प्रतिबद्धता जनाए।  

संसदमा कानुनी लडाइँ लड्ने दाबी गरे। नेपाली कांग्रेसका उम्मेदवार दिपबहादुर शाही र नेकपा एमालेका शान्तिलाल महतलगायत नयाँ उम्मेदवारहरूले आफू नयाँ भएकाले जनताको सेवा गर्ने अवसर दिन अपिल गरे। रास्वपाकी उम्मेदवार विनिता कठायतले कानुनमार्फत काम गर्ने स्पष्ट पारिन्। कार्यक्रममा सहजकर्ता सु–प्रिया राजलक्ष्मी शाहीले विगतका काम र भावी योजनाका विषयमा सोधिएका प्रश्नमा उम्मेदवारहरूले प्रष्ट पारेको बताइन्।कार्यक्रमको उद्देश्य जुम्लाको समग्र विकास, सुशासन, लोकतान्त्रिक अभ्यास तथा नागरिक सहभागिता अभिवृद्धि गर्नु थियो। 

कर्णाली प्रदेशको जेन–जि समूहको आयोजनामा कार्यक्रम गरिएको हो। शाहीले भनिन्, ‘अब जनता मौन बस्ने होइन। उम्मेदवारका एजेन्डा बुझ्ने र प्रश्न गर्ने समय हो।’ जुम्लाको समृद्धि नारामा सीमित रहने कि व्यवहारमा उतार्ने भन्ने प्रश्न अब मतदाताकै हातमा छ। सार्वजनिक बहसमा उभिन नसक्ने नेतृत्वले जनताको विश्वास जित्न सक्छ कि सक्दैन? भन्ने बहस भने जुम्लामा थप चर्किएको छ।
अर्को समाचार
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
१ मिनेट अघि
•
१ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।




गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो र नदी कटानले निसीखोला, गलकोटलगायत क्षेत्रमा पुर्‍याएको क्षतिको अवस्था बुझ्न शनिबार बागलुङ पुगेका मन्त्री श्रेष्ठले प्रभावित क्षेत्रको संरक्षण र पुनःनिर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन पहल गर्ने बताए।

बागलुङमा आयोजित सरोकारवालासँगको अन्तरक्रियामा उनले बाढीपहिरोका कारण ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको र जिल्लामा विद्युत् आपूर्ति अनियमित भएको गुनासो आएको उल्लेख गर्दै वितरण प्रणाली व्यवस्थित गर्न समन्वय भइरहेको जानकारी दिए।

विद्युत् प्रयोग बढेसँगै दुर्घटनाको जोखिम पनि बढेकाले विद्युतजन्य दुर्घटना न्यूनीकरण गर्न विद्यालयस्तरदेखि नै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए।

नाङ्गा तार विस्थापन, विद्युत् तार भूमिगत गर्ने र जनचेतनामूलक कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै उनले विद्युत् सुरक्षाका लागि आम नागरिक पनि सचेत हुनुपर्ने धारणा राखे।

अन्तरक्रियामा स्थानीयवासीले विद्युत् अनियमितता, नाङ्गा तार व्यवस्थापन, सिँचाइ तथा खानेपानी आयोजनामा भएको ढिलाइ र उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा ध्यान दिन आग्रह गरेका थिए।

मन्त्री श्रेष्ठले सोमबार पश्चिम बागलुङका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस