छाङरु र टिकंरबासी दार्चुलामै मतदान गर्दै
११ फागुन २०८२
•
३ मिनेट पाठ
छाङरु र टिकंरबासी दार्चुलामै मतदान गर्दै
दार्चुलाको सदरमुकाम खलगां बजारदेखि ८७ किमि उत्तरमा अति विकट र अति संवदेशनशील क्षेत्र छाङरु र टिकंरमा बसोबास गर्दै आएका करिब ५ सय सौका समुदायका परिवार यस पटक यही फागुन २१ गते हुने निर्वाचनमा सदरमुकाम खलगां बसेर मतदान गर्दैछन्।




दार्चुलाको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले छाङरु र टिकंरबासीका लागि सदरमुकामै दुई अलगअलग मतदान केन्द्र राखी खलगांबाटै मतदान गर्ने व्यवस्था मिलाइएको बताए। उनका अनुसार यतिबेला छाङरु र टिंकरमा घर हेरेर (रुङेर) बसेका  एकदुई जनाबाहेक कोही पनि मान्छे छैन। बस्ती शून्य छ। छाङरुमा भने सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरीको क्याम्प मात्र  छ।

टिंकरमा रहेको नेपाल प्रहरीको युनिट पनि छाङरुमा सरीसकेको छ। टिंकरमा बस्नै नसक्ने गरी चिसो बढेको छ। सबैतिर हिउँले ढाकेको छ। त्यसैले यतिबेला छाङरु र टिकंबासी कुन्छा सर्दै सदरमुकाम आएका छन्। दार्चलामा अस्थायी बसाइसराइलाई कुन्छा सर्ने भन्ने गरिन्छ। उनीहरू ६/६ महिनामा कुन्छा सर्ने गर्छन्। उनीहरूले आफूसँग चौरी गाई र भेडा समेत खलगांमा ल्याएका छन्। खलगांमा यतिबेला सौकाम समुदायका अलगअलग बस्ती छन्। सदुरमुकाम वरिपरि चौरी गाई र भेडा चलाइरहेको देख्न सकिन्छ। वैशाख लागेपछि मात्र सौका समुदाय  छाङरु र टिंकर सर्ने गर्छन्।

खलगांदेखि छाङरु र टिकंरसम्म पुग्न कम्तीमा ३ दिन लाग्छ। सडक विभागअन्तर्गत महाकाली कोरिडोरका इञ्जिनियर दिनेश राइखोलाका अनुसार अब खलगांदेखि करिब ४३ किमि उत्तरी सीमा पुग्ने बाटोसम्म सडक खोलिएको छ। त्यहाँसम्म साना र फोरह्विल गाडी जाने गर्छन् तर त्यसपछि भने हिंड्नुपर्छ। महाकाली कोरीडोर उत्तरमा ताक्लकोट बजारसम्म पुग्ने गरी रेखांकन गरिएको छ। ताक्लाकोट भनेको चीनियाँ बजार हो। यो नेपाली सीमासँग जोडिएको छ।

९० हजार मतदाता रहेको दार्चुलामा १ सय १२ वटा मतदान केन्द्र र १ सय ४३  मतदानस्थल राखिएका छन्। २२ मतदानस्थललाई भने अति संवेनशीलस्थलको रूपमा राखिएको छ। भारत र चीन दुवैतर्फ सीमाना भएको दार्चुलामा प्रतिनिधि सभा तर्फ भने १ वटा मात्र सिट छ।

कुटी नाभी र गुञ्जीबासैको नाम नै छैन

नेपालको राजनीतिक नक्सामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुराभित्र पर्ने नाभी कुटी र गुञ्जीबासीको नाम मतदाता नामाबालीमा छैन। ‘उहाँहरूको नाम छैन। यो राजनीतिक विषय हो। यस विषयमा थप बोल्न चाहन्न’ प्रजिअ पौडेलले भने तर प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएका गणेश ठकुन्नाले भने नाभी, कुटी र गुञ्जीबासीसँग प्रशासनिक पहुँच नै नभएकाले उनीहरूको नाम नभएको बताए। ‘उनीहरू भारत सरकारको प्रशासनिक पहुँचमा छन्। नेपालको पहुँचमा छैनन्। त्यसैले नाम छैन’ उनले भने। नेपालको नक्सामा भने नाभी कुटी र गुञ्जीलाई व्यास गाउँपालिका वडा नम्बर १  मा राखिएको छ। व्यास गाउँपालिका दार्चुलाको सदरमुकामदेखि सबैभन्दा उत्तरी र विकटमा पर्छ।

प्रतिस्पर्धा कांग्रेस र एमालेबीचमै
फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ११ उम्मेदवार छन् तर प्रतिष्पर्धा नेपाली कांग्रेस र एमालेवीचमै हुने छ। कांग्रेसबाट धर्मानन्द जोशी र एमालेबाट गणेश ठकुन्ना उम्मेदवार भएका छन्। दुवैले आफू जित्नेमा ढुक्क छन्। ‘हामी धेरै अगाडि छाैं। हामीले जित्छौ’ ठकुन्नाले भने। यस्तै दावी नेपाली कांग्रेस दार्चुलाको नेताहरूको रहेको छ।

यसैगरी दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश सामान्त र नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्मणदत्त जोशी उम्मेदवार भएका छन्। यसैगरी नेमकिपाबाट रमेश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश चन्दले उम्मेदवारी दिएका छन्।

नागुबासीका नो भोटको अडान कायमै

नागु गाउँपालिका १ नम्बर वडाबासीको नो भोटको अडान सोमबारसम्म कायमै छ। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरूको माग सम्बोधन गराउन प्रयास भइरहेको छ तर समस्या सामधान भएको छैन। ‘मेरो पहुँचका सबै माग सम्बोधन गर्ने प्रयास गरिरहेको छु। दार्चुलाका ११ उम्मेदवारलाई नागुबासीसँग जुमबाट छलफल पनि गराएँ। अझै समस्या सामधान गर्ने प्रयास भइरहेको छ’ पौडेलले भने।

उनका अनुसार नागुबासीले सडक, खानेपानी, खाद्यान्न लगायतको माग राखी नो भोटको अडान राखिरहेका छन। तीमध्ये खाद्यान्नको माग सम्बोधन गरिएको पौडेलले बताए।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस