प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
०४ मंसिर २०८३
•
५ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित, आपसी सम्बन्ध, व्यापार तथा ‘केनेक्टिभिटी’लगायतका मुद्दामा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।




उनीहरुले नेपाल–भारतबीच लामो समयदेखिको जनस्तरको सम्बन्ध र आपसी विश्वासलाई अभिवृद्धि गर्दै दुई देशको हित हुने खालका सम्झौता गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते भारतको दुई दिने औपचारिक भ्रमणमा त्यसतर्फ जाँदै छन्। उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्।

यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको मुख्य चासो र चिन्ता व्यापार घाटा भएकाले भ्रमणका क्रममा यसलाई प्राथमिकताका साथ उठान गर्न आवश्यक भएको बताए।

भ्रमणका क्रममा भारतसँगको व्यापारघाटा कम गर्ने उपायलाई प्राथमिकतामा राख्दै नेपालबाट हुनसक्ने सेवा तथा वस्तुको निर्यातमा सहजीकरणका सन्दर्भमा काम गर्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी, सीमासँग सम्बन्धित विषय र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विषय पनि प्राथमिकताका साथ उठान गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

‘नेपाल र भारतको सम्बन्ध विविधतामा आधारित छ, यो सम्बन्धलाई दीर्घकालीन विश्वासको सम्बन्धमा विकसित गराउनुपर्छ त्यसमा पनि विशेष ध्यान दिनुपर्छ’, उनले भने, ‘भ्रमणलाई फलदायी बनाउन दुवै देशका चासो र चिन्तालाई सम्बोधन हुने गरी कार्यक्रमहरु अगाडि बढाउनुपर्छ।’

उनले भारतको पनि चासोलाई मध्यनगर गर्दै हाम्रो संवेदनशीलता र राष्ट्रिय हित अनुकूल हुने गरी आफ्ना विषय भारतसामु राख्न आवश्यक भएको बताए।

पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रधानमन्त्री शाहको भारत भ्रमण दुई देशबीचको विश्वासलाई बलियो बनाउने कुरामा केन्द्रित हुनुपर्ने बताए।

‘छिमेकीका जायज सरोकारहरू सुन्नुपर्छ र विश्वासको वातावरण निर्माण गर्नुपर्छ। त्यसैले यो भ्रमण मुख्य रूपमा विश्वास अभिवृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ’, उनले भने।

उनका अनुसार नेपालका लागि थप हवाई रुटको विषय पनि महत्वपूर्ण छ। नयाँ हवाई रुट उपलब्ध गराउने सन्दर्भमा सन् २०१८ मै भारत भ्रमणका क्रममा समझदारी भएको समेत उनले उल्लेख गरे।

त्यसबाहेक जलविद्युत् आयोजनाहरूको कार्यान्वयनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ।

‘नेपाल र भारत मिलेर आगामी दिनमा आर्थिक विकास तथा आर्थिक साझेदारीका क्षेत्रमा के–कस्ता काम गर्न सक्छौँ, कस्तो मूल्य शृङ्खला निर्माण गर्न सक्छौँ र कुन–कुन आयोजना अगाडि बढाउन सक्छौँ भन्ने विषयमा पनि खुलस्त छलफल हुनुपर्छ। त्यसो हुन सके मात्रै यो भ्रमणले वास्तविक अर्थ राख्छ’, उनले भने।

यसैगरी, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विगतमा सरकारले अगाडि बढाउन खोजेका अधुरा कामलाई पूरा गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिइन्।

उनका अनुसार आजका लागि महत्वपूर्ण विषय हवाईमार्गको हो। नेपालले थप हवाईमार्ग प्राप्त गर्न सकेको खण्डमा दुवै देशलाई फाइदा पुग्ने उनको विश्वास छ।

‘दुवै देशबीच थप हवाईमार्गमा सहमति भयो भने यसले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग गर्छ, दुवै देशका नागरिकको आवतजावत बढ्छ, व्यापार विस्तार हुन्छ र दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्छ’, उनले भनिन्।

उनका अनुसार नेपालले उठाएका माग र प्रस्तावमध्ये कुन–कुन विषय सम्भव छन् भन्नेबारे पनि आपसी समझदारी आवश्यक छ। साथै सबै पक्षलाई राम्रोसँग बुझेर सहकार्य गर्न सके दुवै देश लाभान्वित हुने उनको भनाइ छ।

यस्तै, पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई परस्पर विश्वास अभिवृद्धिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

दुई देशको सम्बन्धमा अलि तिक्तताजस्तो देखिएको थियो, त्यसलाई आपसी समझदारीसहित  विश्वासमा बदल्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘भ्रमणलाई फलदायी बनाउन दुवै देशको हितमा हुने गरी लगानी, विकास र व्यापारलाई प्राथमिकतका दिनुपर्छ, यी तीन वटा क्षेत्रमा ध्यान दिन सकियो भने समृद्धिको दिशातर्फ अगाडि बढ्न सकिन्छ। यसका लागि पहिले परस्पर विश्वास र मित्रता आवश्यक छ।’

उनका अनुसार नेपाल–भारतबीचमा रहेका पारवहनका समस्या, हवाईमार्ग र सीमामा देखिएका विवादलाई समाधान गर्न पनि आवश्यक छ।

त्यसबाहेक सुरक्षाका विषयमा एक अर्कालाई बुझाउने र आश्वस्त पार्ने वातावरण निर्माण बनाउन जरुरी भएको उनले उल्लेख गरे। 

त्यसैगरी दुई देशबीचको सीमामा नागरिकले भोग्नु परेको समस्या समाधानमा पनि ध्यान दिन आवश्यक रहेको पूर्वपरराष्ट्रमन्त्री यादवले बताए।

उनले भने, ‘भारत भ्रमणका क्रममा नेपालमा जलस्रोतको विकास, बिजुलीको व्यापार पनि महत्वपूर्ण विषय हो, बङ्गलादेशमा विद्युत् निर्यातका लागि पनि भारतको साथ हामीलाई आवश्यक हुन्छ, त्यसमा पनि होसियारीका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ।’

यस्तै, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेलले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा राजनीतिक र जनताका दैनिकीसँग जोडिएका दुई वटा विषयलाई छुट्टाछुट्टै रुपमा हेरिनुपर्ने बताइन्।

‘म भ्रमणको विषयलाई मुख्यतः दुई खेमामा विभाजन गर्छु। पहिलो, राजनीतिक प्रकृतिका विषय हुन्, जसमा धेरै गृहकार्य आवश्यक छ। त्यसका लागि सम्बन्धित समिति र निकायसँग आवश्यक तयारी गर्नुपर्छ। यस्ता विषयमा नेपालको धारणा स्पष्ट रूपमा राख्दै समाधानका लागि पहल गर्नुपर्छ’, उनले भनिन्, ‘दोस्रो, जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषय हुन्। यसमा व्यापार घाटाको विषय पनि पर्छ। बेला–बेलामा निर्यात रोकिदिने र त्यसले नेपालमा अभाव सिर्जना गर्ने अवस्था पनि देखिएको छ।’

उनका अनुसार हवाई मार्गको विषय पनि त्यत्तिकै महत्त्वपूर्ण छ। त्यसबाहेक विद्युत् व्यापार, ठूला भौतिक पूर्वाधारका आयोजनालाई प्राथमिकताका साथ उठान गरिनुपर्ने उनको भनाइ छ।रासस
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस