जुम्लामा १० जनाको मनोनयन दर्ता
०६ माघ २०८२
•
३ मिनेट पाठ
जुम्लामा १० जनाको मनोनयन दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। जिल्ला अदालत जुम्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार दिनभरि शान्तिपूर्ण रूपमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो।




नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार नरेश भण्डारीले दिउँसो साढे १ बजे मनोनयन दर्ता गराएका हुन्। मनोनयनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसपटक जनताले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरे। ‘यो निर्वाचनमा हामी अत्यधिक बहुमतका साथ विजयी हुन्छौं,’ भण्डारीले भने, ‘जित पक्का छ, फरक कति मतले हुन्छ भन्ने मात्र प्रश्न हो।’

जुम्लालाई क्रान्तिकारी जिल्ला उल्लेख गर्दै भण्डारीले आफू र आफ्नो पार्टीको भूमिका यहाँका नागरिकलाई राम्रोसँग थाहा रहेको दाबी गरे। ‘जुम्लाका जनता गफ होइन, काम गर्ने उम्मेदवार खोजिरहेका छन्,’ उनले थपे।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का उम्मेदवार मनऋषि धितालले पनि जुम्लाबाट उम्मेदवारी दर्ता गराएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका धितालले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

धितालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोड्दै नेता जनार्दन शर्माको धार रोजेका थिए। युद्धकालदेखि पत्रकारितामा संलग्न रहँदै आएका धिताल जुम्लाका लागि भने नयाँ अनुहारका रूपमा हेरिएका छन्। स्थानीय स्तरमा उनको चिनजान र राजनीतिक उपस्थिति कमजोर रहेको टिप्पणी हुँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार विनिता कठायतले पनि जुम्लाबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेकी छन्। मनोनयनपछि प्रतिक्रिया दिँदै उनले कर्णालीको भूगोल, समस्या र नागरिकको पीडा बुझेको व्यक्ति संसदमा पुग्नुपर्ने बताइन्। ‘मैले जुम्लाका नागरिकको व्यथा र आवाज प्रतिनिधित्व गर्दै आएको छु,’ कठायतले भनिन्।

कठायत जुम्लाबाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने एकमात्र महिला उम्मेदवार हुन्। उनी यसअघि रास्वपाबाट प्रतिनिधिसभाकी समानुपातिक सांसदसमेत भइसकेकी छन्।

नेपाली कांग्रेसबाट दीपबहादुर शाहीले साँझ करिब साढे ४ बजे मनोनयन दर्ता गराएका छन्। कुनै तामझाम नगरी उम्मेदवारी दर्ता गरेका शाहीले आफू आम भुइँमान्छेको आवाज बन्न चुनावी मैदानमा उत्रिएको बताए। ‘जिल्लाका दीर्घकालीन समस्या मैले बाल्यकालदेखि नजिकबाट देखेको छु,’ उनले भने, ‘जितेपछि ती समस्या समाधानमा केन्द्रित हुनेछु।’

तर कांग्रेसभित्रको आन्तरिक गुटबन्दी शाहीका लागि चुनौतीका रूपमा देखिएको छ। उनी गगन थापानिकट प्यानलबाट टिकट पाएका हुन्। यसअघि जिल्ला समितिले सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालसहित दर्जनौँ नेताको नाम सिफारिस गरेको थियो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा देउवानिकट ललितजंग शाही पराजित भएका थिए भने कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाही विजयी भएका थिए। देवेन्द्र शाही हाल गगन थापाको पक्षमा खुलेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट जिल्ला अध्यक्ष शान्तिलाल महत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाहीले पनि मनोनयन दर्ता गराएका छन्।

ज्ञानबहादुर शाही २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन हुँदा पनि विजयी भएका थिए। तर यसपटक पार्टी परिवर्तनको चर्चा र सुर्खेतबाट उम्मेदवारी दिने रणनीतिजस्ता हल्लाले उनीमाथि स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लागिरहेको छ। राप्रपाभित्र आन्तरिक द्वन्द्व चुलिएको र जिल्लाका केही पुराना नेताहरू कारबाहीको सूचीमा परेकाले पार्टी संगठन कमजोर देखिएको छ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट बिर्खबहादुर रावत, नेपाल जनता पार्टीबाट रनिलविक्रम शाही र नेपाल कम्युनिस्ट पार्टीबाट बिर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा भक्तबहादुर रावलले पनि मनोनयन दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तका अनुसार जुम्लामा एक स्वतन्त्रसहित कुल १० जनाको मनोनयन दर्ता भएको छ। ‘मनोनयन प्रक्रिया पूर्ण रूपमा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ,’ उनले जानकारी दिए।
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
१८ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस