राष्ट्रियसभा निर्वाचन कर्णाली : माओवादीसँग मिल्दा हार, एमालेसँग मिल्दा जित
११ माघ २०८२
•
३ मिनेट पाठ
राष्ट्रियसभा निर्वाचन कर्णाली : माओवादीसँग मिल्दा हार, एमालेसँग मिल्दा जित
कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही विजयी भएभने महिलातर्फ नेकपा एमालेकी उम्मेदवार मिनासिंह रखाल विजयी भइन्।




कर्णाली प्रदेशमा ४० जना प्रदेशसभा सांसद र ७९ स्थानीय तहमा १८० प्रमुख तथा उप्रमुख छन्। अन्यतर्फ विजयी कांग्रेस कर्णाली प्रदेशका सभापतिसमेत रहेका शाहीले प्रदेशसभातर्फ कसेका ३९ मत मध्ये २६ मत प्राप्त गरे। उनलाई नेपाली कांग्रेसका १५, नेकपा एमालेका १० र प्रगतिशिल लोकतान्त्रिक पार्टीका एक सांसदले मतदान गरे। उनले १३ सय ६८ मतभार प्राप्त गरे।

यस्तै उनका निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बुद्धिप्रसाद शर्माले १३ मत प्राप्त गरे। उनको ६८९ मतभार प्राप्त गरे। प्रदेश सभाका ४० सांसद मध्ये राप्रपाका सांसद सन्तोषी शाहीले मतदानस्थलमा उपस्थित भएर पनि मतदान गरिनन्। उनले पार्टीको नीति अनुसार मतदान नगरेको जानकारी दिइन्।

कांग्रेसबाट विजयी शाहीले स्थानीय तहका प्रमुख÷उपप्रमुखबाट खसेको १५२ मत मध्ये एक सय मत प्राप्त गरे। स्थानीय तहबाट प्राप्त मतको एक हजार ९०० मतभार उनले प्राप्त गरे। यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शर्माले ५० मत प्राप्त गरे। यसको कुल मतभार ९५० हो। खसेका मत मध्ये दुई मत बदर भएको थियो।

महिलातर्फ रखालले प्रदेशसभामा खसेको ३९ मत मध्ये २६ मत प्राप्त गरिन्। प्रदेश सांसदको कुल मतभार १३ सय ६८ प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले १३ मत प्राप्त गरिन्। यसको कुल मतभार ६८९ हो।

यस्तै स्थानीय तहतर्फ खसेको १५२ मत मध्ये रखालले ९३ मत प्राप्त गरिन्।  स्थानीय तहतर्फ उनको कुल मतभार १३ सय ७८ हो। यस्तै महताराले स्थानीय तहतर्फ ५५ मत प्राप्त गरिन्।  यसको मतभार एक हजार ४५ हो। महिलातर्फ एक मत खाली थियो भने तीन मत बदर भएका थिए।

जसले भोट दिएनन्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएको मतदानमा कर्णाली प्रदेशसभाका एक सदस्यसहित सात जनाले मतदान गरेनन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४० सदस्यीय प्रदेशसभा सदस्य मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सन्तोषी शाहीले मतदान गरिनन्। पार्टी केन्द्रको निर्देशन अनुसार आफू मतदानस्थलमा भएपनि मतदान नगरेको उनले बताइन्।

यस्तै डोल्पोबुद्व गाउँपालिका अध्यक्ष कार्मा छोइवेल गुरूङ, उपाध्यक्ष पेम्मा धोर्चे गुरूङ र  काइके गाउँपालिका उपाध्यक्ष निमा बुढाले मतदान गरेनन्। डोल्पोबुद्व गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने काइके गाउँपालिकाकी उपाध्यक्ष बुढा नेपाली काँग्रेसबाट निर्वाचित हुन्।

पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र  शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाही पनि मतदानमा अनुपस्थित रहे। यस्तै दैलेखको गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवाकुमारी खड्का पनि मतदानमा उपस्थित भइनन्। नेकपा एमालेबाट निर्वाचित उनी स्वास्थ्य समस्याका कारण प्रदेश अस्पताल कालागाउँ उपचाररत छिन्।

माओवादीसँग मिल्दा हारे, एमालेसँग मिल्दा जिते

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धन गरेर साझा उम्मेदवार थिए। उनलाई बागी उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले पराजित गरे। संविधानसभा सदस्यसमेत रहेका शाहीले माओवादीसँगको गठबन्धन गरेर पनि प्रदेशसभा सदस्य नजितेका उनले राष्ट्रियसभा सदस्यमा भने एमालेसँगको गठबन्धनमा सहजै जित निकाल्न सफल भए।

यस्तै महिलातर्फ विजयी एमालेकी रखाल केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला इन्चार्ज हुन्। उनले पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातितर्फ कर्णाली प्रदेशसभा सदस्य थिइन्।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
४ मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस