मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि
२१ पौष २०८२
•
२ मिनेट पाठ
मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि
डिल्लीबजारस्थित मालपोत कार्यालयमा सेवाग्राही बनेर छड्के हान्न पुगेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनाम।
भूमि व्यवस्था, सहरीकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्। छड्केमा उनले आफ्नो टिममा मन्त्रालयका केही कर्मचारी र केही आफूनिकट व्यक्तिहरूलाई लिने गरेका छन्।




पुस ९ गते उनी डिल्लीबजार मालपोत कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेका बेला मन्त्री इङनामले कार्यालयबाट निस्कने क्रममा त्यहाँ कार्यरत मालपोत प्रमुखलाई बिचौलिया रोक्न तथा काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका थिए।

उनको सचिवालयमा कार्यरत एक कर्मचारीका अनुसार त्यसपछि पनि केही मालपोत कार्यालयमा छड्के गर्न उनी स्वयं गएका छन् भने केही कार्यालयमा सूक्ष्म रूपमा बुझ्न आफ्ना प्रतिनिधिका रूपमा मन्त्रालयका कर्मचारीलाई पठाउने गरेका छन्। मन्त्रीको प्रतिनिधि भएर बुझ्न जाने कर्मचारीहरू पनि सेवाग्रही जस्तै बनेर छड्केमा जाने गरेका छन्।

मन्त्रीको सचिवालयमा कार्यरत ती कर्मचारीका अनुसार छड्के गर्ने क्रममा एक कर्मचारीले मन्त्री इङनामसँग घुस मागेका थिए। ‘त्यसपछि मन्त्रीज्यू गम्भीर हुनु भयो र उपत्यकाका सबै मालपोत कार्यालयमा कार्यालय प्रमुख परिवर्तन गर्न निर्देशन दिनुभयो,’ उनले भने, ‘यसको कार्यान्वयन हुन थालिसकेको छ।’

ती कर्मचारीले मन्त्रीसँग घुस माग्ने कर्मचारी र घुस मागिएको मालपोत कार्यालयको नाम खुलाउन चाहेनन्। ‘मालपोत तथा नापी कार्यालयमा बिचौलियो तथा ग्राहकसँग घुस माग्ने क्रमलाई जरैदेखि उखेल्नुपर्छ भन्ने विषयमा मन्त्रीज्यू निकै सचेत हुनुभएको छ,’ उनले भने, ‘यसका लागि उहाँले ३९ बुँदे एक्सन प्लान ल्याउनुभएको छ। यसको कार्यान्वयन भइसकेको छ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मालपोत कार्यालय भक्तपुरका प्रमुख माधव घिमिरे र मालपोत कार्यालय लतिलपुरका प्रमुख अशोक भट्टराईको सरुवा गरेको छ। घिमिरे र भट्टराई दुवैलाई भूमि व्यवस्था मन्त्रालयबाट संघीय मामिला मन्त्रालयमा ल्याइएको छ। त्यो पनि अतिरिक्त समुहमा ल्याएर थन्क्याइएको छ।

सामान्य प्रशासन मन्त्रालयले आइतबार साँझ नै घिमिरे र भट्टराईको सरुवा गरेको सूची आफ्नो वेबसाइटमा राखेको छ। यसपटक सरुवा गर्नेबित्तिकै मन्त्रालयले वेबसाइटमा सूची राखेको हो। यसअघि वेबसाइटमा सूची राख्न ढिलो गर्ने गरिन्थ्यो। मन्त्रालयले तीन दिन अघि चाबहिल मालपोत कार्यालय प्रमुख दीपेन्द्र खत्रीको पनि सरुवा गरिसकेको छ। त्यस ठाउँमा भोजराज श्रेष्ठलाई पठाइएको छ।

मन्त्रालयनिकट अर्काे स्रोतका अनुसार मन्त्री हुनुअघि इङनाम मालपोत कार्यायल भक्तपुर गएको बेला पनि त्यहाँ कार्यरत एक कर्मचारीले इङनामसँग पाँच हजार रुपैयाँ घुस मागेका थिए। त्यतिबेला भक्तपुर मालपोत कार्यालय प्रमुखमा कुमार आचार्य थिए।

आचार्य यतिबेला विशेष अदालतमा मुद्दा परेर निलम्बनमा परेका छन्। मन्त्री इङनामले भेष बदलेर ग्राहकका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयमा छड्के गर्न लागेको खबरले यतिबेला मालपोत तथा नापी कार्यालयमा कार्यरत कर्मचारीहरू सचेत भएका छन्।

मन्त्रालययले मालपोत तथा नापी कार्यालयहरूमा हुने अनियमितता रोक्न तथा मालपोत तथा नापीमा सुधार गर्न एउटा सुशासन विज्ञ नियुक्ति गरेको छ।
अर्को समाचार
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
३ मिनेट अघि
•
० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेवा अझ प्रभावकारी बन्ने बताएका छन्।




तानसेन नगरपालिकाको आयोजना र एसिया फाउण्डेशनको सहयोगमा शनिबारदेखि तानसेनमा सुरु भएको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा उहाँले स्थानीय तहबीच अनुभव आदानप्रदान र सिकाइको संस्कृति विकास गर्नुपर्नेमा जोड दिए।

विभिन्न पालिकाले आफ्नो क्षेत्रमा हासिल गरेका उपलब्धि र अपनाएका सफल कार्यशैली अन्य पालिकाले पनि अवलम्बन गर्न सके विकास र सुशासनमा सकारात्मक परिणाम हासिल हुने उनको भनाइ थियो।

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए। स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत आयोजित अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रममा दमक, मिथिला, भीमेश्वर, वालिङ, गल्याङ, तानसेन, टीकापुर र भजनी नगरपालिकाका प्रतिनिधि सहभागी छन्।

भोलिसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न पालिकाका असल अभ्यास, अनुभव, उपलब्धि तथा स्थानीय सरकारबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस