राप्रपामा लिङ्देन-राणा टकराव
२२ साउन २०८२
•
६ मिनेट पाठ
राप्रपामा लिङ्देन-राणा टकराव
राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबिचको विवादले चरम रूप लिएको छ। उनीहरूबाट फरकफरक भेला, बैठक र कार्यक्रमहरू हुन थालेका छन्। विवाद बढ्दै गएपछि कार्यकर्ता अलमलमा परेका छन्।




विवाद बढेपछि असन्तुष्ट पक्षले पार्टी अध्यक्षलाई कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेको छ। अहिले राप्रपा कार्यसम्पादन समितिमा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा ४१ सदस्य र असन्तुष्ट समूहको नेतृत्व गर्दै आएका महामन्त्री राणासँग ११ सदस्य छन्। विधानअनुसार कम्तीमा १७ जना सदस्यले कार्यसम्पादन समितिको बैठक माग गर्न सक्छन्। असन्तुष्ट पक्षले माग गर्दैमा अध्यक्षले बैठक बोलाउने अवस्था नभएको एक नेताले बताए। पार्टी संस्थापन पक्षले बैठक बोलाउने मनस्थिति बनाएको छैन।

अध्यक्षले नेताहरूलाई भटाभट निकाल्न थालेका कारण आफूहरूले कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेको असन्तुष्ट समूहको नेतृत्व गरेका महामन्त्री राणाले बताए। ‘पार्टीभित्र विवाद हामीले गरेका होइनौं, अध्यक्षज्यूले भटाभट नेताहरूलाई निकाल्न थाल्नुभयो। त्यसकारण कार्यसम्पादन समितिको बैठक माग गरेका हौं,’ महामन्त्री राणाले भने।

पार्टीमा विवाद बढ्दै गएकाले पुराना तथा त्यागी नेताहरूले राजीनामा दिन थालेका छन्। नवराज सुवेदीको जिम्मेवारी खोसिनु, प्रवक्ताबाट सगुनसुन्दर लावती हटाइनु, अध्यक्ष लिङ्देनका स्वकीय सचिवले कार्यकर्तामाथि अभद्र व्यवहार गर्नु विवाद निम्तिनुका मुख्य कारण हुन्।

राप्रपाभित्र विवाद बढेपछि केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले राजीनामा दिइसकेका छन्। राजसंस्था फर्काउने आन्दोलनमा लागेको राप्रपाभित्र आन्तरिक कलह चर्कंदै जाँदा कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन्।

सुवेदीले विगतमा सम्हालेको पार्टी अनुशासन समिति संयोजकको जिम्मेवारी अध्यक्ष लिङ्देनले उपाध्यक्ष रोशन कार्कीलाई दिएपछि सुवेदी निर्वाचन आयोगको ढोका ढकढक्याउनसमेत पुगेका थिए। राप्रपाले असार २५ मा अनुशासन समिति संयोजकमा उपाध्यक्ष कार्कीलाई मनोनीत गरेका थिए। लिङ्देनले प्रवक्ताबाट लावतीलाई पनि हटाएका छन्। लावती पछिल्लोपटक महामन्त्री डा. राणाको अभियानसँगै छन्।

डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले विधानविपरीत सुवेदीलाई अनुशासन आयागको संयोजकबाट हटाएको भन्दै सार्वजनिक विज्ञप्तिमार्फत विरोध गरिसकेका छन्। लिङ्देनले उपाध्यक्ष गिरीलाई पनि पदमुक्त गरिदिए। गिरीलाई लिङ्देनले नै केन्द्रीय सदस्य र उपाध्यक्ष मनोनीत गरेका थिए।

विवाद चुलिँदै गएपछि अध्यक्ष लिङ्देनले उपाध्यक्ष रवीन्द्र मिश्रलाई उनकै घरमा पुगेर भेटेका छन्। अहिले पनि राप्रपामा विवाद साम्य हुने अवस्था देखिँदैन। राजसंस्था पुनस्र्थापनाको मुद्दा लिएर सडकमा निस्केको राप्रपा आन्तरिक विवादमा फस्दा आन्दोलन पनि तुहिएको छ। विवाद चुलिँदै गएपछि असन्तुष्ट समूहले छुट्टै भेला, बैठक गरेको छ।

छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, उपाध्यक्ष पाण्डे, गिरी, महामन्त्रीद्वय राणा र शाही, प्रवक्ता सगुनसुन्दर लावती, सहायक प्रवक्ता प्रवीणकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत ५० जनाको सहभागिता थियो। उनीहरूले छुट्टै भेला गरी लिङ्देनमाथि दबाब बढाएका छन्।

पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले विवादका लागि विवाद उत्पन्न गराइएको बताए। ‘उहाँहरूले विवादका लागि विवाद ल्याउनुभएको हो,’ श्रेष्ठले भने। उनका अनुसार सुवेदीले आफू राप्रपामा नभएको घोषणा गरेपछि मात्रै कार्कीलाई अनुशासन समितिमा मनोनयन गरिएको हो।

‘चैत ४ गते संयुक्त जनआन्दोलन समितिको घोषणासभामा उहाँ (नवराज सुवेदी) ले राप्रपा छाडेको घोषणा गर्नुभएको थियो। उहाँले छाडेपछि अनुशासन समितिको संयोजक पनि खाली भएको थियो। सोही समितिकी वरिष्ठ सदस्य कार्कीलाई संयोजक पद दिइएको हो। ६ महिनाअघि सुवेदीले नै उहाँलाई कार्यवाहक दिनुभएको थियो, त्यसकारण यो विवादको विषय थिएन। पार्टी छाडेपछि रिक्त रहेका पदमा अन्य सदस्यलाई जिम्मेवारी दिनु नयाँ विषय होइन,’ श्रेष्ठले भने।

उनले लावती पार्टीबाहिरको गतिविधिमा संलग्न देखिएपछि उनलाई हटाइएको बताए। ‘अध्यक्षले उहाँलाई पटकपटक सचेत गराउनुभएको हो। नमानेपछि अध्यक्षले मनोनयन गरेको पदबाट अध्यक्षले नै हटाइदिनुभयो, जुन प्रक्रिया र विधानअन्तर्गत नै छ,’ श्रेष्ठले भने। गिरीका हकमा पनि त्यही लागु भएको श्रेष्ठको दाबी छ।

राप्रपा संस्थापन पक्ष असन्तुष्ट पक्षका नेताहरूविरुद्ध कठोर हुने संकेत देखिएको छ। यसअघि नै पार्टी अनुशासन विभागकोे बैठकले पार्टीको बृहत्तर हित र एकताविपरीतका गतिविधि नगर्न÷नगराउन सचेत गराइसकेको छ। अनुशासन समितिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई उच्च प्राथमिकतामा राख्न तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लिखित वा मौखिक रूपमा व्यक्तिगत वा गुटगत अभिव्यक्ति नदिन अनुरोध गरेको छ।

असन्तुष्ट समूहले अध्यक्ष लिङ्देनविरुद्ध पार्टीमा अन्तरसंघर्ष चलाउँदै जाने जनाएको छ। ‘हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौं। पार्टीमा अध्यक्षको एकाधिकार र मनोमानी हुन दिँदैनौं,’ राणा समूहका एक नेताले भने। राजावादी आन्दोलनका लागि गठित समितिका संयोजक सुवेदीले चैत ४ मा सार्वजनिक रूपमा पार्टी परित्याग गरेका थिए। त्यसबेला पूर्वराजा ज्ञानेन्द्र शाहको रुचिअनुसार सुवेदीलाई आन्दोलनको कमान्ड दिइएको र राप्रपालाई छायामा पार्न खोजिएको विश्लेषण राप्रपामा थियो।

पार्टी छाडेका सुवेदी नेतृत्वको जनआन्दोलन समितिमा राप्रपाका नेताहरू लोहनी, पशुपतिशमशेर राणालगायत थिए। जनआन्दोलन परिचालन समिति संयोजक राप्रपा महामन्त्री राणा थिए। त्यसपछि राप्रपामा विवाद चुलिएको थियो। ‘पार्टीलाई बाइपास गरेर साथीहरूले आन्दोलन गर्छौं भन्नुभएको थियो। चैत १५ मा त्यो देखियो। त्यसले राजालाई समेत थप बदनाम गरायो,’ राप्रपाका एक नेताले भने।

लिङ्देनले आक्रमणकारीलाई जोगाएको आरोप

१८ वर्षदेखि राप्रपामा धार्मिक अजेन्डा र राजसंस्थाको पक्षमा समर्पित भएर सक्रिय रहेका राजु गैरेलाई आक्रमण गर्नेलाई अध्यक्ष लिङ्देनले जोगाएको आरोप लागाइएको छ। गैरे पार्टीभित्र अन्यायमा परेको असन्तुष्ट समूहले जनाएका छन्। ‘आफ्नै पार्टीभित्रको राजनीतिक गुन्डागर्दीविरुद्ध न्याय माग्दा अध्यक्ष लिङ्देन भने तिनै व्यक्तिवरिपरि राखी कार्यक्रममा व्यस्त देखिन्छन्,’ असन्तुष्ट समूहका एक नेताले भने, ‘यसले प्रस्ट हुन्छ कि राप्रपाभित्र सबै कार्यकर्तालाई समान व्यवहार हुँदैन र हुन छाड्यो।’

गत बिहीबार लिङ्देनका स्वकीय सचिव छत्र खडायतले सामाजिक सञ्जालमा अध्यक्षको आलोचना गरेको निहुँमा गैरेमाथि आक्रमण गरेका थिए। पार्टी कार्यालयनजिकै एक रेस्टुरेन्टमा चिया खाइरहेका गैरेमाथि खडायतले हेल्मेट प्रहार गरिएको थियो। सो घटनाको भिडियो सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक भइसकेको छ।

घटनापछि गैरेले प्रहरीमा ठाडो निवेदन दिए पनि हालसम्म प्रहरी प्रशासनले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको आरोप छ। पार्टी सचिवालयमा कारबाहीको माग गर्दै उजुरी दर्ता गरिए पनि अहिलेसम्म पार्टीका तर्फबाट कुनै औपचारिक प्रतिक्रिया नआएको र पीडितसँग एकपटक सम्पर्कसमेत नगरिएको आरोप पनि उनीमाथि लगाइएको छ। तर पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले खडायत र गैरेबिच भएको झगडा पार्टीसँग नजोडिएको र व्यक्तिगत भएको दाबी गरे। ‘पार्टीभन्दा बाहिर पनि जीवन छ, व्यक्तिगत विषय हुन सक्छ,’ प्रवक्ता श्रेष्ठले भने।
अर्को समाचार
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
११ मिनेट अघि
•
० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
सुनसरी। गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।




शनिबार इटहरीमा आयोजित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभालाई सम्बोधन गर्दै उनले जनताभन्दा माथि नेता नभई जनतालाई सधैँ प्राथमिकतामा राख्नुपर्ने बताए। जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेका नेताले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

जनताबाट निर्वाचित भएर पदमा पुगे पनि उनीहरूको सम्मान गर्न नसक्ने व्यक्तिले अर्को पटक निर्वाचनमा उम्मेदवार बन्नुको औचित्य नरहने उनले बताए। नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्नेमा उनले जोड दिए।

गृहमन्त्री गुरुङले कुनै पनि राजनीतिक दलमा आबद्ध भए पनि प्रत्येक नागरिकलाई सम्मान गर्नुपर्ने बताए। पार्टी वा कुनै झन्डाभन्दा देश माथि रहेको उल्लेख गर्दै उनले युवा पुस्तालाई पनि यही भावना सिकाउनुपर्ने धारणा राखे।

नेपाली जनता र आफ्नो समुदायले गरेको विश्वासको सम्मान गर्दै देशमा सुशासन कायम गर्न र समृद्धि हासिल गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए। सुशासन र समृद्धिका लागि आवश्यक सबै प्रयास गरिने उल्लेख गर्दै उनले यसलाई इतिहासले दिएको अन्तिम अवसरका रूपमा लिएको बताए।

सुशासन र समृद्धिको अभियानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्, आफ्नो पार्टीपङ्क्ति तथा अन्य राजनीतिक दलका नेताहरूको समेत साथ र सहकार्य रहने उनले विश्वास व्यक्त गरे।

कठिन परिस्थितिमा आफूलाई साथ र सहयोग गर्ने देश तथा विदेशमा रहेका सम्पूर्ण गुरुङ समुदायप्रति उनले आभार व्यक्त गरे। समुदायले अप्ठ्यारो परिस्थितिमा दिएको साथ र जनताबाट प्राप्त आशीर्वादले आफूलाई अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो।
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
यो पनि पढौँ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै घर्ती
बागलुङ, वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन्।
Whatsapp
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पर्यटकीय स्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस