वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृहद्वारा विशेष कार्यदल गठन
०५ मंसिर २०८३
•
३ मिनेट पाठ
वैदेशिक रोजगारीका नाममा हुने ठगी तथा श्रम शोषण नियन्त्रण गर्न गृहद्वारा विशेष कार्यदल गठन
वैदेशिक रोजगारी तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने क्रममा नेपाली नागरिकमाथि भइरहेको ठगी र श्रम शोषण निर्मूल पार्न तथा त्यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा समूहमाथि सघन अनुगमन र कारबाही गर्न गृह मन्त्रालयले सरोकारवाला निकाय सम्मिलित विशेष कार्यदल गठन गरेको छ।  




वैदेशिक रोजगारीका क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौतामा तोकिएबमोजिमको तलब तथा सेवा–सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गर्ने तथा विभिन्न कन्सल्टेन्सीहरूले विदेश पठाउने बहानामा गर्ने ठगीजस्ता गम्भीर समस्याहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले यो कदम चालेको हो।

दुबईमा आयोजित “विश्व प्रहरी शिखर सम्मेलन २०२६” मा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास तथा दुबईस्थित महावाणिज्य दूतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गरेका थिए।

नियोग, नेपाली समुदाय तथा विभिन्न सरोकारवालाहरूसँगको उक्त अन्तरक्रियामा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकहरू ठगिने र श्रम शोषणमा पर्ने गरेको विषय गम्भीर रूपमा उठेको थियो। जवाफमा गृहमन्त्री गुरुङले अन्तरक्रियामा उठेका समस्याहरू समाधान गर्न तत्कालै ठोस कदम (एक्सन) चाल्ने प्रतिबद्धता व्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा हुने ठगी र अपराधमा संलग्न जोसुकैलाई पनि उन्मुक्ति नदिइने र देशमा विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए।

सोही प्रतिबद्धताको कार्यान्वयन तथा पीडितहरूको गुनासोलाई उच्च प्राथमिकता दिँदै बिहीबार मात्र नेपाल आएका गृह मन्त्रीगुरुङले समस्याको तत्काल समाधान खोज्ने उद्देश्यले शुक्रबार नै गृह मन्त्रालयमा उच्चस्तरीय बैठक आयोजना गरे।  

गृहमन्त्रीको अध्यक्षतामा बसेको उक्त बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवसहित गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीहरू, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरू तथा अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा वैदेशिक रोजगारीको आवरणमा हुने आर्थिक ठगी, सम्झौताविपरीतको श्रम शोषण, कन्सल्टेन्सीमार्फत हुने ठगी तथा भिजिट भिसाको दुरुपयोग गरी विदेश पुर्याउने प्रवृत्तिलाई तत्काल निरुत्साहित एवं निर्मूल पार्नुपर्ने विषयमा विस्तृत छलफल भएको छ।  

छलफलपश्चात् बैठकले विभिन्न सम्बद्ध निकायहरूको प्रतिनिधित्व रहने गरी एक संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले आजैदेखि आफ्नो कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ। कार्यदललाई वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौताको उल्लङ्घन, कन्सल्टेन्सीहरूबाट हुने ठगी, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणसम्बन्धी गतिविधिहरूको सूक्ष्म एवं सघन अनुगमन गर्ने, ठगीमा संलग्न गिरोह तथा व्यक्तिहरूको पहिचान गर्ने र प्रचलित कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने कार्यादेश दिइएको छ।  

गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने यस्ता ठगी र शोषणका घटनाप्रति शून्य सहनशीलताको नीति अपनाउँदै सरोकारवाला निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउने स्पष्ट पारेको छ। साथै, विदेश जाँदा कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी अवस्थाबारे राम्ररी बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा समेत अनुरोध गरिएको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस