हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक महत्वाकांक्षी अभियान सुरु गरेको छ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ सानेपास्थित इन्टरनेशनल क्लबमा शनिबारबाट सुरु भएको यो अभियानको उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहेको छ।
कोषका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु हो।
विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम गर्न चाहने नव-उद्यमीहरूलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको कोषले जनाएको छ।
अभियानको सबैभन्दा महत्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु-बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य हो। यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न आवश्यक प्रारम्भिक पुँजी उपलब्ध गराइनेछ, जसले उनीहरूलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास कोषको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी-व्यवसायीहरूले युवाहरूसँग आफ्ना अनुभव साट्दैछन्। साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिएको छ।
हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ।
‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम आगामी शनिबार (साउन १७ गते) सानेपास्थित इन्टरनेशनल क्लबमा हुनेछ।
कोषकी सदस्य-सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न चाहने युवाहरूलाई सल्लाह, सुझाव र अवसर प्रदान गर्नु रहेको छ।
विदेशबाट फर्किएका वा स्वदेशमै रहेर उद्यम, व्यवसाय गर्न चाहने नव-उद्यमीहरूलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको उनले जनाइन्।
उनका अनुसार कार्यक्रमको महत्वपूर्ण पक्ष नयाँ उद्यमीहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘माइक्रो-सिडिङ रिभल्भिङ फन्ड’ (लघु-बीज घुम्ती कोष) को स्थापना गर्ने लक्ष्य राखिएको छ। यस कोषमार्फत युवा उद्यमीहरूलाई आफ्नो व्यवसाय सुरु गर्न प्रारम्भिक पुँजी उपलब्ध गराइने कोषले जनाएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार कार्यक्रममा विभिन्न क्षेत्रका स्थापित उद्योगी-व्यवसायीहरूको सहभागिता रहनेछ। साथै, सहभागीहरूका लागि विभिन्न व्यावसायिक स्टलहरू र मनोरञ्जनात्मक खेलहरूको समेत आयोजना गरिनेछ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह, कोषकी अध्यक्ष हिमानी राज्यलक्ष्मी देवी शाह लगायत पूर्व राजपरिवारका अन्य सदस्यहरूको पनि सहभागिता रहने बताइएको छ।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...