जेन-जी २.० कर्णाली प्रदेशको मागः प्रत्यक्ष निर्वाचित कार्यकारीमा जनमत संग्रह गरौं
२७ कार्तिक २०८२
•
२ मिनेट पाठ
जेन-जी २.० कर्णाली प्रदेशको मागः प्रत्यक्ष निर्वाचित कार्यकारीमा जनमत संग्रह गरौं
जेनजी २.० ले कर्णाली प्रदेश भेला सम्पन्न गरेको छ । वीरेन्द्रनगर सुर्खेतमा बृहत् छलफल पश्चात् न्याय, सुशासन र समृद्धिको लागि कर्णाली प्रदेशभित्रका विभिन्न जिल्लाबाट प्रतिनिधिहरु भेला गरी समिति समेत घोषणा गरिएको हो । जेनजी २.० ले कर्णालीको प्रदेश संयोजकमा हिक्मतजंग मल्ल चयन भएका छन् । प्रदेश समितिको संरक्षकमा डम्बर शाहू, सह–संयोजकमा मोहन थापा काजी र प्रवक्तामा लक्ष्मी रोकाया छन् ।




यस्तै, विभिन्न विभाग पनि गठन गरिएका छन् । कृषि विभाग प्रमुखमा मोहन बहादुर शाही, आर्थिक तथा योजना प्रमुखमा सूर्य विक्रम लामिछाने, खेलकुद विभागमा नविन बुढा, स्वास्थ्य विभागमा उपेन्द्र शाही र आईटी विभाग प्रमुखमा मिलन शर्मा चयन भएका छन् । प्रदेश समितिमा १३ जनाको सचिवालय सदस्य र ११ जना अन्य सदस्य छन् । जिल्लागत रूपमा ‘जेनजी २।० कर्णाली’ को सुर्खेत जिल्लाको संरक्षकमा कसमजंग मल्ल, संयोजकमा सुवास शाही, सह–संयोजकमा समिर शाही र प्रवक्तामा विपना विश्वकर्मा चयन भएका छन् ।  

यस्तै, कालीकोटको संयोजकमा महेन्द्र भारती, सहसंयोजकमा सुनिल शाही, प्रवक्तामा सर्मिला शाही चयन भएका छन् । जाजरकोटमा युवराज शर्मालाई संयोजक, कैलाश शाहलाई सहसंयोजक र मिन कृष्ण विक्रम शाहलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । यसैगरी, दैलेखमा भुपेन्द्र खनाल संयोजक, कमल बोहरा सहसंयोजक र नवराज वली प्रवक्ता चयन भएका छन् । जुम्लामा श्री कृष्ण भण्डारी संयोजक, शक्ति सिंह रोकाया सहसंयोजक र भुपेन्द्र भण्डारी प्रवक्ता तोकिएका छन् । सल्यानमा दीपक बस्नेत संयोजक, अनुराधा रिउते सहसंयोजक र सावित्री वली प्रवक्ता बनेका छन्  ।  

यस्तै, अन्य केही जिल्लाहरूमा भने संयोजकको मात्र जिम्मेवारी तोकिएको छ । जसअनुसार, हुम्लामा राजन शाही, मुगुमा निरज शाही, डोल्पामा मोती बुढा र रुकुम पश्चिममा उमेश लामिछानेलाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।  

संगठनले जेनजी जनआन्दोलन २०८२ को संस्थागत संरक्षण र विकास, सहिद परिवार, घाइते योद्धा र नेतृत्वबिच एकता कायम गर्ने, सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जबाफदेहिता सहितको सरकारको स्थापना, राष्ट्रिय सभामा जेनजी सहितको नयाँ पुस्ताको सहभागिता, भ्रष्टाचार नियन्त्रण आयोग गठन र निर्वाचन आयोग पुनर्गठन, सर्वदलीय सहमतिमा संविधान संशोधन र भयरहित निष्पक्ष चुनावलाई प्रमुख एजेन्डाको रुपमा अगाडि सारेको प्रदेश संयोजकमा हिक्मतजंग मल्लले बताए ।  

त्यसैगरी, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, राजा कि राष्ट्रपति, प्रदेश सभा खारेजी कि सुदृढीकरण, धर्म निरपेक्ष कि सापेक्ष, धार्मिक स्वतन्त्रता, र स्थानीय तह निर्दलीय कि सचेत दलीय प्रतिस्पर्धा जस्ता विषयहरूमा जनमत संग्रहको आवश्यकता औँल्याएको उनको भनाई छ ।  

समितिले वर्तमान संकट र मुलुकको निकास विषयक बृहत राष्ट्रिय संवादमा सहभागी हुन सबै दल, समूह र अभियानलाई हार्दिक अपिल गरेको छ । संगठनले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनपछिको राजनीतिक अन्योलता र मुलुक संकटतर्फ धकेलिएको भन्दै सबै पक्षलाई पुनः वार्ता, संवाद र छलफलमा जुट्न आह्वान गरिएको छ । साथै, यस संगठनले जेनजी आन्दोलनलाई नेपाली विशेषताको क्रान्तिको संज्ञा दिएको छ ।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
३३ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस