नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोसी बाढीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनाका लागि आवश्यक परे निजी जग्गा खरिद गरेर भए पनि उपलब्ध गराउनुपर्ने बताएका छन्।
आइतबार रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा थापाले पीडितलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन सार्वजनिक जग्गा खोज्नुपर्ने र त्यस्तो जग्गा उपलब्ध नभए निजी जग्गा खरिद गर्नुपर्ने धारणा राखेका हुन्।
‘रसुवा, नुवाकोट र धादिङमा सार्वजनिक जग्गा कहाँ–कहाँ छ भन्ने तथ्यांक छन्, खोज्न मिलिहाल्छ, समय लाग्दैन। सार्वजनिक जग्गा छैन भने निजी जग्गा किनेर दिनुको विकल्प छैन,’ उनले भने।
थापाले नयाँ बस्ती बसाल्नुअघि सडक निर्माणको स्थान र मार्गसमेत निश्चित गर्नुपर्नेमा जोड दिए। सडक कहाँबाट कहाँसम्म बन्ने भन्ने टुंगो लागेपछि मात्रै प्रभावित परिवारलाई कहाँ पुनर्स्थापना गर्ने भन्ने निर्णय गर्न सहज हुने उनको भनाइ थियो।
बाढीपीडितको अवस्था बुझ्न उनी दोस्रोपटक प्रभावित क्षेत्रमा पुगेका हुन्। विपद्का बेला सुरुमा चासो देखाइए पनि समय बित्दै जाँदा प्रभावितका समस्या ओझेलमा पर्ने गरेको उनले बताए। संघीय सरकारले पुनर्स्थापनाको काम पूरा भएको जस्तो धारणा बनाएको हुन सक्ने भन्दै उनले स्थानीयसँग प्रत्यक्ष छलफल र स्थलगत अवलोकन आवश्यक ठानेर आफू आएको उल्लेख गरे।
अवलोकनपछि प्रभावित क्षेत्रको अवस्थाबारे प्रतिवेदन तयार गरी सरकारलाई बुझाउने पनि थापाले बताएका छन्।
गत भदौ १० गते भोटेकोसीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो।