पूर्वराष्ट्रपति भण्डारी अब देश दौडाहमा
३० साउन २०८२
•
५ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारी अब देश दौडाहमा
पूर्वराष्ट्रपति विद्या भण्डारीले भदौदेखि देश दौडाह सुरु गर्ने भएकी छन्। एमालेका तल्ला कमिटीका बैठकहरूमा भण्डारीको सदस्यता नवीकरणका लागि दबाब सिर्जना भइरहेका बेला भदौ २ गते कोसी प्रदेशबाट उनले देश दौडाहा सुरु गर्न लागेकी हुन्। कोसी प्रदेशका कार्यक्रमहरू सिध्याएर भण्डारी भदौ १४ गते मधेस प्रदेशमा जाने निकट नेताहरूले बताएका छन्।




‘उहाँ भदौ २ गतेबाट कोसी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यसपछि मधेस प्रदेश जाने कार्यतालिका छ,’ उनीनिकट एक पदाधिकारीले भने। एमालेले पार्टी सदस्यता नै नवीकरण नगर्ने जनाइरहेका बेला उनी देश दौडाहमा जान लागेकी हुन्। ‘प्रायः सबै प्रदेशका नेता–कार्यकर्ताहरूले पूर्वराष्ट्रपतिको सदस्यता नविकरण नगरेको विषयमा केन्द्रीय कमिटीको निर्णय सच्याउन दबाब दिइरहेको बेला उहाँ कोसी र मधेस जान लाग्नुभएको हो,’ ती पदाधिकारीले भने।

विधान महाधिवेशन नजिकिँदै गर्दा भण्डारीको प्रदेश भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। कोसी र मधेसमा नेता–कार्यकर्ताहरूसँगको भेटघाट सिध्याएपछि पूर्वराष्ट्रपति भण्डारी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नियमित रूपमा जाने कार्यतालिकासमेत छ।

एमालेको भदौ २० देखि २२ सम्म विधान महाधिवेश हुँदै छ। विधान महाधिवेशनको सन्दर्भमा विभिन्न कमिटीहरूबाट सुझाव संकलन गर्ने काम भइरहेको छ।

यसक्रममा बुधबारदेखि लुम्बिनी प्रदेश कमिटीको बैठक सुरु भएको छ। लुम्बिनी प्रदेशमा अधिकांश सदस्यहरूले पार्टीले नै मिलाएर लैजानुपर्नेमा विवाद उत्पन्न गराएको भन्दै आलोचना गरेका छन्। साथै उनीहरूले पार्टीको नेतृत्व तहबाट विवाद नमिले आउँदो निर्वाचनमा पार्टीलाई ठुलो असर गर्नेसमेत बताएका थिए। लुम्बिनीका नेताहरूको सबै धारणा सार्वजनिक भएको छैन।

मंगलबार र बुधबार बसेको कोसी प्रदेश कमिटीको बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन प्रदेश सदस्यहरूले दबाब दिएका थिए। भण्डारीको गृह प्रदेशमा मात्र होइन, बाग्मती प्रदेशबाट पनि सदस्यता नवीकरणका लागि दबाब सिर्जना गर्न थालिएको छ। कोसी प्रदेशमा मंगलबार ४० सदस्यले धारणा राखेकोमा आठ जना प्रदेश सदस्यले सदस्यता नवीकरणको निर्णय सच्याउनुपर्ने विषयमा पक्ष/विपक्षमा धारणा राखे भने बाँकी सबै मौन बसेका एक सदस्यले जानकारी दिए।

बुधबार भने कोसीमा सदस्यहरूलाई बोल्न समय दिइएन। मंगलबार बोल्नेहरूमध्ये डिबी कार्की मोरङ, रोशन बस्नेत भोजपुर, अन्जु पाण्डे सुनसरीले सदस्यता नवीकरण नगर्ने गलत निर्णय नसच्याए पार्टी गम्भीर समस्यामा पर्ने बताएका थिए।

त्यस्तै भोजपुरका अध्यक्ष मकर खड्काले समस्या नटुंग्याए मिसन ८४ मा गम्भीर असर पर्ने बताउँदै नवीकरणका लागि दबाब दिएका हुन्। कोसी प्रदेश इन्चार्ज रहेका शेरधन राईलाई समेत चुनौती दिँदै प्रदेश कमिटीका युवा सदस्यहरूले भण्डारीको पार्टी सदस्यता नवीकरणका लागि दबाब दिएका थिए।

त्यस्तै खड्ग राई संखुवासभा, होम थापा, निर्मला शिवाकोटी र मातृका भट्टराई झापाले भने पूर्वराष्ट्रपतिजस्तो गरिमामय व्यक्ति राजनीतिमा आउन नहुने भन्दै विपक्षमा धारणा राखेका छन्। बाँकी बोल्नेमध्ये कसैले पनि पूर्वराष्ट्रपतिको पक्ष/विपक्षमा कुनै धारणा राखेनन्। पार्टी अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले नै सदस्यताको च्याप्टर क्लोज भएकाले बोल्नेमाथि कारबाही गर्ने बताउँदै आएको र सोहीअनुसार निर्देशन दिएको हुँदा पनि भण्डारीको पक्षमा रहेका बहुमत सदस्य मौन बसे पनि उनीहरूले पार्टीलाई संकटबाट जोगाउन नेताहरूको भूमिका हुनुपर्ने बताएका थिए। कोसी प्रदेशका नेताहरूले सदस्यता सम्बन्धी विवाद टुंग्याउन माग गर्दै महासचिव पोखरेललाई भेट गर्न खोजेका थिए। तर पोखरेल उनीहरूसँग भेटै नगरी काठमाडौं फर्केका थिए।

भोजपुर अध्यक्ष खड्काले केन्द्रीय कमिटीको पछिल्लो निर्णयले कार्यकर्ताहरूमा अन्योल सिर्जना गरेको भन्दै संवादबाट समस्या हल गर्दै पार्टीलाई एकताबद्ध बनाउन नसके मिसन ८४ को लक्ष्य पूरा हुन नसक्ने चेतावनी दिएपछि प्रदेश इन्चार्ज राईसमेत अक्क न बक्क परेका थिए। उनले भण्डारीलाई सदस्यता नदिने निर्णयको नाम र निर्णय लिएर विरोध वा समर्थन केही नगरे पनि केन्द्रीय कमिटीको निर्णयबारे तल्लो तहका कार्यकर्ताले अनेकन् प्रश्न गर्ने गरेको भन्दै यही अवस्थाबाट अगाडि बढ्न खोजे अबको चुनावमा पार्टीको पोजिसन कमजोर हुन सक्ने चेतावनी दिए।

अर्का प्रदेश सदस्य रोशन बस्नेतले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नदिने निर्णयप्रति केन्द्रीय कमिटी बैठकमा नेताहरूले राखेको नोट अफ डिसेन्टलाई अपानीमा उल्लेख नगरेको विषयप्रति गम्भीर आपत्ति जनाएका थिए। उनले भण्डारीको पक्षमा बोल्ने नेता–कार्यकर्ताहरूमाथि धम्की आउने गरेको भन्दै आपत्तिसमेत जनाए।

‘कतिपय नेताहरूले तल्ला कमिटीमा थर्काउने र नोटिसमा राखिएको छ भन्ने अभिव्यक्ति दिने गर्नुभएको छ। त्यसको अर्थ थर्काइएकै हो। यसरी पार्टी चल्दैन। मेरो गम्भीर आपत्ति छ,’ बस्नेतले भने।

उनले सम्मानजनक रूपमा भण्डारीको सदस्यता कायम गर्न माग पनि गरे। ‘जसले ल्याएको नीतिले, विचारले यो पार्टी चलेको छ, आज त्यो पार्टीको परिवारको सदस्यलाई तेजोबोध गर्ने, हिलो छ्याप्ने काम नेतृत्व तहबाटै गरिएको छ, त्यो खेदजनक छ र त्यस्ता आपत्तिजनक व्यवहार सच्याएर सदस्यतासम्बन्धी निर्णय अविलम्ब सच्याउन माग गर्छु,’ बस्नेतले भने।

महासचिव शंकर पोखरेलले बैठकको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यतासम्बन्धी विषय केन्द्रीय कमिटीको बैठकले नै टुंग्याइसकेकाले  अब विधान महाधिवेशनमा पनि छलफल नहुने बताएका थिए।

यसैगरी बागमती प्रदेशका धेरैजसो नेताले भण्डारीको सदस्यता नवीकरणका लागि दबाब दिएका छन्। भदौ २०–२२ मा हुने विधान महाधिवेशनका लागि सुझाव दिन अहिले एमालेका विभिन्न तहका कमिटीका बैठक जारी भएका बेला कोसी र बागमतीबाट यस्तो दबाब आएको हो।

सोमबार सम्पन्न बागमती प्रदेश बैठकमा नेताहरूले केन्द्रको निर्णयले वडा तहसम्मका कार्यकर्तामा आक्रोश सिर्जना भएको र यसले पार्टीपंक्ति विभाजित बनाउँदै लगेको बताएका थिए। बैठकमा सचिवालय सदस्यहरू नरेश खतिवडा र रमेश आचार्यले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगरेर ‘माइनस’ गर्ने निर्णयले तल्लो पंक्तिसम्मका कार्यकर्ताहरू आक्रोशित बनेको दाबी गरेका थिए।

काठमाडौंका अध्यक्ष दीपक निरौलाले भण्डारीलाई रोक्ने निर्णयबाट कार्यकर्ताले चित्त नबुझाएको भन्दै विधानमाथिको बहस र भण्डारीको पक्षमा बोल्न नदिने केन्द्रको नीतिले आन्तरिक लोकतन्त्र कमजोर बनाउने बताएका थिए। रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले अहिलेको अवस्थामा केपी ओलीलाई मूल नेता मान्न सकिए पनि पार्टीभित्र उठिरहेको नेतृत्वमा पुस्तान्तरणको मुद्दालाई केन्द्रीय कमिटीको निर्णयले सही ढंगले सम्बोधन गर्न नसकेको बताएका थिए।

रामेछापका पूर्वअध्यक्ष अर्का शान्ति पौडेलले विवाद टुंगो लगाउन आग्रह गरेका थिए। सिन्धुलीका शान्तिबहादुर कार्कीले जननेता मदन भण्डारीको परिवार विद्या भण्डारीलाई नै पार्टीबाहिर राख्ने निर्णयले पार्टीभित्र निराशा जन्माएको बताएका थिए।
अर्को समाचार
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
५ मिनेट अघि
•
० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
पाल्पा। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले केही कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए।




पाल्पाको दमकडामा शनिबार आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले सरकारका कामकारबाहीका विषयमा विभिन्न कोणबाट प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी प्रक्रिया पालना हुने गरेको बताए।

कानुन निर्माण गर्दा नेपालको भौगोलिक अवस्था, नागरिकको आवश्यकता, चेतनाको स्तर र प्रविधिको विकासलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो। पुराना कानुनलाई समय र आवश्यकताअनुसार संशोधन गर्ने तथा संविधानले व्यवस्था गरेअनुसार निर्माण हुन बाँकी कानुन बनाउने जिम्मेवारी आफूहरूको रहेको उनले बताए।

कानुन निर्माण गर्ने निकाय तथा त्यसको कार्यान्वयन र न्याय सम्पादन गर्ने निकाय इमानदार र जिम्मेवार भए मुलुकलाई समृद्ध बनाउन लामो समय नलाग्ने सभामुख अर्यालले उल्लेख गरे। कानुन निर्माण र कार्यान्वयन गर्ने निकाय इमानदार भए नेपालजस्तो मुलुकलाई समृद्ध बनाउन १० वर्ष पर्याप्त हुने उनको भनाइ थियो।

सभामुख अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको पनि जानकारी दिए। डिजिटल पार्लियामेन्ट प्रणाली लागू भएपछि नागरिकले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद् बैठकमा कति पटक उपस्थित भए भन्ने विवरण मोबाइलबाटै हेर्न सक्ने उनले बताए।

आगामी दिनमा सांसदहरू सदनमा कति बजे प्रवेश गरे र कति बजे बाहिरिए भन्ने विवरणसमेत सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ थियो। यसबाट जनप्रतिनिधिलाई थप जवाफदेही बनाउनुका साथै संसदीय गतिविधिमा नागरिकको पहुँच र निगरानी बढ्ने विश्वास उनले व्यक्त गरे।
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
सरकारका कामकारबाही विधिमा आधारित हुनुपर्छ : सभामुख अर्याल
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीले कानुनी विधि र प्रक्रियालाई आधार बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा एनआरएनएको सहभागिताः १९ देशका खेलाडी, पदक तालिकामा चौथो स्थानको लक्ष्य
 विदेशमा बस्ने नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा सुरु भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएक...
Whatsapp
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
नेताले जनतामाथि शासन गर्ने नभई जनताको सेवक भएर काम गर्नुपर्छ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन्।
Whatsapp
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसले देशभर ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने
नेपाली कांग्रेसले देशभर ७५३ वटै स्थानीय तहमा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्ने भएको छ।
Whatsapp
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
देशभर १६ विपद्का घटना : दुई जनाको मृत्यु, पाँच घाइते
देशभर भएका १६ वटा विपद्का घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
यो पनि पढौँ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
धार्मिक पर्यटकीय क्षेत्र बन्दै हडियाबाबा आश्रम
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको छ।
Whatsapp
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा क्षेत्रमा हुने विभिन्न आपराधिक क्रियाकलाप न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्ने ध्येयका साथ स्था...
Whatsapp
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
उनलाई नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले परियोजनाको हालसम्मको  प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।
Whatsapp
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तापक्रम वृद्धिसँगै मलेरिया सार्ने लामखुट्टेको जोखिम बढ्न सक्ने
वैज्ञानिकहरूले उच्च तापक्रममा मलेरिया सार्ने लामखुट्टेको प्रजनन क्षमता बढाउन मद्दत गर्ने एउटा जीनको भिन्नता पत्ता लगाएका छन्।
Whatsapp
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दसौँ राष्ट्रिय खेलकुद : बागमती शीर्ष स्थानमा, कर्णाली पदकविहीन
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थ...
Whatsapp
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै
निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा रहेका चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस