पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार फेसबुकमार्फत उनले यस्तो आग्रह गरेका हुन्। उनले खडेरीको कारण रोपाइँ मात्र नभइ, खानेपानीसमेत समस्या भएको बताएका छन्। साथै अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन नसकेको बताउँदै तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरे।
'वर्षा हुन नसकेको कारण आमरूपमा गर्मी बढेको छ भने तराई-मधेशले खडेरी व्यहोर्नु परिरहेको छ। खेतमा रोपाइँ हुन नसकिरहेको मात्र होइन, खानेपानीमा समेत समस्या उत्पन्न भएको छ। यस सन्दर्भमा प्रदेश सरकारले मधेशलाई सुखा क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले मधेश प्रदेशका सबै जिल्लाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ,' उनले लेखेका छन्, 'घोषणाले तत्कालको आवश्यकता राहत प्याकेजलाई सम्बोधन गर्ने कदम चाल्ने माग गर्दछ। तर अहिले सम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।'
मधेसको सुख्खाग्रस्त क्षेत्र अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज बारा र महोत्तरी जाँदै गर्दा श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो। रोपाइँका समयमा पर्याप्त पानी नपरेपछि सरकारले हिजो मात्र मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।