जुम्लामा निर्वाचन तयारी तीव्र
१२ फागुन २०८२
•
३ मिनेट पाठ
जुम्लामा निर्वाचन तयारी तीव्र
फागुन २१ को निर्वाचनको लागी जिल्ला निर्वाचन कार्यालयले मंगलबार जिल्लास्थित सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा जिल्लाको अद्यावधिक मतदाता तथ्याङ्क, मतदानस्थल तथा मतदान केन्द्रको अवस्था र निर्वाचन तयारीको समग्र खाका सार्वजनिक गरिएको छ। 




जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लो अद्यावधिकमा तीन हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने मतदातालाई समेट्दा जुम्ला जिल्लाको कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ पुगेको छ। यसमध्ये पुरुष ३७ हजार ४ सय ५९ र महिला ३४ हजार २ सय ८० जना रहेका छन्। यसअघि  २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। 

हालको तथ्याङ्कसँग तुलना गर्दा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएको देखिन्छ। तीमध्ये पुरुष १ हजार ७ सय ५९ र महिला १ हजार ३ सय ४२ जना छन्। निर्वाचन कार्यालयले यो वृद्धिलाई लोकतान्त्रिक प्रक्रियाप्रतिको जनचासो र मतदाता नामावली अद्यावधिकको सकारात्मक प्रभावका रूपमा व्याख्या गरेको छ। 

भौगोलिक विकटता र बस्तीको फैलावटलाई ध्यानमा राख्दै जिल्लामा ८५ वटा मतदानस्थल र १ सय १० वटा मतदान केन्द्र तोकिएका छन्। आठवटा स्थानीय तहमध्ये सबैभन्दा बढी १८ वटा मतदान केन्द्र चन्दननाथ नगरपालिकामा र सबैभन्दा कम १० वटा मतदान केन्द्र गुठीचौर गाउँपालिकामा निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलले जानकारी दिए। 

मतदान व्यवस्थापनका लागि ६ सय ४८ जना कर्मचारी खटाइसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले पछिल्ला वर्षहरूमा निर्वाचन आयोगले प्रविधिमैत्री निर्वाचन प्रणाली र डिजिटल मतदाता शिक्षामा जोड दिएको बताए। उनका अनुसार अब मतदाता शिक्षाका कार्यक्रम प्रविधिमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिनेछ र गाउँगाउँमा पुगेर गरिने परम्परागत कार्यक्रम क्रमशः घटाइनेछ। ‘सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु मतदाता शिक्षाको मूल उद्देश्य हो,’ उनले भने। 

नयाँ मतदाता थपिनु लोकतान्त्रिक अभ्यासप्रतिको सकारात्मक संकेत भएको उल्लेख गर्दै उनले सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन प्रक्रियामा सक्रिय सहभागी हुन आग्रह गरे। सुरक्षाको पक्षमा प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए। ‘निर्वाचनलाई सुरक्षित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा, समन्वय र व्यवस्थापनका सबै पक्षमा प्रशासन सजग छ,’  उनले भने, ‘मतदाताले निर्भय वातावरणमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गरिनेछ।’ उनका अनुसार निर्वाचन अन्तिम चरणमा प्रवेश गरेसँगै जिल्लाका विभिन्न मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ। 

आचारसंहिता उल्लंघन नियन्त्रणका लागि विशेष अधिकृत खटाइएको, सुरक्षा संयन्त्र सक्रिय बनाइएको र संवेदनशील क्षेत्रहरूमा थप निगरानी बढाइएको प्रशासनले जनाएको छ।जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई व्यवस्थित, पारदर्शी र निष्पक्ष बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको जनाएको छ। कार्यालयले पुनः सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। 

यसैबीच निर्वाचनका लागि जुम्लामा मतपत्र आइपुगेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जिल्लामा ल्याइसकिएको छ। मतपत्रहरू चाँडै नै सबै मतदान केन्द्रमा पठाउने तयारी भइरहेको कार्यालयले जनाएको छ।  
अर्को समाचार
जुम्लामा निर्वाचन लक्षित तयारी तीव्रः मतपेटिकासहित ५१ प्रकारका सामग्री वितरण सुरु
१६ फागुन २०८२
•
२ मिनेट पाठ
जुम्लामा निर्वाचन लक्षित तयारी तीव्रः मतपेटिकासहित ५१ प्रकारका सामग्री वितरण सुरु
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी तीव्र पारिएको छ।




मतदान सञ्चालनका लागि आवश्यक पर्ने मतपेटिकासहित ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रहरूतर्फ पठाउन सुरु गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा निर्वाचनमा खटिने अन्य कर्मचारीलाई सम्बन्धित सामग्री बुझाएर कार्यक्षेत्रमा पठाउने क्रम जारी छ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार शनिबारदेखि सिँजा क्षेत्रका चारवटा गाउँपालिकाबाट मतपेटिका वितरण कार्य सुरु गरिएको हो।

कनकासुन्दरी, सिँजा, हिमा र तिला गाउँपालिकाअन्तर्गतका ५५ मध्ये ४८ वटा मतदान केन्द्रमा सामग्री वितरण भइसकेको छ। ती क्षेत्रका बाँकी ७ मतदान केन्द्रका साथै चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाअन्तर्गतका ५५ वटा मतदान केन्द्रका लागि आइतबार सामग्री उपलब्ध गराइनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार नै जिल्लाका ८ वटै स्थानीय तहमा मतपत्रसमेत वितरण गर्ने तयारी छ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई समेट्दा जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ पुगेको छ। जसमा ३७ हजार ४ सय ५९ जना पुरुष र ३४ हजार २ सय ८० जना महिला रहेका छन्।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। अघिल्लो निर्वाचनको तुलनामा यसपटक जिल्लामा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएका हुन्। जसमा १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला हुन्।

निर्वाचन व्यवस्थापनका लागि जिल्लाभर ८५ वटा मतदान स्थल तथा २ वटा अस्थायीसहित कुल १ सय १० वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन ६ सय ४८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।

जिल्लामा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र ल्याइएको छ। निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी २ सय २० जनालाई लक्षित गरेर शुक्रबार एकदिने प्रशिक्षणसमेत दिइएको थियो।

तालिममा उनीहरूको काम, कर्तव्य र अधिकारका साथै शान्ति सुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहित निर्वाचन प्रक्रियाका संवेदनशील पक्षबारे विस्तृत जानकारी गराइएको निर्वाचन अधिकारी कंडेलले बताए।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। शान्ति सुरक्षा कायम गर्न १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ८ सय ७४ निर्वाचन प्रहरी, ४ सय सशस्त्र प्रहरी बल र आवश्यकता अनुसार नेपाली सेनासमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस