जुम्लाबाट यसरी बिदा भए निर्वाचन प्रहरी
२८ फागुन २०८२
•
४ मिनेट पाठ
जुम्लाबाट यसरी बिदा भए निर्वाचन प्रहरी
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको शान्ति–सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई जुम्लामा सामूहिक रूपमा बिदाइ गरिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले बिहीबार सदरमुकाम खलंगास्थित विपद् व्यवस्थापन गुल्ममा औपचारिक कार्यक्रम आयोजना गरी अबिर र प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई बिदाइ गरेको हो।




अन्य स्थानमा खटाइएका निर्वाचन प्रहरीलाई भने सम्बन्धित पायक पर्ने प्रहरी चौकीमार्फत प्रमाणपत्र प्रदान गरी बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले जानकारी दिए। निर्वाचन अवधिभर जिल्लाका विभिन्न मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका ९ सय ७४ जना निर्वाचन प्रहरीलाई सामूहिक रूपमा बिदाइ गरिएको हो।

निर्वाचन सुरक्षाका लागि जुम्लामा नेपाल प्रहरीका ८ सय ७८ जना र सशस्त्र प्रहरी बलका ९६ जना गरी कुल ९ सय ७४ जना भर्ना गर्ने कोटा निर्धारण गरिएको थियो। सोहीअनुसार माघ १८ गते उनीहरू भर्ना भई जिल्लाभर निर्वाचन सुरक्षाको जिम्मेवारीमा परिचालित भएका थिए।

आम निर्वाचनको सुरक्षा व्यवस्थापनमा निर्वाचन प्रहरीको भूमिका महत्त्वपूर्ण मानिन्छ। सीमित समयको तालिमपछि पनि दुर्गम भौगोलिक अवस्था, कठिन आवागमन, सञ्चारको सीमित पहुँच र भौतिक पूर्वाधारको अभावका बीच उनीहरूले निर्वाचन सुरक्षामा सक्रिय भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै उनीहरूको योगदानको औपचारिक कदरसमेत गरिएको थियो।

No description available.
जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा निर्वाचन प्रहरीको भूमिका निर्णायक रहेको बताए। उनका अनुसार लोकतान्त्रिक प्रक्रियाको सबैभन्दा संवेदनशील चरण मानिने मतदानका क्रममा स्थानीय तहसम्म सुरक्षा उपस्थिति सुनिश्चित गर्नु राज्यका लागि ठूलो चुनौती हुने गर्दछ।

“छोटो अवधिको तालिमपछि पनि निर्वाचन प्रहरीले जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरेका छन्,” उनले भने, “४० दिने कार्यअवधिमा सिकेको ज्ञान, सीप र अनुशासनले उनीहरूको व्यक्तिगत जीवन मात्र नभई सामाजिक व्यवहारमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास छ।”

निर्वाचन प्रहरी बिमला रावतले छोटो समय भए पनि सुरक्षा व्यवस्थापनमा खटिँदा जीवन उपयोगी अनुभव प्राप्त भएको बताइन्। “सुरक्षा बलको तालिमले मेहनत, अनुशासन, परिश्रम र समय व्यवस्थापन सिकायो,” उनले भनिन्, “यी कुरा दैनिक जीवनमा पनि उपयोगी हुने अनुभव भयो।”

‘हामीले आफ्नो जिम्मेवारी पूरा गरेर घर फर्किएका छौँ,’ उनले थपिन्, ‘आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा पनि हामीलाई अवसर प्राप्त होस् भन्ने अपेक्षा छ।’

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिनबाबु रेग्मीले राज्यले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेकोमा निर्वाचन प्रहरीलाई धन्यवाद दिए। उनले आगामी प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा पनि आवश्यकता अनुसार पुनः सहभागी हुन आग्रह गरे।

निर्वाचन प्रहरीलाई रासन भत्ता, पोशाक खर्च, तलब, परिचालन खर्च तथा खाजा खर्चसमेत समेटेर कर कटाएर ६१ हजार ७ सय ९१ रुपैयाँ बैंक खातामार्फत भुक्तानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको हो।

निर्वाचनका क्रममा जिल्लाभरका मतदानस्थल तथा मतदान केन्द्रलाई सुरक्षा दृष्टिकोणले वर्गीकरण गरी सुरक्षा रणनीति तय गरिएको थियो। जिल्लाभर रहेका ८५ मतदानस्थलमध्ये ५२ वटा अति संवेदनशील, १८ वटा संवेदनशील र १५ वटा सामान्य सूचीमा राखिएका थिए।

त्यस्तै, १ सय १० मतदान केन्द्रमध्ये ६४ वटा अति संवेदनशील, २५ वटा संवेदनशील र २१ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको थियो। भौगोलिक विकटता, सञ्चारको पहुँच अभाव, मतदान केन्द्रको भौतिक संरचना, सडक सञ्जालको अवस्था, खानेपानी तथा बिजुली व्यवस्थालगायत सम्भावित सुरक्षा चुनौतीलाई आधार मानेर वर्गीकरण गरिएको डीएसपी रेग्मीले बताए।

सोही वर्गीकरणका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा म्यादी प्रहरी परिचालन गरिएको थियो। दुर्गम हिमाली जिल्लामा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायबीचको समन्वय र स्थानीयस्तरमा परिचालित अस्थायी सुरक्षा जनशक्तिको भूमिका महत्वपूर्ण हुने सुरक्षा अधिकारीहरू बताउँछन्।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कंडेलका अनुसार जुम्लामा कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ रहेको थियो। जसमध्ये महिला ३४ हजार २ सय ८० र पुरुष ३७ हजार ४ सय ५९ जना रहेका थिए।

निर्वाचनमा ४० हजार ८ सय ७८ मत खसेको थियो। समानुपातिकतर्फ खसेको ४१ हजार १ सय ५१ मतमध्ये १ हजार ३ सय ३२ मत बदर भएका थिए भने प्रत्यक्षतर्फ १ हजार ७ सय ५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

दुर्गम भौगोलिक अवस्थाबीच पनि निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायसँगै निर्वाचन प्रहरीको सक्रियता महत्त्वपूर्ण रहेको प्रशासनले जनाएको छ।
अर्को समाचार
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
१ घण्टा अघि
•
१ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
नारायणगढ (चितवन)- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालकै सबैभन्दा ठूलो चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।




शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।

उनले अन्तरमन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको छ।

चितवन उद्योग सङ्घका अनुसार उद्योग स्थापनाका लागि इच्छुक उद्योगीले विगत आठ वर्षदेखि सङ्घको सचिवालयमा जग्गा माग गर्दै आवेदन दिँदै आएका छन्।

सङ्घका अनुसार हालसम्म १०० भन्दा बढी उद्योगीबाट ४०० बिघाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको छ।

यस्तै, मन्त्री लम्सालले चितवन उद्योग सङ्घ परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रको समेत स्थलगत अवलोकन गरे। उनले प्रदर्शनी केन्द्रलगायत परिसरका सम्पूर्ण भौतिक संरचनाको निर्माण समयमै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिए।

प्रदर्शनी केन्द्रको पूर्ण निर्माणका लागि हाल विनियोजित बजेट अपुग भए थप बजेटको व्यवस्था गरेर भए पनि कामलाई पूर्णता दिनुपर्नेमा उनले जोड दिए।

भौतिक पूर्वाधार निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धतासमेत लम्सालले व्यक्त गरे।

औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको लक्ष्यअनुरूप विसं २०७४ मा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो।

चितवन उद्योग सङ्घको पहलमा एक हजार ७४१ बिघा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो।

देशको मध्य भागमा रहेको शक्तिखोरमा नमूना औद्योगिक पार्क स्थापना भई उद्योग सञ्चालनमा आए हजारौँ रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने उद्यमीहरूको अपेक्षा छ।

शक्तिखोर औद्योगिक क्षेत्र र प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भए चितवनको औद्योगिक तथा व्यावसायिक प्रवर्द्धन भई जिल्लाको आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस