फेरि नयाँ सरकारको बहस
१७ कार्तिक २०८३
•
३ मिनेट पाठ
फेरि नयाँ सरकारको बहस
लुम्बिनी प्रदेशमा सरकार पुनर्गठनका विषयमा फेरि नयाँ बहस सुरु भएको छ। खासगरी सत्ता नेतृत्व गरिरहेको एमालेभित्र सरकारको नेतृत्व फेरबदलको बहस सुरु भएको हो।




नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन टुटेपछि गत भदौ १२ मा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ गठबन्धन कायम भएको थियो। यी दुई दलबिच भएको सम्झौताअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले नै गर्ने र नेकपा सरकारमा सहभागी हुने भनिएको थियो।

नेकपा एमाले र नेकपाबिचको सहमतिअनुसार एमालेबाट कसले सरकारको नेतृत्व गर्ने भन्ने बहस त्यतिबेलै तातेको थियो। मुख्यगरी एमालेका सांसद तथा पूर्वमुख्यमन्त्री लीला गिरी पुनः सरकारको नेतृत्वमा बस्न आकांक्षी थिए, तर वर्तमान मुख्यमन्त्री चेतनारायण आचार्य आफूले नै सरकारको नेतृत्व गरेर जान पाउनुपर्ने अडानमा थिए। मुख्यमन्त्रीमा यी दुई नेताबिच दाबी कायम रहेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री विवाद टुंग्याएका थिए। एमाले स्रोतका अनुसार त्यो बेला दसैंसम्म चेतनारायण आचार्य नै मुख्यमन्त्री हुने र त्यसपछि लीला गिरीलाई मुख्यमन्त्री चयन गर्ने सम्झौता भएको थियो।

पूर्ववत् सम्झौता भन्दै एमालेभित्रको एउटा समूहले दसैं सकिएपछि एमालेभित्र नयाँ मुख्यमन्त्रीको खोजी थालेका हुन्। ‘नेकपासँग सरकार गठन हुने बेलामा दसैंपछि लीला गिरीलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति पार्टीभित्र भएको थियो’, एमाले स्रोतले भन्यो, ‘सोही सम्झौता कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ भन्ने आवाज पार्टीभित्र उठेको छ।’ यता मुख्यमन्त्री फेरबदल गर्ने एमालेभित्रको नयाँ बहसदेखि भने सत्ता साझेदार दल नेकपा खुसी छैन। 

अझ विशेषतः भर्खरै सरकारमा सहभागी भएका नेकपाका मन्त्रीहरू यो विषयमा सहमत देखिन्नन्। उनीहरू अहिलेकै सरकारको नेतृत्वलाई मानेर जानुपर्ने अडानमा छन्। नेकपाले सरकारको नेतृत्व परिवर्तन गर्ने खेल सुरु गरे आफूहरू सरकारबाट बाहिरिने चेतावनी दिएको स्रोत बताउँछ। पार्टीभित्रको आन्तरिक विवादका कारण नयाँ सरकारको आयु रहने–नरहने भन्नेमा नेकपा सशंकित छ। ‘एमालेभित्र मुख्यमन्त्री फेरबदल गर्ने कुरा चलेको अवस्था हो’, नेकपाबाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित चौधरीले भने, ‘तर हामीले यो विषयमा विमती राखेका छौं, अहिलेकै नेतृत्वको सरकारको निरन्तरता हुनुपर्छ भनेर हामीले एमालेलाई भनेका छौं।’

उनका अनुसार छिटो–छिटो सरकारको नेतृत्व फेरबदल हुँदा आम जनमानसमा प्रदेशका बारेमा राम्रो सन्देश नजाने भन्दै नेकपाले एमालेलाई सचेत गराएको छ। ‘छिटो–छिटो सरकार फेरबदल हुँदा जनतामा राम्रो सन्देश जाँदैन’, उनले भने, ‘अब यसै सरकारले प्रदेशको आगामी कार्यकालभर काम गर्ने गरी अगाडि बढ्नुपर्छ, नेतृत्व फेरबदलको चक्करमा लाग्नु हुँदैन भनेर हामीले एमालेलाई स्पष्ट रूपमा भनेका छौं।’ त्यसो त नेकपाभित्रै देखिएको विवादका कारण पनि नेकपाले सरकारको नेतृत्वको विषयलाई रोक्न चाहन्छ। मुख्यमन्त्री परिवर्तन भए सरकार पुनर्गठन हुनुपर्ने भएकाले नेकपाभित्रको त्यो आन्तरिक विवाद पुनः प्रस्फुटन हुने पक्का जस्तै छ। मूलतः नेकपामा समाहित तत्कालीन नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको चित्त दुखाइ छ। 

एमालेसँग सरकार गठनकै बेला यो समूहबाट ठुलो असन्तुष्टि पैदा भएको थियो। यो समूहका राजकुमार चौधरी मन्त्री बन्ने रेसमा थिए, तर उनलाई मन्त्री नबनाइएपछि उनीहरूले सार्वजनिक रूपमै विरोध गरेका थिए। अहिले पुनः मुख्यमन्त्री परिवर्तन गर्दा विश्वासको मतसमेत पाउन नसक्ने परिस्थिति बन्ने डर नेकपाले एमालेलाई हालिदिएको छ।

नागरिक उन्मुक्तिबाट नेकपामा भित्रिएको समूह असन्तुष्ट रहेकाले पुनः मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गाह्रो हुन सक्ने भन्दै सरकार ढल्ने खतरा रहेको नेकपाले देखाइदिएको छ। ‘खासगरी नेकपामा समाहित भएको नागरिक उन्मुक्तिको समूह बेखुस छ, अहिले मुख्यमन्त्री परिवर्तन गरिए विश्वासको मत पाउने सम्भावनामाथि खतरा रहने नेकपाले देखेको छ’, एमाले स्रोतले भन्यो, ‘यसर्थ भोलि सरकार गठनमै झमेला आउन सक्ने भएकाले पनि अहिले सरकारको नेतृत्व फेरबदलको कसरतमा लाग्न नहुने सुझाव नेकपाबाट आएको छ।’
अर्को समाचार
दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च
०९ मंसिर २०८३
•
२ मिनेट पाठ
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ।




बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा दुवै पक्षको बहस सकिएपछि अदालत आदेशको तयारीमा जुटेको हो।

सुनुवाइका क्रममा सुरुमा सरकारी पक्ष र त्यसपछि रिट निवेदक कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। बालेन सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएर अन्याय गरिएको दाबी गर्दै सरकारको उक्त निर्णय रोक्न माग राखेर कार्कीले २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

बुधबारको बहसमा कार्कीको पक्षबाट वकालत गर्ने कानुनविद्हरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी रहेको दाबी गर्दै अन्तरिम आदेशको माग गरे।

कार्कीको बचाउमा बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षक पद सरकारले जहाँ खटायो त्यहीँ पठाउने पद नभएको तर्क गरे। सरकारले हटाएको नभई खटाएको बताइरहँदा त्यसले मुलुकमा दुईजना आईजीपी हुने अवस्था सिर्जना गरेको उनको जिकिर थियो।

कानुनले नै निश्चित पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै पदमुक्त गर्न नमिल्ने र हटाउनै परे स्पष्ट, वस्तुनिष्ठ तथा उचित कानुनी आधार र कारण खुलाउनुपर्ने सर्वोच्चकै पूर्वनजिर रहेको उनले उल्लेख गरे।

कार्कीका अर्का कानुन व्यवसायी अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको सल्लाहकारमा खटाउँदा साबिकको आईजीपी पद यथास्थितिमै रहने तर्क पेस गरे।

अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाउँदा प्रतिशोधपूर्ण निर्णय देखिएको दाबी गरे।

उनले हितेन्द्रदेव शाक्यको रिटमा निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना हटाउन वा अर्को निकाय वा नयाँ सिर्जना गरिएको पदमा सरुवा गर्न नपाइने नजिर स्थापित भएको दृष्टान्त इजलाससमक्ष पेस गरे।

प्रहरी महानिरीक्षक आफैंमा सुरक्षा सल्लाहकारको भूमिकामा रहने पद भएकाले कार्कीलाई पुनः सुरक्षा सल्लाहकारमा नियुक्ति गर्नुको कानुनी औचित्य साबित नहुने जिकिरसमेत कुँवरले गरे।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस