देउवा पर्खिरहेको डडेल्धुरा
०९ फागुन २०८२
•
४ मिनेट पाठ
देउवा पर्खिरहेको डडेल्धुरा
‘यसपालि त चुनावको खासै चहलपहल भएन। बड्डा (शेरबहादुर देउवा) आए भए एक हप्ता अघि देखि रौनक बढ्थ्यो। मान्छेहरू आउँथे। गफगाफ कुराकानी हुन्थ्यो।’ डडेलधुराको सदरमुकाम अमरगढी पुग्नु भन्दा २१ किमी वरै साहुखर्क स्थित ‘बाजेको खिर पसल’ का साह पवन देउवाले निराशा व्यक्त गर्दै भने, ‘त्यसैले यसपालि चुनाव नै आएको जस्तो लागेन। चहलपहल भएन।’




उनको भनाइबाट पनि थाहा हुन्छ, यतिबेला डडेलधुराले २०४८साल देखि २०७९ सम्म निरन्तर चुनाव जित्दै आएका शेरबहादुर देउवाको तीव्र प्रतीक्षा गरिरहेको छ।  

नेपाली कांग्रेसका कार्यकर्ता मात्र होइन, अन्य पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरू समेत चुनाव मुखमै आउँदा पनि डडेलधुरामा भौतिक रुपमा देउवा उपस्थिति नहुँदा अथवा देउवाको बोली नसुन्दा खल्लो महसुस गरिरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी डडेलधुराका कोषाध्यक्ष  सागर नगरकोटीले घुमाउरो पारामा खल्लो महसुस गरे। उनले भने, ‘जे भए पनि बड्डा आउनु पर्थ्यो। आएनन्। अब राप्रपा र कांग्रेसको प्रतिस्पर्धा हुन्छ।’

बाजेको खिर पसलमा हरदम मान्छेहरूको भिड हुन्छ। खासगरी खिरका पारखीहरू त्यहाँ खिर खान जाने गर्छन्। खिर खान बाजेको पसलमा गएका धेरैजसोलाई सोध्दा अधिकांशले देउवाको अनुपस्थितिलाई  खल्लो महसुस गरे।

एक जना बटुवाले भने, ‘उहाँ (देउवा) नहुँदा चुनाव नै आएको जस्तो लागेन।’

पसल साहु पवनका अनुसार देउवा आउने हो भने डोटी, बझाङ, बैतडी लगायतका छिमेकी जिल्लाबाट समेत देउवालाई भेट्न मान्छेहरूको ताँती लाग्छ। गाडीहरूको भिड बढ्छ। गाउँ गाउँबाट मान्छेहरू आउँछन्। चहलपहल भिडभाड बढ्छ। तर अझै पनि देउवा जस्तो नेता डडेलधुरामा जन्मेनन्। अहिले सुनसान नै भयो’ पवनले भने।

पवनको बाजेको नाम पनि शेरबहादुर देउवा नै हो। बाजेकै नामबाट खिर पसल खोलिएको छ।

नेपाली कांग्रेसबाट डडेलधुरामा उम्मेदवारी दिएका नैन सिंह महर देउवा उम्मेदवार नहुँदा कांग्रेसको गढ जोगाउने.प्रयासमा जुटेका छन्। देउवा नआए पनि देउवाको सद्भाव आफू तीर जुटाउन उनी लागिपरेका छन्।

उनले भने, ‘उहाँ (देउवा) को आर्सीवाद र सद्भाव मसँग छ। यो निश्चित कुरा हो। सोध्नै पर्दैन।’

चुनाव अगाडि देउवा डडेलधुरा आउनेमा उनी आसावादी छन्। नेपाली कांग्रेस डडेलधुरामा एक नेताले भने, ‘कुनै अर्को परिस्थिति तयार भएन भने उहाँ फागुन १५/१६ गते आउनु हुन्छ।’

उनका अनुसार अर्को परिस्थिति भनेको ‘जस्तो कि, उम्मेदवार मनोनयन गर्नुको अघिल्लो दिन राती १२ बजे उम्मेदवार बन्दिन भनेर देउवाको सचिवालयले विज्ञप्ति निकाले जस्तै फेरि कुनै अर्को परिस्थिति तयार भयो भने त्यो बेग्लै कुरा हो। नभए उहाँ आउनु हुनेछ। हामी ढुक्क छौं।’ 

मतदाताको मन जित्न महरले जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसलाई यतिबेला निर्वाचन आफ्नो पक्षमा पार्न चुनौती थपिएको कांग्रेसका शुभचिन्तकहरू बताउँछन्। उनीहरुकोलागि डडेलधुरामा कांग्रेसको विजयी यात्रालाई निरन्तरता दिनुपर्ने ठूलो चुनौती छ।

यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चक्र स्नेही पहिलो पटक चुनावमा होमिएका छन्। २०७४ मा राष्ट्रियसभा सदस्य समेत भएका स्नेही यतिबेला देउवाको अनुपस्थित निर्वाचन आफ्नो पक्षमा ल्याउन लागिपरेका छन्। यतिबेला डडेलधुरामा विजयी हुने अभियानमा प्रयासमा एमाले निकै लागेको छ।

एमालेबाट रास्वपामा प्रवेश गरेका ताराप्रसाद जोशी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका छन्। देउवाको अनुपस्थितिमा यसपटक विजयी राजस्वाको काँधमा आउने उनको विश्वास छ।

‘अहिले जनताले देशभरि वैकल्पिक शक्ति खोजिरहेका छन्। त्यसमा पनि म डडेलधुरामै हुर्के, यहीँ बढे, डडेलधुरा बुझेको र डडेलधुराबाटै राजनीति गरेको मान्छे हँ। त्यसैले यसपटक डडेलधुरावासीले रास्वापालाई भोट दिनेमा म ढुक्क छु।’ उनले भने।

उनका अनुसार उनको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुनेछ। नेकपाबाट मानसिंह मालले उम्मेदवारी दिएका छन्। उनी पनि बलियो उम्मेदवार भएको जानकारहरू भन्छन्।

यसपटक डडेलधुरामा १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। राप्रपाबाट गोविन्द खडायत, आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र विक, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, स्वतन्त्रबाट सुरेन्द्र रावल, तीर्थराज उप्रेती र गौरवबहादुर ऐर उम्मेदवार भएका छन्।

तर, पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच प्रतिस्पर्धा हुने देखिन्छ। विसं २०७९ मा सातौँ पटक विजयी हुँदा देउवाले २५ हजार ५३४ मत प्राप्त पाएका थिए भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए।

२०७९ को तुलनामा यसपटक २ सय २ जना मात्र मतदाता थपिएका छन्। अहिले डडेलधुरामा कुल मतदाता कूल ९३ हजार ४०३ मतदाता छन् भने १०४ मतदान स्थल र १४१ मतदान केन्द्र कायम गरिएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस