दशैंको मुखमा तलब रोकिएपछि गढीमाई नगरपालिकामा करार कर्मचारीको तालाबन्दी
१९ असोज २०८३
•
३ मिनेट पाठ
दशैंको मुखमा तलब रोकिएपछि गढीमाई नगरपालिकामा करार कर्मचारीको तालाबन्दी
दशैंको मुखमा समेत तलब नपाएको भन्दै गढीमाई नगरपालिकाका करार कर्मचारी आन्दोलित भएका छन्।




करार कर्मचारीहरूले सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै लामो समयदेखि रोकिएको तलब तत्काल उपलब्ध गराउन माग गरेका छन्।

नगरपालिकाले आफ्ना विभिन्न शाखामा कार्यरत करार कर्मचारीको तलब उपलब्ध नगराएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीका अनुसार वडा कार्यालयमा कार्यरत कर्मचारीलाई तलब उपलब्ध गराइए पनि शिक्षा, स्वास्थ्य, कृषि लगायतका शाखामा कार्यरत करार कर्मचारीलाई तलब नदिएपछि कर्मचारीहरू आन्दोलित भएका हुन्।

यसअघि पनि तलबको माग गर्दै करार कर्मचारीहरूले गत भदौमा करिब एक महिनासम्म नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसबेला नगरपालिका र कर्मचारीबीच समस्या समाधान गर्ने प्रयास भए पनि सबै कर्मचारीको तलब भुक्तानी हुन नसकेपछि विवाद पुनः बल्झिएको हो।

कर्मचारीहरूका अनुसार वडा कार्यालयमा कार्यरत कर्मचारीलाई तलब उपलब्ध गराएर अन्य शाखाका कर्मचारीलाई विभेद गरिएको छ। उनीहरूले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेयको अनुपस्थितिमा कार्यपालिकाबाट करार कर्मचारीलाई २० प्रतिशत मात्र तलब दिने निर्णय गरिएको दाबी गरेका छन्।

नगरपालिकाको पछिल्लो पटकको निर्णयप्रति असहमति जनाउँदै आफूहरू पुनः आन्दोलनमा उत्रिनुपरेको कर्मचारीहरूको भनाइ छ।

करार कर्मचारीहरूले आफूहरूले नियमित रूपमा सेवा प्रवाह गर्दै आएको अवस्थामा लामो समयसम्म तलब रोकिँदा दैनिक जीवनयापनमै समस्या परेको बताएका छन्। विशेषगरी दशैंजस्तो महत्वपूर्ण चाडको समयमा समेत पारिश्रमिक नपाउँदा कर्मचारीहरू थप आक्रोशित भएका छन्।

स्थायी कर्मचारीसमेत तलबविहीन

गढीमाई नगरपालिकाको आर्थिक संकटको असर करार कर्मचारीमा मात्र सीमित नरहेको देखिएको छ। नगरपालिकामा कार्यरत स्थायी कर्मचारीले समेत दशैंको तलब पाउन सकेका छैनन्।

दशैंजस्तो महत्वपूर्ण चाड नजिकिँदासमेत स्थायी तथा करार दुवै प्रकृतिका कर्मचारीको तलब रोकिँदा नगरपालिकाभित्रको आर्थिक व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। नियमित आम्दानी तथा खर्च व्यवस्थापनमा समस्या देखिएपछि कर्मचारीहरू लामो समयदेखि पारिश्रमिकको प्रतीक्षामा छन्।

एकैपटक स्थायी र करार कर्मचारीको तलब रोकिँदा नगरपालिकाको आर्थिक अवस्था थप जटिल रहेको देखिन्छ। कर्मचारीहरूले भने आफूहरूको पारिश्रमिकलाई प्राथमिकतामा राखेर तत्काल भुक्तानीको व्यवस्था गर्न नगरपालिका नेतृत्वसँग माग गरेका छन्।

प्रमुख प्रशासकीय अधिकृत कार्यालय छाडेर १० दिनदेखि राजधानीमा

गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेय पछिल्लो करिब १० दिनदेखि कार्यालयमा उपस्थित नभई राजधानीमा रहेको बताइएको छ।

उनी कार्यालयमा उपस्थित नहुँदा नगरपालिकाको प्रशासनिक कामसमेत प्रभावित भएको कर्मचारीहरूको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भने नगरपालिकाको खातामा पर्याप्त रकम नरहेकाले कर्मचारीको तलब भुक्तानी गर्न नसकिएको बताएका छन्।

उनका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयले नगरपालिकाको सहमतिबिना करिब तीन करोड रुपैयाँ कटौती गरेपछि नगरपालिकाको आर्थिक अवस्था प्रभावित भएको हो। उक्त रकम कटौती भएपछि काम गर्ने वातावरणसमेत नरहेको भन्दै आफू कार्यालयमा उपस्थित हुन नसकेको पाण्डेयले बताएका छन्।

कार्यालयमा कहिले फर्किने भन्ने प्रश्नमा पाण्डेयले नगरपालिकाको खातामा रकमको अभाव रहेको र आर्थिक समस्या समाधान नभएसम्म कर्मचारीको तलब भुक्तानी गर्न कठिनाइ हुने संकेत गरेका छन्।

तलब विवादले सेवा प्रवाहमा असर पर्ने चिन्ता

नगरपालिकामा कार्यरत कर्मचारीको तलब भुक्तानीलाई लिएर पटक–पटक विवाद र तालाबन्दी हुन थालेपछि यसको प्रत्यक्ष असर नगरपालिकाको सेवा प्रवाहमा पर्न सक्ने चिन्ता बढेको छ।

शिक्षा, स्वास्थ्य, कृषि लगायत नागरिकसँग प्रत्यक्ष जोडिएका शाखामा कार्यरत करार कर्मचारीसमेत आन्दोलनमा उत्रिएपछि नगरपालिकाको नियमित काम प्रभावित हुने अवस्था देखिएको छ।

एकातर्फ कर्मचारीहरूले आफूले काम गरेबापतको पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् भने अर्कोतर्फ नगरपालिका नेतृत्वले खातामा रकम अभाव भएको कारण देखाउँदै तलब भुक्तानी गर्न नसकिएको जनाएको छ।

यसले गढीमाई नगरपालिकाको आर्थिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन र कार्यपालिकाबीचको समन्वयमाथि समेत प्रश्न उठाएको छ। दशैंको मुखमा कर्मचारीको तलबसम्बन्धी विवाद थप चर्किएपछि समस्या समाधानका लागि नगरपालिका नेतृत्व र आन्दोलनरत कर्मचारीबीच तत्काल संवाद र सहमतिको आवश्यकता देखिएको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
८ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस