तिरूहुतिया गाछीमा दोस्रो पटक भेटिएको कांग्रेस
०८ फागुन २०८२
•
५ मिनेट पाठ
तिरूहुतिया गाछीमा दोस्रो पटक भेटिएको कांग्रेस
राजनीतिक दलहरुको सभासम्मेलन खुला चौरबाट पार्टी प्यालेसमा कैद भएका थिए। २०७९ सालको आम निर्वाचनपछि खुला चौरमा दलीय कार्यक्रम गर्न करिब करिब बन्द भएको अवस्था थियो। अझ काठमाडौं महानगरपालिकाले टुँडिखेल मर्मतसंभार नाममा दलीय कार्यक्रम बन्द गराएपछि सार्वजनिक सभाहरू ठप्प जस्तै भएको थियो । सडकमा प्रदर्शन पनि निकै कमजोर हुन थालेको थियो । यसले सडकजामको समस्यालाई पनि एक हदसम्म सुल्झाएको थियो । ठुला पार्टी प्यालेसहरूमा दलीय कार्यक्रम हुन थालेका थिए। सडक ठप्प पारेर नारा जुलुस गर्ने दललाई जनताले मन पराएका थिएनन्। केही हदसम्म दलहरूले पनि यस्ता कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेको देखिँदैनथ्यो। 




२०७४ सालसम्म राजनीतिक दलले ठुला सभा गर्दै आएका थिए । २०७९ को निर्वाचनमा आइपुग्दा ठुला सभा भन्दा कोठे बैठकहरू बढी हुन थाले। भदौ २३ गते भएको जेनजी विद्रोह र २४ गते भएको विध्वंसात्मक गतिविधि पछि राजनीतिक दलहरू खासगरी कांग्रेस एमालेलाई ठुला सभा गर्न कठिन भयो। तर एमालेले मङ्सिर २७ गते भक्तपुरमा विशाल आमसभासाथ ११ महाधिवेशनको उद्घाटन गर्‍यो। एमाले सुरु गरेको सभापछि कांग्रेसलाई पनि जनतामाझ जान सहजीकरण गर्‍यो । यही बेला कांग्रेसको विशेष महाधिवेशन भयो। पुसको २७ गते भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा देशभरका कार्यकर्तामाझ कांग्रेस देखिएको थियो । त्यति बेला आन्तरिक रूपमा देखिएको कांग्रेस बुधबार जनकपुरमा पुग्दा जनतामाझ देखियो। 

एमालेको महाधिवेशनपछि कांग्रेसले विशेष महाधिवेशनको उद्घाटन गर्दा पनि खुलेर नआएका जनता जनकपुरको  तिरूहुतिया गाछीमा सहभागी भएका थिए। राजनीतिक दलहरूप्रति वितृष्ण रहेको छ भन्ने भ्रमलाई कांग्रेसले जनकपुरबाट खण्डित गरेको छ। 

विशेष महाधिवेशनपछि चुनावमा होमिएको नेपाली कांग्रेसले मधेस प्रदेशमा पहिलो शक्ति प्रदर्शन गर्दा युवाहरू नेताहरूप्रति पूरै भरोसा रहेको देखियो। दोस्रो पुस्ताले नेतृत्व गरेको कांग्रेस सभामा विमलेन्द्र निधि जस्ता नेताहरू फट्के किनाराको साक्षी जस्तो देखिएका थिए। तिरूहुतिया गाछी मैदानमा भएको सभ्य र भव्य सभामा कांग्रेसका नेताहरूले समकालीन र अग्रज  नेताहरूलाई कसैले पनि गाली गरेनन् । विपक्षी दलहरूलाई पनि गाली गरेनन् । गालीको वर्षाबाट नेताहरू ओझेलमा परे। सामाजिक सञ्जालमा अशिष्ट गालीको वर्षा हुँदा पनि कांग्रेसका नेताहरूले देखाएको शिष्टता लोभलाग्दो थियो। अहिले पुराना दलहरुको शैली पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुलुकका विभिन्न स्थानहरूमा सभा गर्न थालेको छ। दलीय राजनीतिमा प्रवेश गरेको रास्वपा निकै उत्तेजक बनिरहेको छ। त्यसका नेताहरूले गैर संवैधानिक र गैर कानुनी अभिव्यक्ति दिइरहँदा कांग्रेसका नेताहरूले शिष्टता देखाइरहेका छन्। 

सभापति गगन थापाले नेतृत्व सम्हालेपछि पहिलो पटक मधेस प्रदेशको जनकपुरस्थित तिरूहुतिया गाछीमा पहिलो चुनावी सभा गर्दै शक्ति प्रदर्शन गरेको थियो । सभामा मधेस प्रदेशका ८ वटा जिल्ला र आसपासका जिल्लाहरूबाट ठुलो सङ्ख्यामा सहभागिता भएको थियो । तिरूहुतिया गाछी मैदान र मैदानबाहिर पनि उत्तिकै भीड रहेको थियो । सबेको अनुहारमा नयाँ नेतृत्वमा भरोसा देखिन्थ्यो। सो सभालाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले देशको नेतृत्व सम्हाल्दै सबै नेपालीको जिम्मा राज्यले लिने बताउँदै गर्दा सहभागीहरूको मुहारमा मुस्कान र शरीरमा उत्साहको कम्पन पैदा भएको आभास हुन्थ्यो। सभापति थापाले कोही नेपाली युवाहरू विदेशमा छन् भने उनीहरूको परिवारको जिम्मा राज्यले लिने बताएका थिए। 

अहिले हजारौको  सङ्ख्यामा नेपालीहरू विदेशमा रहेका छन्। उनीहरूका आमाबुबाहरू नेपालमा रहेका छन्। नेपालमा रहेका आमाबुबाको जिम्मा राज्यले लिन बताउँदा एक प्रकारको भरोसा जागृत भएको पाइन्थ्यो। हजारौँको सङ्ख्यामा उपस्थित रहेका समर्थक शुुभेच्छुकहरुलाई आश्वस्त पार्दै सभापति गगन थापाले मधेसलाई ज्ञानको केन्द्र बनाउने र सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा लाग्ने अभिव्यक्ति दिएका थिए। अथाह ज्ञान सागर  रहेको मधेसलाई ज्ञान केन्द्र बनाउने जिम्मा पनि कांग्रेस सभापति गगन थापाले नै लिएका थिए। सर्लाहीको क्षेत्र नं ४का उम्मेदवार रहेका थापा आफै मधेस प्रदेशमा आएपछि यहाँको चुनावी माहौल तातिएको छ। कांग्रेस सभापति गगन थापाले मधेसबाटै देश परिवर्तनको साहस र अठोट लिइएको उल्लेख गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा मधेसको निर्णायक भूमिका रहने बताएका छन्। 

आफू मधेसको ‘बेटा’ बन्न आएको उल्लेख गर्दा तालीको वर्षा नै भएको थियो । मधेसका ऐतिहासिक व्यक्तित्वहरूको साहस र जीवनशैलीबाट प्रेरणा लिएको बताएर मन जित्ने कोसिस पनि गरेका थिए । कांग्रेस अब शुद्धीकरण र आत्म समीक्षासहित जनविश्वास लिन मैदानमा आएको उनको भनाइ थियो। उनीसँगै रहेका उपसभापति विश्वप्रकास शर्मा प्रति जनताको भरोसा देखिएको थियो । कार्यक्रममा सीमित वक्ता रहेका कारण छोटो मिठो सभा भयो। 

सभामा नेतृत्वले राष्ट्रिय एकता, संविधानको रक्षा र सुशासनको प्रतिबद्धता कांग्रेसले पुन दोहो¥यायो। यद्यपि मधेसका नागरिकका दैनिक देखिएका समस्या—रोजगार अभाव, कृषि सङ्कट, सीमापार व्यापार र तस्करी रोजगारीका लागि युवा पलायन—जस्ता मुद्दामा ठोस विषय वस्तुहरू सार्वजनिक भएनन्।  मधेसको राजनीतिक चेतना विगत दशकमा निकै परिपक्व भइसकेको अवस्थामा यति बेला कांग्रेसले भावनात्मक भाषण गरेर मात्रै यहाँका मतदाताले अब केवल ऐतिहासिक विरासतका आधारमा समर्थन दिने अवस्था देखिँदैन। 

कांग्रेसका लागि अर्को चुनौती विश्वसनीयता हो। सङ्घीयता कार्यान्वयन, समावेशी प्रतिनिधित्व, र प्रदेश–केन्द्र सम्बन्ध सन्तुलनजस्ता विषयमा पार्टीको धारणामा सन्तुलन मिलाएको छैन। मधेसी जनताहरू पहिचान र अधिकारका मुद्दा संवेदनशील छन्। यस्ता सवालमा स्पष्ट र सुसङ्गत दृष्टिकोण नदेखिएसम्म ठुलो जनसभा मात्रले राजनीतिक आधार मजबुत बनाउँदैन भन्ने विषयलाई कांग्रेसले भुल्नु हुँदैन। जनकपुरको मैदानमा उपस्थित भएका जनतालाई स्थायी समर्थनमा रूपान्तरण गर्न नेतृत्व सशक्तीकरण, र पारदर्शी कार्यशैलीप्रति जना थप आश्वस्त हुनुपर्नेछ। 

तिरुहुतिया गाछीको सभा कांग्रेसका लागि अवसर देखिएको छ। मधेसमा पुनः विश्वास जित्ने सम्भावना अझै बाँकी छ। भाषण र नाराले मात्र मतदाता सन्तुष्ट छैनन्, स्पष्ट दृष्टिकोण दिनसक्यो भने तिरुहुतिया गाछीमा भेटिएको कांग्रेसले मधेसमा सफलता प्राप्त गर्न असहज छैन।
अर्को समाचार
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
२ मिनेट अघि
•
१ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
तनहुँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्न १२ वर्षअघि त्रिशूलीमाथिको निर्माण थालिएको पुल हालसम्म पूरा नभएको सन्दर्भमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

मन्त्री लम्सालले पुरानै संरचना वा नयाँमा पुल बनाउने निर्णय भइनसकेको बताएका छन्। निर्माणको जिम्मा पाएको कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ। पुलका केही पिल्लर मात्र निर्माण भएका छन्।

स्थानीयवासीले पुल निर्माणमा भइरहेको ढिलाइप्रति पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयका पदाधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन्। रासस
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
यो पनि पढौँ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस