सेटिङमा धरौटीमा छुटेको व्यक्ति उम्मेदवार: एमाले अध्यक्ष ओली
३० कार्तिक २०७९
•
२ मिनेट पाठ
सेटिङमा धरौटीमा छुटेको व्यक्ति उम्मेदवार: एमाले अध्यक्ष ओली
मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्।  गच्छदारसँग चुनावी प्रतिस्पर्धामा सक्रिय रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिखो कटाक्ष गर्दै बिजयलाई चुनाव जिताएर पठाएपनि कुनै अर्थ नहुने बताए।  




बिजय ललिता निवास जग्गा प्रकरणमा मुछिएका छन्। बिजयसँग एमालेकी भगवती चौधरी तेस्रोपटक प्रतिनिधीसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छिन्। ‘यसपटक कस्तो उम्मेदवारलाई जिताउने? जनताले फैसला गर्नेछन,’ बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘काँग्रेसको उम्मेदवार जिताएर पठायो, मुद्दा लाग्छ। जनताको प्रतिनिधी लुकेर हिड्छ, त्यसमा पनि हवाल्दारसँग। जसले गर्दा यसपटक जनताले कर्मठ महिला भगवतीलाई न्याय गर्छन्।’  ओलीले लोभिने कुरादेखि लोभिने र नगर्ने काम गर्नेलाई पटक–पटक जिताउँदा केही उपलब्धी नभएकाले गर्दा यसपटक विकासप्रेमी व्यक्तिलाई जिताउँन आग्रह गरे।  

बिजय यसपटक काँग्रेस नेतृत्वको गठबन्धनबाट र भगवती एमाले–जसपाको गठबन्धनबाट उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका हुन्। गठबन्धनप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘काँग्रेसले प्यूठानमा एउटा सिट जित्ने मोहन विक्रमको पार्टीसँग गठबन्धन गर्छ, गलत बाटोमा हिड्ने लोसपाले यसपटक एउटा सिट जित्न गाह्रो छ, अघिल्लो चुनावमा सकि सकेको माओवादीलाई औला समातेर तारि दिए, सुनसरी क्षेत्र नं. ३ मा सेटिङ्मार्फत धरौटीमा छुटेको उम्मेदवार छन्।’

नेता ओलीले गच्छदारले सँधै धाँधली गरेर चुनाव जितेको आरोप लगाए। बिजयले २०४८ सालयताका कुनै पनि निर्वाचनमा हार बेहोनु परेको छैन्। ‘राणा शासन र राजतन्त्र फाल्यौ, अब सधैभरी बिजयले धाँधली गरेर चुनाव जित्ने?’ ओलीले एमाले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘यसपटक एउटा आँखा झिम्मिक पर्दा अर्को खोली हाल्नुहोस्। बाक्सको पुरै निगरानी गर्नुहोस्।’  

बिजय ललिला निवास जग्गा प्रकरणमा मुछिएकोमा चुनावी अभियानका क्रममा एमाले अध्यक्ष ओलीले नै फसाएको जनतासामु प्रष्टिकरण दिइ रहेका छन्। यही प्रसंगमा ओलीले भने, ‘बेठीक गर्ने बेलामा गर्ने अनि प्रधानमन्त्रीले मुद्दा लगायो भन्ने? त्यसो भए त देशभरका कतिलाई मुद्दा लगाउँथे होला नि।’ उनले व्याङ्य गर्दै आफू मुद्दा लगाउने कुनै पनि ठाउँ न प्रहरी, न सरकारी वकिल कार्यालय वा अन्य कुनै निकायमा नभएको बताए।  

ओलीले अहिले भ्रष्टाचारहरु बडो छटपटाएको जिकिर गरे। ‘केपी ओली प्रधानमन्त्री हुँदा देश छाडेर हिड्नुपर्छ भनेर केही केही भन्न थालेका छन,’ उनले भने, ‘गल्ती गरेको छैन भने डराउनु पदैन्। गल्ती गर्नेलाई राज्यका संयन्त्रले कारबाही गर्छ।’  

ओलीले एमालेको सरकार आए १ वर्षमा नागरिकता समस्या समाधान गर्ने जिकिर गरे। ‘नेपालीलाई नागरिकता दिन एमालेले रोकेको छैन, विदेशीलाई नागरिकता दिनु हुँदैन मात्र भनेको हो, एमालेको सरकार भएपछि सबै योजना बनाएर अघि बढ्छ,’ उनले भने।  

बिजय काँग्रेसमा छँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भएका थिए। उनी २०६४ सालमा फोरम नेपालबाट क्षेत्र नं. ३ बाटै, २०७० र २०७४  सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। नेता बिजयले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।
अर्को समाचार
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
२० वैशाख २०८१
•
१ मिनेट पाठ
सिंहदरबारमा ओली र दाहालबीच करिब २ घण्टा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।




प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिव दुई घण्टा भेटवार्ता भएको हो।

भेटवार्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिट्टै अधिवेशन बोलाउने विश्वास व्यक्त गरे।  

उनले भने, ‘संसदको अधिवेशन छिट्टै बोलाउनु होला यो सरकारको मामिला हो। संसदको मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीति आदि विषयमा छलफल भयो।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकि सिंहदरबारबाट बाहिरिएका थिए। 
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस