शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल
२८ कार्तिक २०७९
•
५ मिनेट पाठ
शशांकलाई सहज प्रतिस्पर्धामा एमालेका पौडेल
पहिलो संविधानसभा सदस्य निर्वाचन, २०६४ देखि लगातार तीन चुनाव जितेर ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पनि मैदानमा छन्। २०६४ र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा विभाजन नभएको नवलपरासी १ बाट निर्वाचित कोइरालाले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन विभाजन भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाटै जितेका थिए।




२०७० सालको निर्वाचनमा जित निकाल्न कोइरालाका लागि तुलनात्मक रूपमा सहज भए पनि २०६४ र २०७४ सालका निर्वाचनमा विजय हासिल गर्न उनले कडा मेहनत गर्नुपरेको थियो। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बनेका कारण गण्डकी प्रदेशका ११ जिल्लामा चुनाव जित्ने कांग्रेसका एक्ला नेता हुन् कोइराला। त्यस्तो प्रतिकूल अवस्थामा चुनाव जितेका कोइरालालाई यसपटक पनि जित निकाल्न सहज परिस्थिति भएको जानकार बताउँछन्।

कोइरालासँग एमालेका कृष्णप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। शारीरिक रूपमा केही अस्वस्थ कोइरालाले पछिल्ला दिनहरूमा चुनावी गतिविधि र प्रचार शैलीलाई भने आक्रामक बनाउँदै लगेका छन्। प्रचारका क्रममा उनले ‘यसअघि पटक–पटक जिताएर सांसद बनाएको र अब प्रधानमन्त्री बन्नका लागि पनि सहयोग गर्न’ भन्दै मत मागिरहेका छन्। मतदातासमक्ष उनले आफ्ना प्रष्ट अजेन्डा पनि राखेका छन्।

गैंडाकोटमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला बनाउने, निर्माणाधीन कालीगण्डकी करिडोरलाई पूर्णता दिने, कावासोतीमा जिल्ला सदरमुकाम बनाउन आवश्यक पूर्वाधारको निर्माण गर्ने, देवचुली नगरपालिकामा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापनालगायतका अजेन्डासहित उनी मतदाताको घरदैलोमा पुगिरहेका छन्। एमालेका उम्मेदवार पौडेलले भने कोइरालाका कमीकमजोरी कोट्याउँदै जित निकाल्ने रणनीति अख्तियार गरेका छन्।

पौडेलले कोइरालाले लगातार तीनपटक चुनाव जितेर पनि विकास निर्माण गर्न नसकेको, जनताका बीचमा घुलमिल हुन नसकेको, कांग्रेसकै सत्ता हुँदा पनि जनतालाई राहत पुग्ने काम गर्न नसकेको जस्ता विषय उठाएर भोट मागिरहेका छन्। पौडेलले आफू स्थानीय र कोइराला ‘टुरिस्ट’ भएको आरोप लगाएका छन्। सत्ता गठबन्धन र परम्परागत मतका आधा।मा यस क्षेत्रमा कोइराला बलिया देखिन्छन्।

यो निर्वाचन क्षेत्रमा कोइरालाले तीनवटा निर्वाचन जित्नुअघि २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारले जितेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन हुँदा पनि कांग्रेसका कोइराला ४० हजार ६२० मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३६ हजार ५९६ मत पाएका थिए।

२०७४ को प्रतिनिधिसधा सदस्य निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र, २०७८ भदौमा एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा छन्। यसबाट पनि कोइरालालाई चुनाव जित्न सहज हुने  देखिएको छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा कांग्रेस पहिलो दल छ। पालिकाहरूमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई हजार ३७३, माओवादी केन्द्रको एकहजार ९२१ भोट छ।

प्रदेशसभा सदस्यका लागि नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) मा पनि कांग्रेसले जिल्ला सभापति महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाएको छ। उनी अघिल्लोपटक नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (ख) बाट उम्मेदवार रहेका उनले चुनाव हारेका थिए। अघिल्लोपटक नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) बाट कृष्णचन्द्र नेपाली पोखरेलले चुनाव जितेका थिए। उनी हाल गण्डकी प्रदेशका मुख्यमन्त्री छन्। नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) मा एमालेले रविन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (ख) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल उम्मेदवार छन्। यहाँ एमालेले निवर्तमान सांसद रोशनबहादुर गाहा थापालाई उम्मेदवार बनाएको छ। राजनीतिक समीकरण र नवलपरासीको चुनावी इतिहास कोइरालाको पक्षमा भए पनि राप्रपा र एक स्वतन्त्र उम्मेदवारले काट्न सक्ने मत उनले जोगाउनुपर्ने देखिएको छ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा मोहनीलाल भुसाल राप्रपाबाट उम्मेदवार छन्। उनले लामो समय कांग्रेसनिकट रहेर काम गरेका थिए। यो क्षत्रमा कांग्रेसको भ्रातृ संगठन नेविसंघको पृष्ठभूमिका चित्रध्वज जिसी स्वतन्त्र उम्मेदवार छन्। उनीहरूले कांग्रेसको मात काट्न सक्ने अनुमान मतदाताको छ। कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन कांग्रेसका पक्षमा बलियो जनमत भएको दाबी गर्छन्।

‘केही फरक पर्दैन। शंशाक कोइराला राष्ट्रिय व्यक्तित्व हो, उहाँ एमालेका मत पनि तान्नु हुन्छ, कांग्रेसमा मात्रै सीमित रहनु हुन्न। त्यसबाहेक अहिले त कांग्रेस एकढिक्का छँदै छ, गठबन्धनका दलका नेताकार्यकर्ता पनि एक भएर लाग्नुभएको छ,’ भट्टचनले भने, ‘कांग्रेसको जित त सुरक्षित भइसकेको छ, हामी अत्यधिक जनमत जुटाउन लागेका छौं।’

कोइरालाका लागि चुनावी गणित अनुकूल रहे पनि स्वास्थ्यमा भने बेलाबेलामा समस्या उत्पन्न गरेको छ। कात्तिक १३ गते निर्वाचन प्रचारप्रसारकै क्रममा उनी बेहोस भएर ढलेका थिए। उपचारपछि उनी घरदैलोमा फर्किएका हुन्। अहिले भने स्वास्थ्य राम्रै रहेको उनी निकट नेता बताउँछन्। ‘अहिले स्वास्थ्य एकदमै ठिक छ। बिहानैदेखि घरदैलोमा जाने, पार्टीका गतिविधिमा सहभागी हुने काम सहजरूपमै उहाँले गरिररहनुभएको छ,’ भट्टचनले भने।

प्राध्यापक झविन्द्रेश्वर भुसाल पनि कोइरालाले आफ्नै संगठनका बलमा जित्न सक्ने बताउँछन्। ‘कांग्रेसको संगठन नै बलियो छ। त्यसमा पनि सत्ता गठबन्धन दलको साथ पाएपछि उहाँलाई समस्या देखिन्न,’ उनले भने, ‘कांग्रेसभित्रको आन्तरिक समस्या भने उहाँले अझै पनि मिलाउनै पर्छ।’

एमाले जिल्ला अध्यक्ष मुक्ति पाण्डे कांग्रेसका कोइरालाले तीन पटकसम्म लगातार चुनाव जित्दा पनि जिल्लामा केही गर्न नसकेकाले यसपटक जनताले एमालेका उम्मेदवारलाई जिताउने दाबी गर्छन्। उनले भने, ‘जनस्तरमा उहाँ (कोइराला) का प्रति गुनासैगुनासा छन्। ती गुनासो एमालेले सम्बोधन गर्छ। स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि हामी केही मतमात्रैले पछि छौं। अहिले हामीलाई चुनाव जित्न कुनै समस्या छैन।’
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
७ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस