आउँदो मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा प्रतिनिधिसभातर्फ उदयपुर क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका जगन्नाथ खतिवडा चुनाव प्रचार अभियान कस्सिएर लागेका छन्। चुनावी अभियानको क्रममा उनी किसानको खेतबारीसम्म पुगेर भोट माग्नेदेखि काम सघाउनेसम्ममा संलग्न हुने गरेका छन्।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का प्रवक्तासमेत रहेका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खतिवडा भोट माग्ने क्रममा धान झाँट्दै गरेका किसानको खलो र घरदैलोसम्म पुगिरहेका छन्। कात्तिक दोस्रो सातादेखि मंसिरभर किसानका लागि धान काट्ने र थन्क्याउने सिजन भएकाले धेरैजसो मतदाता घरमा भेटिदैनन्। घरमा नभेटिएका मतदाता भेट्न उनी खोला किनार, बेँसी र फाँटका खेतबारीसम्म पुगेर किसानको मत तान्ने कोसिसमा लागेका छन्।
अन्यत्र जस्तै उदयपुरका किसान पनि अहिले खेतबारीमा काम गर्दै भोट माग्न आउने नेतासँग भेटघाट गर्ने गर्दैंछन्। चुनावभन्दा पाकेको बाली थन्क्याउन नपाए वर्षदिनसम्म जहान छोराछोरी भोकै पर्ने कुराप्रति चिन्तित किसानलाई अहिले नेताहरुको आश्वासनले उति धेरै आकर्षण भने दिन सकेको छैन। तै पनि उनीहरु नजिक आउने नेताहरुलाई नमस्कार गरि टोपल्छन्, भोट माग्नेहरुलाई ‘हुन्छ’ पनि भनिदिन्छन्। खतिवडालाई गर्ने व्यवहार पनि किसानको उस्तै छ।
खतिवडाले भने चुनाव प्रचारको पहिलो चरणमा जनताले राम्रो प्रतिक्रिया दिएको सुनाए। ‘म जहाँ जहाँ चुनाव प्रचारमा खटेँ, मतदातालाई भेटेर कुरा गरे, राम्रो प्रतिक्रिया पाएको छु’ चुनावी अभियानबारे उनले सुनाए ‘कामको बेफुर्सदीका बाबजुद पनि जनताको माया अटुट रहेको पाएँ।’
मतदाताको घरघर पुगेर भोट माग्ने क्रममा किसानसँग गफिने र उनीहरुलाई काम सघाउने गरेको पनि उनले बताए। आफु पनि किसानकै छोरो भएकाले खेतबारीमा काम गर्न कुनै गाह्रो नहुने उनले बताए। उनले किसानलाई एक भोट गठबन्धनलाई दिन आग्रह गर्दै आफु जितेर गएपछि किसानका समस्या सदा लागि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्।
सोही क्षेत्रमा ०५६ को तत्कालीन संसदीय निर्वाचनमा एमालेबाट उम्मेदवार भई जितेका खतिवडा ०७० को दोस्रो संविधानसभा चुनावमा भने पराजित भए। उनले आपनो निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनावी अभियान सकेको बताएका छन्। अब अर्को चरणको प्रचार अभियानलाई तिब्रता दिने तयारीमा रहेको भन्दै आफु साझा उम्मेदवार भएकाले जित सुनिश्चित जस्तै रहेको सुनाए।
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको उदयपुृरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेका छन्। २ नं. निर्वाचन क्षेत्रमा ९३ हजार ४ सय २१ मत रहेका छन्। पछिल्लो सर्भेक्षण अनुसार २ नं. निर्वाचन क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धनका खतिवडा, एमालेका अम्बर रायमाझी र स्वतन्त्र उम्मेदवार रामकुमार राईबीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने राजनीतिक स्थानीय विश्लेषकहरुको आँकलन छ। एमाले उदयपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रायमाझी पहिलो पटक जिल्लाको राजनीतिमा उदाउँदै प्रतिनिधिसभामा उम्मेदवार भएका हुन्।
स्वतन्त्रबाट उम्मेदवार भएका काँगे्रस नेता राई तत्कालीन कटारी गाविसमा ०५४ सालमा अध्यक्ष निर्वाचित हुन्। नेपाली काँग्रेस उदयपुर २ नं. निर्वाचन क्षेत्रीय सभापतिसमेत रहेका राई अघिल्लो चुनावताका पार्टीको जिल्ला सचिव रहदा ०७४ को स्थानीयतह चुनावमा कटारी नगरपालिकामा मेयरका आकांक्षी थिए। तर, टिकट नपाएपछि उनी माओवादीमा प्रवेश गरे। एकवर्षपछि पार्टीमै फर्केर यथास्थान (सचिव) मै क्रियासिल रहेका राई गतवर्ष सम्पन्न काँग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचन क्षेत्रीय सभापतिमा निर्वाचित भए।
गत वैशाख ३० मा सम्पन्न स्थानीयतह चु्नावमा मेयरकै दाबेदार रहेका उनलाई यस पटक पनि पार्टीले टिकट नदिएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्न पुगेको उनी निकट पार्टी कार्यकर्ता बताउँछन्। स्वतन्त्रका राई र एमालेका रायमाझीले पनि चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन्।
कटारी नगरपालिका, उदयपुृरगढी, रौतामाई, ताप्ली र लिमचुङब्ुङ गाउँपालिका समेटिएका २ नं. निर्वाचन क्षेत्रमा यसपटक ५० प्रतिशत मत खस्ने आँकलन गरिएको छ। ५ स्थानीयतहमध्ये सबभन्दा बढी मत कटारीमा ४० हजार १ सय १५ मत छ भने सबभन्दा कम मत लिमचुङबुङमा ८ हजार ४ सय ८३। दोस्रो ठूलो मत उदयपुरगढीमा २० हजार ३ सय ८४, रौतामाईमा १४ हजार ४ सय ८० र ताप्लीमा ९ हजार ९ सय ५९ मत छ।
नगरपालिकाको पनि कटारी बजारक्षेत्र ओगटेको ३, ४ र ५ नं. धेरै आबादी भएका वडाहरु हुन्। स्थानीय भुक्तभोगीका अनुसार कटारी नगरबाट १० हजार मत जसले पाउँछ त्यही उम्मेदवार आउँदो मंसिर ४ को चुनाव जित्ने पक्का हो। पहाडी भेगका सबै गाउँपालिकामा भन्दा कटारीको मत सुरक्षित गर्न सक्नेको जित सुनिश्चित हुने आँकलन विश्लेशकहरुको छ।
खतिवडा कटारी नगरपालिका ७ का स्थायी बासिन्दा हुन् भने रायमाझी रौतामाई गाउँपालिका ७ का स्थायी बासिन्दा हुन्। स्वतन्त्र उम्मेदवार राई कटारी ५ मा स्थायी बसोबास गर्छन्। पहाडी भेगको ५३ हजारभन्दा कटारी नगरपालिकाको ४० हजार मतले यो चुनावमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा तीनैजना उम्मेदवार कटारी केन्द्रित चुनाव प्रचारप्रसारमा जोड दिदै आएको पाइएको छ।