मतदानमा खटिने जनशक्तिको सुक्ष्म निगारानी नभए यसपटक मत बदर भन्दा पनि बढी प्रत्यक्ष र समानुपातिकको मत खसाउने बाकस बारेमा मतदाता झुक्किने भय बढी हुने देखिएको छ।
मतदान गर्न सिकाउने एक अभ्यासको रुपमा रहेको नमूना मतदानका क्रममा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले यस्तो तथ्य पाइएको हाे। जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल आफुहरुले नमूना मतदान सञ्चालन गरेका क्षेत्रहरुमा यस्तो शंसय पाएको बताउँछन्। ‘यसपटक मत बदर हुने जोखिम ज्यादै कम छ,उनले भने‘ बरु मतदाताले मतपत्र भने प्रत्यक्षको समानुपातिकमा र समानुपातिको प्रत्यक्षतर्फको बाकसमा खन्याउने हुन् की भन्ने भय बढी देखियो’।
नमूना मतदानको अवस्था बिश्लेषण गर्दै उनले मतदाताहरु त्यो प्रकृयामा झुक्किने भय बढी पाइएको जानकारी दिए। प्राप्त नतिजाका आधारमा मतदाता शिक्षा स्वयंसेवकलाई मतदातालाई मतदान गर्न सिकाउने तरिका बाहेक स्वष्तिक छाप लगाइ सकेपछि मतपत्र खसाउने बाकसका बारेमा पनि जानकारी दिन प्रेरित गर्ने अभ्यासमा आफुहरु जुटेको जानकारी दिए।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आइतवार फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोकमा नमूना मतदान सम्पन्न गरेको छ। यसअघि कार्यालयले सिरिजङ्गा,सिदिङ्वा,मिक्वाखोला र मेरिङ्देन गाउँपालिकामा नमूना मतदान कार्यक्रम सम्पन्न गरिसकेकाे छ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले कात्तिक २१ गते मैवाखोला र आठराई त्रिबेणी गाउँपालिका,२२ गते पाथीभरा याङ्वरक गाउँपालिका र २३ गते फुङलिङ नगरपालिकामा नमूना मतदान गर्ने गरी कार्यसूची बनाएको छ।