गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह चुनावमा उदयपुरको कटारी नगरपालिका वडा नं. १० को सोरुङ मतदान केन्द्रमा गोली चल्यो। स्थानीय सोरुङ माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउसो ४ बजे सुरक्षाकर्मीको गोलीले एक स्थानीयको घट्नास्थलमै ज्यान गयो भने अर्का स्थानीय घाइते भए।
स्थानीयबासीले आन्दोलन गरे, घाइतेलाई उपचारार्थ अस्पताल पठाए र चुनाव पुनः गराउने माग गर्दै ३ दिनसम्म बाकस निकाल्न दिएनन्। खसेको मतपत्र सिल गरिरहेकै बेला भएको अचानकको गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवारकै भतिजको ज्यान गएपछि मतदानस्थल केही घण्टा तनावग्रस्त भयो। सुरक्षाकर्मीहरुले मतपत्र खसेको बाकसहरु सुरक्षित गरे र हवाई फाईर गर्दै तनाव व्यवस्थपन गरे तर, मृतक र घाइते परिवार तथा आफन्त लगायत स्थानीयबासीले आन्दोलन जारी राख्दै विभिन्न मागहरु अघि सारे।
निर्वाचनमा खटेका प्रहरीको गोली लागेर स्थानीय १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो भने अर्का स्थानीय १४ वर्षीय मोहन श्रेष्ठ घाइते भएका थिए। स्थानीय तह चुनाव सकिएको ६ महिना ४ दिनपछि अर्थात आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा सो घट्नाको स्मरण ताजा भएर आउन लागेको मात्र छैन, चुनाव कसरी सम्पन्न गर्ने भन्ने विषयले नै अधिकारीहरुको टाउको दुखाइरहेको छ।
यतिबेला सो घट्नाका मृतक र घाइते परिवारले अहिलेसम्म क्षतिपूर्ति नपाउनुका साथै राज्यले गम्भीर भएर नसोचिदिएको भन्ने आरोप लगाउँदै चुनाव बहिस्कारको चेतावनी दिएका छन्। केहीदिनअघि वडा नं. १० का वडाध्यक्ष क्षेत्रबहादुर खड्का, वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँका अगुवा नागरिक समाज लगायतको साझा बैठकले वैशाख ३० को घट्नाबारे राज्य गम्भीर नभएको तथा पीडित परिवार र स्थानीयको माग उपर चासो नदिएको निश्कर्ष निकाल्दै माग पुरा नभएसम्म चुनाव हुन नदिने अडान लिएको छ। मृतक र पीडित परिवारलाई माग बमोजिम क्षतिपूर्ति र जिम्मेबारी नलिएसम्म मतदान बहिष्कार गर्ने भन्दै त्यसका लागि आवश्यक तयारीमा स्थानीयबासी लाग्ने पनि बैठकको निर्णय भएको छ।
नेपाली काँग्रेस सोरुङका वडा सभापति बलबहादुर खत्रीले पीडित पक्षको माग पुरा नगरेसम्म चुनाव हुन नदिने कुरामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)देखि सत्ता गठबन्धनमा सामेल कांग्रेस, नेकपा (माओबादी केन्द्र), एकीकृत समाजबादी र बिप्लव नेतृत्वको नेकपासम्मका स्थानीय नेता कार्यकर्ता एकमत रहेको बताए।
त्यस्तै स्थानीय एमाले नेता दीपक राउतले त्यसबेला पीडितपक्षलाई उचित क्षतिपूर्ति दिने सहमति गरेर मतगणना गर्न दिएको बताउँदै तर, यतिका दिनसम्म बोलेको बचन राज्यले पुरा नगरेकाले चुनाव बहिस्कार गर्नुपर्ने अवस्थासम्म पु¥याएको बताए।
खत्री र राउतले सोमबार बसेको सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णय प्रतिलिपि जिल्ला प्रशासन, जिल्ला प्रहरी, इलाका प्रशासन कटारी, इलाका प्रहरी कटारी, मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाट, २ नं. क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय कटारी, सबै राजनीतिक दललाई बुझाइएको छ। मतपेटिका सुरक्षित गर्ने नाममा गोली चलाएर अनाहकमा युवकको ज्यान दिएको तर, अहिलेसम्म क्षतिपूर्ति नदिएकाले आउँदो निर्वाचन सहजै स्वीकार्न नसकिने अडान उनीहरुको छ।
कटारी १० का सबै क्रियासिल राजनीतिक दलको सहभागिता रहेको बैठकले पीडितपक्षलाई क्षतिपूर्ति नदिएकाले निर्वाचन बहिष्कार गर्नैपर्ने सर्वसम्मत निर्णय गरेको उनीहरुको भनाइ छ। स्वयं वडाध्यक्ष खड्काले पनि वाडबासी जनताको माग, भावना र चाहना अनुसार यतिका दिनसम्म पीडित पक्षले क्षेतिपूर्ति नपाएकाले निर्वाचन वहिस्कार गर्नुपर्ने ठहर गरेको बताए।
वडाध्यक्ष खड्काका अनुसार गोली चलेर युबकको ज्यान गएपछि त्यसवेला सरकार र पीडितपक्षबीच पटक पटक वार्ता भएको थियो। लामो प्रयासपछि ३ दिनमा भएको ७ बुँदे सहमति अनुसार मृतकलाई सहीद घोषणा गर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्ने तथा घाइतेको उपचार र उचित क्षतिपूर्ति तथा मृतक परिवारलाई क्षतिपूर्ति दिनेलगायत बुँदाहरु थिए। माओबादीका स्थानीय नेता कमल राउतले राज्य र पीडितपक्षबीच भएको सहमतिपछि मात्र मतगणना भएको तर, ६ महिना पुग्न लाग्दासम्म कार्यान्वयन नभएपछि असन्तुष्ट पीडितपक्षले निर्वाचन बहिस्कार गर्न खोज्नु स्वभाविक भएको बताए।
वडाध्यक्ष खड्काले सर्वदलीय बैठकको निर्णय बुझाइसकेपछि ठोस प्रतिक्रिया आउन बाँकी रहेको बताएका छन्। उनले सकेसम्म चुनाव शान्तिपूर्ण रुपमा होस् भन्ने आफुहरुको चाहना रहेको भन्दै तर, स्थानीयहरुको मागबारे चाँडै निश्कर्ष निकाल्नुपर्ने खाँचो औँल्याए। त्यसका लागि आउँदो २२ गते प्रमुख जिल्ला अधिकारीसमेतलाई सहभागी गराएर अर्को बैठक राख्ने विषयमा छलफल भइरहेको सुनाए।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मृतक परिवारलाई १० लाख रुपैंया राहत दिन निर्देशन आएको तर, अन्य मागहरुको विषयमा कुनै निर्देशन नआएको बताए। ‘गृह मन्त्रालयले पछि सोधभर्ना गर्ने गरी कुनै शीर्षकबाट मृतक परिवारलाई राहतस्वरुप १० लाख दिइराख्नू भन्ने निर्देशन आएको छ’ प्रजिअ गौतमले भने ‘आउँदो २१÷२२ गतेसम्ममा यो समस्या टुंग्याउन इलाका प्रशासन कार्यालयलाई भनेको छु। कटारी नगरपालिकाले पनि यसबारे समन्वय गर्ला।’ शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गर्न प्रशासन सचेत रहेको पनि सिडिओ गौतमले बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...