मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको हो: उपेन्द्र यादव
०६ कार्तिक २०७९
•
२ मिनेट पाठ
मधेश जनविद्रोहकै जगमा उत्पीडित समुदायको अधिकार सुनिश्चित भएको हो: उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहले मधेशी, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक लगायतका समुदायको आरक्षणको सुनिश्चितता गराउन सफल भएको दाबी गरेका छन्।




सप्तरीको राजविराजमा व्यवसायी, मदरसामा मुस्लिम समुदायका अगुवा, देउरी भरुवा कार्यकर्ता भेला सहितका कार्यक्रमहरुलाई शनिबार सम्बोधन गर्दै उनले मधेशी जनता अधिकारबाट वञ्चित रहेकोले अझैं लडाई लड्न बाँकी रहेको बताएका हुन्। शोषित, उत्पीडित एवम् विभेदमा पारिएको जनताको हक अधिकार स्थापित गराउन मधेशी जनअधिकार फोरम नेपालले विगुल फुकेको बताउँदै अध्यक्ष यादवले भने, ‘मधेशी जनतालाई अधिकार दिने पक्षमा कांग्रेस र कम्युनिष्टले चाहेका थिएनन्, जनविद्रोहको बलमा मात्रै उत्पीडित समुदायको आरक्षणको सुनिश्चितता भएको हो, र थप अधिकार प्राप्तिका लागि अझैं सङ्घर्ष जारी छ।’

जनआन्दोलन पश्चात् अन्तरिम संविधान जारी भएको संविधानमा मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडिएको वर्ग, थारु लगायत विभेदमा पारिएका जाति एवम् समुदायको अधिकार सुनिश्चित नगरिएपछि आफूहरुले संविधान जलाएर क्रान्तिको विगुल फुक्ने पार्टी तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी नै भएको उनले बताए।  

मधेश आन्दोलनकै कारण नेपालमा मधेशी समुदाय रहेको कुरा संसारले चिनेको बताउँदै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका जसपा अध्यक्ष यादवले भने ‘देशमा गणतन्त्र, संघीयता, समावेशिता र आरक्षणको अधिकार दिलाउने पार्टी जसपा नै हो, संघीयतालाई स्थापित गराउन अझैं बाँकी रहेकोले जसपा आफ्नो मुद्दाबाट रतिभर विचलित नभई संघर्ष जारी रहन्छ।’

जनसंख्याको आधारमा मधेशीलाई भागिदारी चाहिएको बताउँदै जसपा अध्यक्ष यादवले मधेशमा मधेशीको, लिम्बुवानमा लिम्बुको, किराँतको भूमीमा किराँतीको र हिमालमा शेर्पाको अधिकार र केन्द्रमा सबैको साझेदारी स्थापित हुनुपर्ने र यसका लागि संविधान संशोधन आवश्यक रहेको बताए।  

मधेशबाट गरिबी, बेरोजगारी लगायतका समस्याहरु समाधान गर्न आर्थिक विकास आवश्यक रहेको चर्चा गर्दै उनले भने ‘त्यही सोचका साथ मैले रोल मोडेलको रुपमा सप्तरीमा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा कामहरु अगाडि बढाएको छु।’

कार्यक्रममा पार्टीका नेता समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रीय प्रवक्ता मनिष सुमन, नेता विकास कुमार तिवारी,नेत्रविक्रम साह, किरण साह लगायतका नेताहरुले मन्तव्य राखेका थिए।
अर्को समाचार
संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण: अध्यक्ष यादव
२५ भदौ २०८०
•
१ मिनेट पाठ
संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण: अध्यक्ष यादव
विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जसपा अध्यक्ष उपेन्द्र यादव। तस्बिर: चुमन बस्नेत
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसदीय प्रणालीबारेको संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका छन्।




सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानमा भएको सरकार गठनबारेको तहगत व्यवस्था नै त्रुटिपूर्ण रहेको बताएका हुन्।

यादवले आफूहरूले बारम्बार संविधान संसोधन गरेर कमी कमजोरी सच्याउन माग गरिरहेको बताए। उनले संसदीय प्रणाली अनुसार बहुमत हुनेले सरकार चलाउने र बहुमत नपुग्ने प्रतिपक्षमा बस्ने बताए। कसैको बहुमत नपुगे संसद विघटन भएर तजा जनादेशमा जाने उनको भनाइ छ।

तर, संविधानमा बहुमत नपुगे पनि सरकारको नेतृत्व गर्न पाउने विभिन्न तहगत चरण पार गरेर मात्रै संसद विघटन हुने व्यवस्था त्रुटिपूर्ण रहेको स्पष्ट पारे। उनले भन,े ‘संविधानमा संसद विघटनबारे गरिएको तहगत व्यवस्था सच्याउनु पर्छ।’ यादवले संविधान संसोधन गरेर शासकिय स्वरुप, निर्वाचन प्रणाली र संसदीय संरचनामा फेरवदल नगरेसम्म समस्या आइरहने बताए। दलहरूले राजनीतिक मामिलाको राजनीतिक रुपमै सम्बोधन गर्नु पर्नेमा जोड दिंदै राजनीतिक मामिलालाई न्यायलयमा दलहरूले प्रवेश नगराउनु नै राम्रो हुने धारणा राखे।  
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस