निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने
०१ कार्तिक २०७९
•
४ मिनेट पाठ
निर्वाचनमा ३ लाख सुरक्षाकर्मी परिचालन हुने
सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गरेको छ। केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो।  




गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार सुरक्षा योजनामा निर्वाचनको एक महिनाअघिदेखि नै निर्वाचन क्षेत्र तथा निर्वाचन गतिविधिको सुरक्षामा सुरक्षाकर्मी परिचालन गर्ने कुरा उल्लेख छ। ‘गृह मन्त्रालयले तयार पारेको योजना केन्द्रीय सुरक्षा समितिले पारित गरिसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘योजनाअनुसार एक महिनाअगावै सुरक्षाकर्मी परिचालन भइसक्छन्।’ यहीअनुसार आफूमातहत सुरक्षाकर्मी आवश्यकताअनुसार परिचालन गर्ने काम सुरु भइसकेको सुरक्षा निकायहरूले जनाएका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनभन्दा ३५ हजार बढाएर सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ। त्यतिबेला २ लाख ६५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। अहिले ३ लाख सुरक्षाकर्मी परिचालन गर्न लागिएको गृहका प्रवक्ता पोखरेलले जानकारी दिए। यसका लागि नेपाली सेनाबाट ७१ हजार, नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरीबाट ३५ हजार, म्यादी प्रहरी १ लाख १५ हजार र बाँकी राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाकर्मी परिचालन गर्ने सरकारको तयारी छ। सुरक्षाकर्मीको काम, परिचालनको तौरतरिका र निर्वाह गर्नुपर्ने भूमिका अघिल्ला निर्वाचनजस्तै हुने जनाइएको छ।  

जसअनुसार सेनाले मतपत्रको ओसारपसार, मतपेटिका ढुवानी तथा सुरक्षा, निर्वाचन प्रभावित गर्न कोहीकसैले प्रयोग गर्न सक्ने बम तथा विस्फोटक पदार्थ निस्तेज र मतदान केन्द्रको बाहिरी सुरक्षा घेरामा तैनाथीको काम गर्नेछ। यसबाहेक एकीकृत सुरक्षा योजना तथा जिल्ला सुरक्षा समितिको योजनाअनुसार समन्वय गरेर आकस्मिक अवस्थाका लागि ‘हाइअलर्ट’ रहने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताए। उनले भने, ‘नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि पूर्ववत् गर्दै आएका काम गर्नेछ। यसबाहेक इमर्जेन्सी परिस्थितिका लागि पनि हाम्रो टोली हरेक जिल्ला र निर्वाचन क्षेत्रमा हाइअलर्ट रहन्छ।’ यस्तै सामान्य बेला नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिँदै आएको कारागारको सुरक्षामा पनि नेपाली सेना तैनाथ रहनेछ।  

उता नेपाल प्रहरीले पनि सुरक्षाको सम्पूर्ण तयारी पूरा गरेर आवश्यकताअनुसार मैदानमा होमिइसकेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले बताए। ‘हाम्रो पूर्ववत् जिम्मेवारी नै छ। अक्सर सुरक्षा योजना चारवटै सुरक्षा अंगहरूको समन्वय र सहभागितामै रहने गरी राम्रो छलफल भएको छ,’ उनले भने, ‘सोहीअनुसार निर्वाचन गतिविधि, कार्यक्रम र आवश्यकताअनुसार प्रहरी कर्मचारी परिचालनको थालनी गरिसकेका छौं।’  

उता सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षामा आफ्नो सक्रियता बढाइसकेको छ। निर्वाचनका कार्यक्रम अघि बढेसँगै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, तीनका कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचनको काममा खटिएका कर्मचारीको सुरक्षामा आवश्यकताअनुसार सशस्त्र प्रहरी परिचालन भइसकेको प्रवक्ता सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले जनाए। उनले भने, ‘७७ जिल्लामै हाम्रा टोलीहरू परिचालन भइसकेका छन्। आवश्यकताअनुसार थप परिचालन पनि हुँदैछन्।’  

जोखिम कम, सतर्कता बढी  

सुरक्षा अंगहरू र गृह मन्त्रालयले यस पटकको निर्वाचनमा स्थानीय तह निर्वाचनजस्तै कम जोखिम रहेको निष्कर्ष निकालेका छन्। यद्यपि निर्वाचनमा आउन सक्ने आकस्मिक जोखिमका लागि भने सतर्कता बढाएको दाबी गरेका छन्।  

‘पहिलाका निर्वाचनभन्दा गएको स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थापन सहजै भएको थियो। घटना पनि पहिलाभन्दा कम नै भए,’ नेपाल प्रहरीका प्रवक्ता राईले भने, ‘यसपटक पनि स्थानीय तहजस्तै कम जोखिम हुने हाम्रो अनुमान छ।’ उनका अनुुसार स्थानीय तह निर्वाचनमा ७४१ घटना भएका थिए। जसमध्ये अधिकांश घटना दलका कार्यकर्ताबीच वादविवादका बढी थिए। यसबाहेक १०५ घटनामा गोली चलेको थियो। जसमा सबै गोली प्रहरीबाटै चलेको थियो। ‘उत्तेजित माहोललाई शान्त बनाउन नै ती गोली चलेका हुन्,’ प्रहरी प्रवक्ता राईले भने। ती घटनामा तीनजनाको मृत्यु भएको थियो।  

अहिले पनि दलका कार्यकर्ता र उम्मेदवारबीचमै हुन सक्ने विवादलाई नै बढी जोखिमका रूपमा सुरक्षा संयन्त्र तथा गृह मन्त्रालयले राखेको छ। जसका लागि जोखिम न्यूनीकरण गर्ने सूक्ष्म ढंगबाट अध्ययन गरेर योजना बनिरहेको सबै सुरक्षा संयन्त्रले जनाएका छन्। यस्तै सीमापारबाट भित्रिन सक्ने जोखिमलाई बढी कडाइ गर्ने तयारी रहेको गृहका प्रवक्ता पोखरेलले बताए। ‘विशेषगरी तराई–मधेस क्षेत्रमा खुला सिमानाबाट भित्रिन सक्ने जोखिम, विस्फोटक पदार्थ, आपराधिक जत्थालाई विशेष सतर्कताका साथ सूक्ष्म निगरानी गर्ने योजना कडाइका साथ लागु गरेका छौं,’ उनले भने।

यस्तै उम्मेदवारकेन्द्रित सुरक्षाका लागि पनि विशेष सतर्कता अपनाइएको सशस्त्र प्रहरीका एसएसपी थापाले बताए। उनले भने, ‘भिआइपी उम्मेदवारज्यूहरूले नियमानुसार पाउने सुरक्षा पाउनु नै हुनेछ। बाँकी उम्मेदवारको सुरक्षाका लागि पनि सुरक्षा संयन्त्र सतर्क रहन्छ।’ त्यसका लागि उम्मेदवारको जोखिम विश्लेषण गर्ने, बाहिरी सुरक्षा हेर्ने, टे«सिङ गरेर सतर्क रहने र आवश्यकता अनुसार सुरक्षा तैनाथीको योजना रहेको उनले बताए। मतदानको दिन पनि पहिलेजस्तै सुरक्षा रणनीति लागु हुने गृह मन्त्रालयले जनाएको छ। जसअनुसार मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहनेछन्। मतदान केन्द्र र बुथको आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र म्यादी प्रहरीले सम्हाल्नेछन्।
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
५ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
यो पनि पढौँ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस