ताप्लेजुङका राजनीतिक दलहरुले निर्वाचन लक्षित कार्यक्रम गर्दा स्थान,मिति र समय नजुधाउने प्रतिबद्धता जनाएका छन्।
जिल्ला निर्वाचन समन्वय समितिको आवहानमा भएको छलफलमा राजनीतिक,उम्मेदवार,दलको भातृ संगठन तथा सम्वन्धित व्यत्तिहरुले निर्वाचन लक्षित कार्यक्रम गर्दा स्थान,मिति र समयको ख्याल गरी एकआपसमा नजुधाउने प्रतिबद्धता जनाएका हुन्।
जिल्ला निर्वाचन समन्वय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले दल तथा उम्मेदवारका प्रतिनिधिहरुले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण,भयरहित र निश्पष बनाउन एक आपसमा समन्वय र समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता आएको जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार राजनीतिक दलहरुले कुनै धर्मको नाममा वा साम्प्रदायिक विद्धेष फैलाउने गरी प्रचार प्रसार एवम् कार्यक्रम नगर्ने/नगराउने प्रतिबद्धता समेत दल तथा उम्मेदवारका प्रतिनिधिले व्यक्त गरेका छन्। बाहिरी मुलुकका सञ्चारमाध्यममार्फत प्रचार प्रसार गर्न नपाउने संहिताको पूर्ण पालना गर्ने समेत प्रतिबद्धता व्यक्त भएको छ। यो प्रतिबद्धताले ताप्लेजुङले चीन र भारतलाई छोएको छ।
हाल चीन र भारतका सञ्चारमाध्यममार्फत समेत राजनीतिक दल तथा उम्मेदवारले प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न सक्ने भय समेत हटेको छ। निर्वाचन आचार संहिता २०७९ (पहिलो शंसोधन समेत) परिच्छेद–४ मा भएको व्यवस्थालाई दल,उम्मेदवार,दलको भातृ संगठन तथा सम्न्धिवत व्यक्तिले पूर्ण पालना गर्ने प्रतिबद्धता समेत जनाएका छन्।