बाँके प्रदेश सभा–२ ‘ख’ मा सत्तारुढ गठबन्धनमा छुट्टा–छुट्टै उम्मेदवार भएका छन्। गठबन्धनभित्र दुई उम्मेदवार हुँदा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा ‘मित्रवत’ प्रतिस्पर्धा हुने भएको छ।
प्रदेश सभा–२ ‘ख’ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमाल र नेकपा (माओवादी केन्द्र) का अकलबहादुर बमको उम्मेदवारी कायम रहेको हो। लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री समेत रहेका हमाललाई कांग्रेसले आधिकारिक उम्मेदवारका रुपमा टिकट दिएको थियो।
यस्तै नेकपा (माओवादी केन्द्र) का नेता बमलाई पनि उनको पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गराएका थिए। दुबै जनाले आफ्नो उम्मेदवारी अहिलेसम्म यथावत राखेका छन्।
केन्द्रमा भएको सहमती अनुसार सत्तारुढ गठबन्धनभित्र कांग्रेस सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन रहेको छ। यसअघि सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेल गरेको छ। तर, बाँकेमा जसपा एक्लै लडेको छ।
प्रदेश मन्त्री हमालले सत्तारुढ गठबन्धन भित्रै प्रदेश सभा–२ ‘ख’ मा माओवादी केन्द्रसँग मित्रवत प्रतिस्पर्धा गरिने बताए। ‘सत्तारुढ गठबन्धनबाट यो क्षेत्रमा मलाई मेरो पार्टीले टिकट दिएपछि उम्मेदवारी दर्ता गराएको हुँ, माओवादी केन्द्रले पनि आफ्नो उम्मेदवार खडा गर्यौ, हामी दुबैको उम्मेदवारी कायम रहेपछि अब मित्रवत प्रतिस्पर्धा गर्छौ,’ नागरिकसँग उनले भने ।
माओवादी केन्द्रका नेता बम प्रदेश सभा–२ ‘ख’ मा सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारीलाई स्वभाविक ठान्छन्। ‘बाँकेको क्षेत्र नम्बर १ र २ मा गठबन्धनभित्र भागबन्डा मिलेको छ, तर क्षेत्र नम्बर २ मा हामीलाई कुनै एउटा प्रदेश दिएको भए सबैको अस्तित्व कायम रहन्थ्यो,’ उनले नागरिकसँग भने ‘कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपनि प्रदेश सभा–२ ‘ख’ मा अब मित्रवत्र प्रतिस्पर्धा हुन्छ ।’
चुनाव आउन करिव डेढ महिना बाँकी रहेकाले त्यतिञ्जेलसम्म केही न केही निकास आउने माओवादी नेता बम बताउँछन्। मन्त्री हमाल र बमको राजनीति बाहेक खेलकुद क्षेत्रमा विशेष योगदान छ। भारत्तोलन खेलका ओलम्पियन हमाल यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) मा कोषाध्यक्ष भएका थिए।
यस्तै भलिबलका खेलाडी समेत रहेका माओवादी नेता बम मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष भईसकेका छन्। बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर २ र प्रदेश सभा–२ ‘क’ मा भने माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाएको छैन। यसैगरी बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–१ ‘ख’ तथा प्रतिनिधी सभा क्षेत्र नम्बर ३, प्रदेश सभा–३ ‘क र ‘ख’ मा पनि सत्तारुढ दलबीच गठबन्धन कायम छ।
प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका महेश्वरजंग गहतराज अथक, प्रदेश सभा–१ ‘क’ मा माओवादी केन्द्रकी कृष्णा केसी र प्रदेश सभा–१ ‘ख’ मा नेपाली कांग्रेसका फुलाराम थारु उम्मेदवार छन्। यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुदिपनरसिंह राणा र प्रदेश सभा–२ ‘क’ मा नेपाली कांग्रेसकै राजकुमार बर्मा उम्मेदवार भएका छन्। यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर, प्रदेश सभा–३ ‘क’ मा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल आईपी र प्रदेश सभा–३ ‘ख’ मा नेपाली कांग्रेसका बादशाह कुर्मी उम्मेदवार छन्।