पाँच दलीय गठबन्धन लामो समयसम्म रहन्छ: शाही
२८ असोज २०७९
•
३ मिनेट पाठ
पाँच दलीय गठबन्धन लामो समयसम्म रहन्छ: शाही
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र बामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताएका छन्। शाहीले एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँदै उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने बताए।




‘संघीयता र गणतन्त्रको विरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो,’ शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भने, ‘संघीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो, यो दीर्घकालसम्म रहन्छ।’

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताए। ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उनले भने, ‘देशलाई सही मार्गमा डो¥याउन, कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ ।’ उनले गठबन्धन एक परिवार भएकाले सामुहिक भावनाले अघि बढ्नुपर्ने बताए। ‘गठबन्धन भइसकेपछि हामी एक परिवार हौं,’ उनले भने, ‘त्यो परिवारलाई अघि बढाउन, संसारको गतिसँग देशको विकासलाई अघि बढाउन सामुहिक भावनाको खाँचो छ।’  

मुख्यमन्त्री शाहीले संघीयता र गणतन्त्र नमान्नेसँग गठबन्धन गरेर एमालेले आफ्नो असली रुप देखाएको बताए। ‘संघीयता र गणतन्त्रको विरुद्धमा लागेको राप्रपासँग सहकार्य गरेर एमालेले आफ्नो असली हैसियत देखाएको छ,’ उनले भने, ‘जनतालाई यो कुराको स्मरण गराउन आवश्यक छ।’

गठबन्धनबाट सुर्खेत क्षेत्र नं. १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। ‘हामी कुनै पार्टीबाट प्रतिनिधित्व गरेर उम्मेदवारी दिए पनि अहिले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हौं,’ नेपाली कांग्रेसबाट उम्मेदवार पोखरेलले भने।

पोखरेलले सुर्खेतले देशको नेतृत्व लिने अवसर पाउन लागेको बताउँदै त्यसको सदुपयोग गर्नुपर्ने बताए। ‘देशकै धरोहर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘उहाँ नेतृत्वको गठबन्धनलाई जिताएर देशकै नेतृत्व गर्ने अवसरको हामीले सदुपयोग गर्नुपर्छ।’

नेकपा माओवादी केन्द्रबाट सुर्खेत क्षेत्र नं. १ ‘ख’ का उम्मेदवार कृष्ण जिसीले गठबन्धनको जीत सुनिश्चित रहेको बताए। उनले देशकै नेतृत्व गरिरहेका नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चुनाव लड्न पाउँदा आफूहरुका लागि गौरवको विषय भएको बताए।  

‘सुर्खेतको मात्रै होइन्, समग्र देशको नेतृत्व गर्ने कांग्रेस उपसभापति खड्काको नेतृत्वमा चुनावी मैदानमा होमिन पाउँदा हामीलाई गौरवको अनुभूति भएको छ,’ जिसीले भने, ‘समग्र देशको नेतृत्व गर्ने उम्मेदवारलाई विजयी गराउन यहाँका मतदाता उत्साहका साथ लागिरहेका छन्।’

जिसीले वडा–गाउँबाट आएका सुझावका आधारमा आफूहरुले संयुक्त प्रतिवद्धतापत्र तयार पार्ने बताए। ‘हाम्रा छुट्टै कुनै प्रतिवद्धता छैनन्, वडा–गाउँबाट आउने सुझावहरुलाई प्रतिवद्धतापत्रमा समेटेर निर्वाचित भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नेछौं।’

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले गठबन्धनको मर्म अनुसार आफ्ना उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन लगाइएको बताए। ‘हामी गठबन्धनप्रति पूर्ण प्रतिवद्ध छौं,’ उनले भने, ‘गठबन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि हामीले आफ्ना उम्मेदवार फिर्ता लिएका हौं।’

नेपाली कांग्रेसका नेता चित्रबहादुर रेग्मीले संविधान मिन्चे, लोकतन्त्रको चिरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघठन गर्ने कार्यकाििवरुद्धको लोकतान्त्रिक–बाम गठबन्धन भएका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने बताए। ‘लोकतन्त्रको रक्षा, संविधानको पालना र देशमा कानुनी शासनको कार्यान्वयनका लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउनु हामी सबैको दायित्व र कर्तव्य हो,’ उनले भने।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस