ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील ’ सूचीमा
२७ असोज २०७९
•
१ मिनेट पाठ
ताप्लेजुङका २३ मतदानस्थल ‘अति संवेदनशील ’ सूचीमा
जिल्ला सुरक्षा समितिले आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि ताप्लेजुङका ७५ मध्ये २३ मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेको छ। 




जिल्ला सुरक्षा समितिका अध्यक्ष एवंम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार २३ मतदान स्थललाई संवेदनशील र २९ मतदानस्थललाई सामान्य अवस्थाको भनेर औंल्याइएको छ। यसअघि ७३ मतदान स्थल भएकोमा यसबर्ष फुङलिङ नगरपालिका वडा नं ९ स्थित शिव आधारभूत मतदानस्थल र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङस्थित सिम्बुक आधारभूत बिद्यालय स्थल थप भएका छन्। 

थप भएका दुवै मतदान स्थल संवेदनशीलका हिसावले सामान्य अवस्थाका रहेको सुरक्षा समितिले औंल्याएको छ। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि,भौगोलिक बिकटता, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको सुरक्षा स्रोतले बताएकाे छ। यसबाहेक विगत निर्वाचनमा देखिएका र अब हुनसक्ने गतिविधिलाई समेतलाई आधार बनाई मतदान स्थलको सुरक्षा संवेदनशीलता वर्गीकरण गरिएको हो।
अर्को समाचार
ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने
२२ पौष २०८२
•
१ मिनेट पाठ
ताप्लेजुङका २८ मतदानस्थल ‘अति संवेदनशील’, निर्वाचनका लागि ७६२ कर्मचारी खटिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङका २८ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ।




जिल्ला सुरक्षा समितिले सुरक्षा चुनौती विश्लेषण गर्दै मतदानस्थलको वर्गीकरण गरेको हो।

जिल्लाका कुल ८० मतदानस्थलमध्ये २८ वटालाई अति संवेदनशील, २५ वटालाई संवेदनशील र २७ वटालाई सामान्य सूचीमा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष शिवराज सेढाईँले जानकारी दिए।

अघिल्लो निर्वाचन (२०७९) मा ७५ वटा मतदानस्थल रहेकोमा यस वर्ष ५ वटा थप भई ८० पुगेको छ। जिल्लाभर कुल १ सय २७ मतदान केन्द्र कायम गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (बिपिन) का अनुसार आगामी निर्वाचनका लागि जिल्लामा ९० हजार ३ सय २७ मतदाता कायम भएका छन्।

यो संख्या २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा २ हजार ४२ ले बढी हो। २०७९ सालमा यहाँ ८८ हजार २ सय ८५ मतदाता थिए।

निर्वाचन सम्पन्न गराउन सुरक्षाकर्मीबाहेक ७ सय ६२ जना कर्मचारी परिचालन गरिने भएको छ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार १ सय २७ वटा मतदान केन्द्रका लागि सोही संख्यामा (१२७) मतदान अधिकृत र १ सय २७ नै सहायक मतदान अधिकृत खटिनेछन्।

यस्तै, प्रत्येक केन्द्रमा ३ जनाका दरले ३ सय ८१ जना सहायक कर्मचारी र १ जनाका दरले १ सय २७ जना कार्यालय सहयोगी परिचालन गर्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस