प्रतिनिधिसभाको समानुपातिकमा विभिन्न दलबाट बाँकेका ४४ जनाको नाम बन्दसूचीमा परेको छ। निर्वाचन आयोगले शनिपपर राति सार्वजनिक गरेको प्रतिनिधिसभाको समानुपातिक बन्दसूचीमा बाँकेका ४४ जनाको नाम समावेश भएको छ। नेकपा (माओवादी केन्द्र) बाट कुनै पनि समानुपातिक सूचीमा परेका छैनन्।
नेकपा एमालेबाट एकजना र नेपाली कांग्रेसबाट दुईजना परेका छन्। एमालेबाट फुलसिंह थारुको नाममात्र समानुपातिकको बन्दसूचीमा परेको छ। नेपाली कांग्रेसबाट किरण कोइराला र आशा विक नाम परेको छ। सबैभन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १० जना परेका छन्। राप्रपाका पवित्रा सुब्बा लिम्बु, प्रेमबहादुर भण्डारी, ऋषिराज देवकोटा फत्तेसिंङ थारु, गणेश सुनार, कमलकुमार विक, रानी कनौजिया, लक्ष्मी बिक, ओमप्रकाश आजाद र चन्द्रशेखर पाण्डेको नाम बन्दसूचीमा छ। राष्ट्रिय प्रजान्तत्र पार्टी नेपालबाट आशा धिमाल, अमृताकुमारी कार्की, जुना विष्ट, तिलकबहादुर विक, पुष्पा पथिक, गीता सिंह, मोहम्मद खालिद इकवाल इराकी र शिरिन अहम्मद समानुपातिकमा अटाएका छन्।
जनसमाजवादी पार्टी नेपालबाट चारजनाको नाम बन्दसूचीमा रहेको छ। ताराकुमारी खत्री, कमला भण्डारी, नारायण सिंह ठाकुर र सायरा वेगम दर्जीको नाम रहेको छ। नेकपा माक्र्सवादी (पुष्पलाल) बाट पार्वती वली क्षेत्री, तेजकुमारी वली, गंगादेवी ज्ञवाली, पूर्णबहादुर गौतम, निर्मला चौधरी र दिलबहादुर कामीको नाम बन्दसूचीमा रहेको छ। नागरिक उन्मुक्ति पार्टीबाट पदमबहादुर दमाई, लुवना सिद्दिकी र रामशंकर माधव दासी समानुपातिक सूचीमा अटाएका छन्।
जनता समाजवादी पार्टी नेपालबाट शुशिला पौडेल (शर्मा), मञ्जु शर्मा अन्सारी र हसिना खान रहेका छन्। मितेरी पार्टी नेपालबाट विवेक सिलवाल, जनमत पार्टीबाट विष्णुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट आशिषकुमार गुप्ता र नेपाल मजदुर किसान पार्टीबाट निर्मला विसी समानुपातिकमा परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी, जनता प्रगतिशील पार्टी नेपालबाट कविता सिंह र नेकपा माओवादी समाजवादीबाट सकिना राई रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा उल्लेख रहेको छ। बाँकेमा रहेर राजनीति गरिरहेका ठूला दलका केही नेताहरु समेत अन्य जिल्लाबाट बन्दसूचीमा परेका छन्।