आसन्न मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवार दर्ता भइसकेपछि चुनावी जोडघटाउ सुरु हुन थालेको छ। पूर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला लड्दै आएको बाँके क्षेत्र नम्बर २ मा ‘हेबीवेयट’ सहित करिब डेढ दर्जनले उम्मेदवारी दर्ता गराएका छन्।
संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई सोही क्षेत्रबाट चुनाव लड्दैछन्। २०७४ सालमा निर्वाचित भएका जसपा नेता राई यसपटक पुनः दोहोरिने दाउमा छन्। त्यतिबेला उनलाई पार्टीभित्रबाट नेता, कार्यकर्ताको राम्रो साथ थियो। जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई यसपटक आफ्नै परिवारले पनि साथ दिएका छैनन्।
यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ। राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ। यसका साथै हिन्दुवादी नेता समेत रहेका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन्। स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली कांग्रेस देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन्।
क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो। यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कँंग्रेसले एउटा वडा जितेको थियो। उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए।

जसपा बाँकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार समशुलले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका थिए। यसबाट प्रष्ट हुन्छ की मन्त्री राईलाई आफ्नै परिवार र आफन्तले यसपटक साथ छाडेका छन्।यस्तै जसपाका केन्द्रिय सदस्य समेत रहेका नेता बाबु खाँ पठानले पनि विद्रोह गरेर मन्त्री राई विरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। जसपाबाट उम्मेदवार बन्न नपाएपछि उनले विद्रोह गरेर मधेस केन्द्रित दल जनमत पार्टीबाट उम्मेदवारी दर्ता गराए। जसपाका सचिव समशुल र केन्द्रिय सदस्य खाँले संघीय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए। मन्त्री राईकै कारण आफूहरुको राजनीति नै समाप्त हुन थालेको उनीहरुको बुझाई छ।
उम्मेदवारका लागि नाम सिफारिस गर्दा समेत आफूहरुलाई थाहा नदिइएको समशुल र खाँ बताउँछन्। २०७४ सालको निर्वाचनमा राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए। नेपाली काँग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए।यसपटक भने नेपाली काँग्रेसले आफ्नै उम्मेदवार खडा गरेको छ। काँग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।
यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ। राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ। यसका साथै हिन्दुवादी नेता समेत रहेका स्वतन्त्र उम्मेदवार दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन्। स्थानीय तहको निर्वाचनमा आएको परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा अगाडी नेपाली कांग्रेस देखिन्छ। नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर ३ मा पर्छन्।
क्षेत्र नम्बर २ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो। यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र कँंग्रेसले एउटा वडा जितेको थियो। उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारले एक्लै प्रतिस्पर्धा गरेका थिए।
क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा कांग्रेस सबैभन्दा अगाडी छ, भने दोस्रो नम्बरमा नेकपा एमाले रहेको छ। तेस्रो नम्बरमा जनता समाजवादी पार्टी (जसपा), त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) देखिएको छ।प्राप्त मत परिणाम अनुसार क्षेत्र नम्बर २ मा सबैभन्दा बढी काँग्रेसको १८ हजार ३७ मत रहेको छ। यसैगरी एमालेको १५ हजार ४ सय ७८, जसपाको १३ हजार ८ सय ९ र राप्रपाको ८ हजार ४ सय ९४ मत रहेको छ। नेकपा (माओवादी केन्द्र) को ६ हजार ८ सय ५९, नेकपा (एकीकृत समाजवादी)को ८ सय २१ र लोसपाको ५ सय ६४ मत रहेको छ।