परराष्ट्र मन्त्री डा. नारायण खड्काले गठबन्धनको तर्फबाट उदयपुर निर्वाचन क्षेत्र १ मा चौथो पटक उम्मेददवारी दिएका छन्। यसअघि ३ पटक लगातार चुनाव जितिसकेका खड्काले आउँदो मंसिर ४ गते हुने चुनावमा अन्य १५ जनासँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
आइतबार दिउँसो ३ः५० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका खड्काले आफू पुनः भारी मतका साथ जित्ने दाबी गरेका छन्। मनोनयनपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै डा. खड्काले यसअघि ‘ह्याट्रिक’ गराइसकेका निर्वाचन क्षेत्रबासी जनताले आफूलाई यसपटक पनि उत्तिकै माया गरेर जिताउने अपेक्षा गरे।
‘म यसअघि ३ पटक यहीँ क्षेत्रबासीले जिताइसकेको मान्छु , अहिले झन् माया गर्ने जनताको संख्या बढेको छ’ गठबन्धनबाट हौसिएका खड्काको भनाइ थियो ‘मलाई पूर्ण विश्वास छ यसपटक त्यो भन्दा बढी मत दिएर जिताउनुहुनेछ।’ डा. खड्काले उदयपुर १ लाई ३ पटक सांसद र २ पटक मन्त्री भएर सेवा गर्ने मौका पाइरहेको र अझ त्यसले निरन्तरता पाउने विश्वास पनि लिएका छन्।
खड्कासँगै गठबन्धनबाट काँग्रेसका उदयपुर सभापति तथा प्रदेश १ का भौतिक तथा सहरी विकासमन्त्री हिमाल कार्कीले प्रदेश १ (ख) बाट माओबादीका राजन किराँती (बासु) ले (क) बाट उम्मेदवारी दिएका छन्। गठबन्धनका उम्मेदवारहरु सबै सँगै निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत धनबहादुर कार्कीले बताए।
कार्कीका अनुसार उदयपुर १ मा प्रतिनिधिसभामा डा. खड्कासहित १६ जनाले मनोनयन गरेका छन्। एमालेबाट पोलिटव्युरो सदस्य मञ्जुकुमारी चौधरीले स्पर्धा गर्दैछिन्। चौधरी यसअघि डा. खड्काबाटै पराजित भएकी हुन्। ०७० को चुनावमा उदयपुरमा ३ वटा निर्वाचन क्षेत्र हुँदा डा. खड्का १ र चौधरी २ बाट संविधानसभा सदस्य जितेका थिए। त्यसबेला चौधरी राज्यमन्त्रीसमेत भएकी थिईन्। ०७४ मा दुई क्षेत्रमा सीमित भएपछि डा. खड्का र चौधरीबीचको प्रतिस्पर्धामा खड्का झिनो मतले विजयी भएका थिए।
१ नं. मा १६ जनाको उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा भने काँग्रेसका डा. खड्का र एमालेकी चौधरीबीच नै हुने चुनावी आँकलन छ। १ लाख ३५ हजार ३ सय १५ मतदाता रहेको सो क्षेत्रमा झण्डै ८० हजार मत खस्ने आँकलन गरिएको छ।