उदयपुरमा संघ र प्रदेश दुवैतर्फ माओवादीका आकांक्षी सिफारिस
२३ भदौ २०७९
•
३ मिनेट पाठ
उदयपुरमा संघ र प्रदेश दुवैतर्फ माओवादीका आकांक्षी सिफारिस
सिफारिस भएका संघतर्फका सुरेशकुमार राई, भेषकुमारी राउत र राजन किराती।
नेकपा (माओवादी केन्द्र) उदयपुरले आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा चुनावका लागि आकांक्षीको नाम टुंग्याएको छ। पार्टीको केही दिन अघिकै बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको आकांक्षीको नामा टुंग्याएको हो। 




प्रतिनिधिसभातर्फ २ क्षेत्र र प्रदेशतर्फ ४ सदस्य छानिने उदयपुरमा निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष र समानुपातिकमा गरी ५ जनाको नाम सर्वसम्मत सिफारिस भएको छ। बैठकले प्रत्यक्षतर्फ मीनबहादुर ज्युठकुरी र किरण राईको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ खगेन्द्र खड्का, दिलकुमार पुलामीमगर र सागर बिकको नाम सिफारिस भएको पार्टीको १ नं. निर्वाचन क्षेत्रीय कमिटी इन्चार्ज राजन किराती (बासु) ले बताए। त्यसैगरी १ को (क) का लागि प्रत्यक्षतर्फ ४ र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको पार्टीले जनाएको छ। 

प्रत्यक्षतर्फ राजन किराती (बासु), मणि खम्बु (रिवासी), रमण भट्टराई र मनोज तामाङको नाम सिफारिस भएको छ। रिवासी ०६४ मा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य तथा केन्द्रीय सदस्यसमेत हुन् भने बासु ०६४ र ०७० दुवै संविधासभा चुनावमा पराजित उम्मेदवार हुन्। समानुपातिकतर्फ सम्झना तामाङ (योद्धा), देवनारायण चौधरी, श्याम श्रेष्ठ, गंगासरी राई, खड्गबहादुर बिक, रामकुमार कम्मर र ललित राईको नाम सिफारिस भएको छ। त्यसैगरी प्रदेश १ (ख) का लागि प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ। 

प्रत्यक्षतर्फ बिमल किराती, मानबहादुर राई र पदम दाहालको नाम पठाउने निर्णय भएको छ भने समानुपातिकतर्फ द्रोण पौडेल (निरज), गीता खड्का कार्की, कुरुङ राई, अमृता राई, कमला राई र रुपा तामाङको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ। उता निर्वाचन क्षेत्र २ मा पनि संघ र प्रदेशतर्फका आकांक्षीहरुको नाम सिफारिस भईसकेको पार्टीले जनाएको छ। संघतर्फ प्रत्यक्षमा सुरेशकुमार राई (हिमाल), मोहन खत्री (दिपक), भेषकुमार राउत (कोपिला), नारायण बुर्जामगर र बिनोद कटुवाल (दिवश) को नाम सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय कमिटी इन्चार्ज मोहन खत्रीका अनुसार प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सर्वसम्मत नाम सिफारिस भएको हो।

समानुपातिकतर्फ ५ जनाको नाम सिफारिस भएको खत्रीले बताए। प्रतयक्षतर्फ नाम सिफारिस भएकाहरुमध्ये राई ०७४ मा प्रत्यक्ष निर्वाचित संघीय सांसद तथा पार्टी पोलिट्ब्युरो सदस्यसमेत हुन्। त्यसैगरी खत्री ०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित तथा पूर्व केन्द्रीय सदस्यसमेत हुन्। त्यस्तै राउत ०७० को चुनावमा समानुपातिकतर्फ संविधानसभा सदस्य तथा बैकल्पिक केन्द्रीय सदस्य हुन्। 

प्रदेशतर्फ २ (क)बाट नारायण बुर्जामगर, एबिराज राई, खड्ग थापामगर, कृष्ण निरौला र देव गिरीको नाम सिफारिस भएको छ। त्यस्तै २ (ख) बाट भेषकुमारी राउत, हेम दाहाल, केदार कोइराला र मणिराज दाहालको नाम सिफारिस भएको छ। २ (ख)बाट ०७४ को चुनावमा पार्टीकै उम्मेदवार भए पनि स्वतन्त्र भएर भर्याङ चुनाव चिन्हबाट निर्वाचित सांसद नारायण बुर्जामगर र संविधानसभा सदस्य भेषकुमारी राउत यस पटक प्रत्यक्षतर्फ संघ र प्रदेश दुवैतिर सिफारिसमा पर्ने भाग्यमानी नेतामा गनिन पुगेका छन्। 

समानुपातिकतर्फ २ (क) र (ख) दुवै प्रदेशका लागि ५–५ जनाको नाम सिफारिस भएको इन्चार्ज खत्रीले बताएका छन्। (ख) मा मीना पराजुली कोईराला, भगवति खनाल (निशा), जिमला पौडेल, सुमित्रा लामा पोखरेल र काजीलाल दनुवारको नाम सिफारिस भएको छ। माओवादीसँगै नेपाली काँग्रेस, एमाले, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी तथा जनमोर्चाले पनि निर्वाचनक्षेत्रबाट गर्नुपर्ने सिफारिस टुंग्याईसकेको जनाएका छन्। 

तर, उनीहरुको क्षेत्रीय कमिटीको सिफारिसलाई जिल्ला समितिले अन्तिम रुप दिन बाँकी रहेको बताइएको छ। माओवादीको भने जिल्ला समन्वय समिति अधिकार विहीन भएकाले स्थानीयतह, प्रदेश र संघीय निर्वाच कमिटीकै निर्णय मान्य हुने पार्टीका प्रदेश कमिटी सदस्य द्रोण पौडेल (निरज)ले बताएका छन्। 
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस