मतदाता नामावली अद्यावधिकको क्रममा ताप्लेजुङबाट करिब एक हजार पाँच सय जनाको नामावली हटाईएको छ।
जिल्ला निर्वाचन कार्यालयले गरेको अद्यावधिक पछि ८९ हजार १ सय ४१ मतदाता भएका छन्। मतदाता नामावली अद्यावधिक पछि यहाँ गत स्थानीय तहको निर्वाचनका बेलामा भन्दा मतदाता घटेका छन्। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ ८९ हजार ६ सय ८० मतदाता कायम भएका थिए। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार मृत्यु भएका ९ सय २० जनाको नामावली हटाइएको छ। यस्तै दोहोरो नामावली भएका ५ सय ७४ जनाको र दावी बिरोध उजुरी उपर कारवाही गरी ५ जनाको नामावली हटाइएको छ। यसो गर्दा १ हजार ४ सय ९९ जनाको नामावली हटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालले निर्वाचन आयोगले सफ्वेयरमार्फत अन्तिम नामावलीको गृहकार्य गरिरहेकोले एकिन तथ्याङ्क भने आउन बाँकी रहेको जानकारी दिए। स्थानीय तहको निर्वाचन पछि असार १ गते देखि साउन १९ गते सम्म मतदाता नामावली संकलनको कार्य भएको थियो। सो संकलन पछि ९० हजार ६ सय ४० मतदाता नामावली भएको भनिएकोमा अद्यावधिकको क्रममा ६ जनाको त्रुटी सच्याईएको र एकै वडाभित्रका ४ जनाले मतदानस्थल परिवर्तन गरेको समेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।