आउँदो मंसिर ४ गते घोषणा भएको प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि नेकपा (माओवादी केन्द्र) खोटाङले आकांक्षीहरुको नाम सिफारिस गरेको छ। केन्द्रीय अनुशासन आयोग संयोजक टंक राईको प्रमुख आतिथ्यमा भदौ २० र २१ गते दिक्तेलमा दुईदिन बसेको बैठकले प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ आकांक्षीहरुको नाम तोकेको हो।
प्रतिनिधिसभामा एउटा मात्र निर्वाचनक्षेत्र रहेको खोटाङमा प्रत्यक्षतर्फ ४ जना तथा समानुपातिकमा २ गरी ६ जनाको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे (आकाश)ले बताए। उनका अनुसार प्रत्यक्षतर्फ अनुशासन आयोग संयोजक टंक राई र केन्द्रीय सदस्यहरु समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राईको नाम सिफारिस भएको छ।
त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि २ जनाको नाम परेको छ भने प्रदेशसभातर्फ १४ जनाको सिफारिस भएको छ। जस अनुसार प्रदेश प्रतिनिधिसभातर्फ कमिटी सदस्य टंकनाथ तामाङ र जिल्ला समन्वय समिति सदस्य पर्शुराम बिकको नाम सिफासि भएको संयोजक आकाशले बताए ।
प्रदेशसभा क) का लागि प्रत्यक्षमा ४ र समानुपातिकमा ६ गरी १० जनाको नाम सिफारिस हुँदा ख) मा प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ८ गरी ११ जनाको नाम पठाइएको छ। प्रत्यक्षतर्फ सिफारिसमा पर्नेहरुमा जीवन राई, हस्तमाया राई, विकास राई र सीताराम अधिकारी रहेका छन्। त्यस्तै समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी बराईली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम परेको उनले बताए।
त्यस्तै ख) मा प्रत्यक्षतर्फ ध्रुब बुढाथोकी (धीरेन), देवान चामलिङ (पृथ्वी) र दिपक पाण्डे (आकाश) को नाम सिफारिस गर्ने निर्णय भएको छ। समानुपातिकमा निशाना राई, कल्पना चामलिङ, बिनिता राई, डा. विष्णु राई, नबल खड्का, नरेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्बिकारको नाम सिफारिस भएको उपाध्यक्ष पृथ्वीले बताए।
गत ०७४ को निर्वाचनमा एमाले र माओवादीको गठबन्धनबाट खोटाङमा प्रतिनिधिसभामा विशाल भट्टराई र प्रदेशमा रामकुमार राई र राजेन्द्र राई (पासाङ) निर्वाचित भएका थिए। भट्राई एमालेका हुन् भने हाल प्रदेश खानेपानी तथा सिंचाई मन्त्रीसमेत रहेका पासाङ माओबादीका हुन्। त्यसबेला एमालेबाट निर्वाचित अर्का प्रदेश मन्त्री राजेन्द्र राई भने हाल नेकपा (एकीकृत समाजबादी)मा छन्।