त्रियुगा नगरद्वारा सय दिनका २९ उपलब्धि सार्वजनिक
२१ भदौ २०७९
•
५ मिनेट पाठ
त्रियुगा नगरद्वारा सय दिनका २९ उपलब्धि सार्वजनिक
पत्रकार सम्मेलनमा त्रियुगा नगरप्रमुख बस्नेत (बीच) र उपप्रमुख राई तथा प्रमुख प्रशासकीय अधिकृत वन। तस्विरः महेश्वर/नागरिक
सदरमुकाम त्रियुगा नगरपालिकाले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिनभित्र भएका उपलब्धिहरु सार्वजनिक गरेको छ। सोमबार दिउसो नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले पदभार सम्हालेको सयदिनभित्र भए गरेका २९ वटा उपलब्धिहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।  




नगरपालिकाले प्रस्तुत गरेको प्रगति विवरण अनुसार अधिकतर योजनाहरु अघिल्लो कार्यकालले गरेकै कामहरुलाई निरन्तरता दिएको उल्लेख छ। नगरप्रमुख बस्नेतले कार्यभार सम्हालेको १ सय दिनमा धेरै उपलब्धिका कामहरु गरेको बताउँदै ५ वर्षभित्र नगरबासीलाई समृद्ध र सुखी बनाउने दावी गरे। कार्यभार सम्हाल्नासाथ नगरबासीको सेवामा प्रतिबद्ध हुँदै यो अवधिभित्र ‘आमाको स्वास्थ्य’ अन्तर्गत बैकल्पिक उर्जा प्रबद्र्धन कार्यक्रममार्फत खानेपानी र सिंचाई तथा उर्जा मन्त्रालय प्रदेश १ बाट ३ सय २५ तथा नगरपालिकाबाट २ सय ६६ गरी ५ सय ११ वटा विद्युतीय (इन्डक्सन) चुल्हो बितरण गरिएको बताए।  

नगरपालिकाभित्रै शिसु स्याहार केन्द्र, महिला शौचालयमा अनिवार्य सेनिटरी प्याड राख्नेदेखि बृद्धबृद्धा, अशक्त र अपाङ्तालाई सहयोग पुर्‍याउन वडा कार्यालयमार्फत घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको जानकारी दिए। जस अन्तर्गत (क) बर्गका अपाङ्गता भएकाहरु २२, (ख) बर्गका २७, (ग) बर्गमा ५ र (घ) बर्गमा ५ गरी ५९ जनालाई सय दिनभित्र परिचयपत्र बितरण गरी भत्ता दिइएको छ।  

मेयर बस्नेतका अनुसार चालुवर्ष सुरुदेखि नै त्रियुगाले सबै भुक्तानी विद्युतीय भुक्तानी प्रणाली (इ–पेमेन्ट सिस्टम)मार्फत गर्न थालेको, स्थानीय शासन सुदृढिकरण कार्यक्रम अन्तर्गत पछि परेको मुसहर समुदायलाई अगाडि सार्न ‘मुसहर समुदायको सर्वाङ्गिण विकास परियोजना’ सञ्चालनमा ल्याइएको छ। चालु वर्षकै बजेटबाट नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्न ३ करोड बिनियोजन गरी ठेक्का सम्झौता भईसकेको तथा विश्व बैंकको १ अर्ब अनुदानमा मदन भण्डारी लोकमार्गसँग जोडिएको गाईघाट बजारक्षेत्रको १० किलोमिटर सडक कालोपत्रे गर्न डिजाईन सुपरभिजन कन्सल्टेन्ट कार्यको सम्झौता अन्तिम चरणमा पुगेको कुरालाई पनि नगरपालिकाले ‘सय दिने उपलब्धि’ मानेको छ।  

कुनै पनि बेला भईपरि आउने बिपतको दीगो र दीर्घकालीन व्यवस्थपन गर्न छिमेकी स्थानीयतहहरु रौतामाई गाउँपालिका र चौदण्डीगढी नगरपालिकासँगको साझेदारीमा एकीकृत बिपत व्यवस्थापन केन्द्र स्थापना गर्ने तयारी भएको, वर्षातको समयमा घर आवास र कृषियोग्य जमिन कटान हुन नदिन प्रत्येक वडामार्फत तारजाली उपलब्ध गराई बिपत रोकथाम कार्य गरेको पनि मेयर बस्नेतको दावी छ। ‘सहरी सौन्दर्यकरण कार्यक्रम’ अन्तर्गत गाईघाट बजारको मुख्य सडकको डिभाईडरहरुमा दुवो रोपेको, सडक पेटीमा राखिएका फलफुल तथा तरकारी पसल नगर प्रहरी कार्यालय परिसरमा एकीकृत थलो बनाई स्थानान्तरण गरेको तथा सडक मिचेर बनाइएका अनधिकृतट घर टहरा भत्काएर सफाई अभियान चलाइएको कुरा पनि नगरपालिकाको सय दिने उपलब्धी मानिएको छ। 

त्यसैगरी नगरबासीलाई उपचार गर्न सहज बनाउन वडा नं. ७ स्थित संगम समाज नेपाललाई १ थान एम्बुलेन्स हस्तान्तरण गरेको, वडा नं. ५ को देउरीस्थित स्वास्यचौकीलाई ग्रामिण अल्ट्रसाउण्ड उपकरणलगायत विभिन्न स्वास्थ्य सामग्री बितरण गर्ने काम पनि सय दिनभित्र भएको छ।  

नगरपालिका भए पनि सञ्चार नेटवर्कको समस्या हुने गरेको वडा नं. ५ को दमौटी र ६ को घनचक्रेमा दुई वटा नेपाल टेलिकमको टावर यही बीचमा निर्माण गरेको, उपभोक्ता समितिमार्फत निर्माण हुने हरेक योजाहरुमा १५ प्रतिशत जनसहभागिता अनिवार्य गरिएको तथा त्रियुगाभित्र कार्यक्षेत्र बनाएका पत्रकार, गरिव, बिपन्न र सीमान्तकृत समुदायलाई स्वास्थ्य बिमा गर्न ५० प्रतिशत अनुदानको व्यवस्था गरेकोलाइ पनि मेयर बस्नेतले उपलब्धी मानेका छन्।  

यसअघि नगरपालिकामै हाजीर गर्दै जागीर खादै आएका प्राविधिक कर्मचारीलाई ‘एक वडा, एक प्राविधिक’ भन्ने नाराका साथ हरेक वडामा खटाएर सडक बत्ती बिस्तार र नियमित गर्न थालेको, चालु वर्षदेखि ९ लाखसम्मको योजना निर्माणमा उपभोक्ता समिति गठन, योजनाको प्राविधिक अनुगमन र मूल्याङ्कनसम्मको अधिकार वडालाई नै प्रत्यायोजन गरेको छ। ऐलानी जग्गा व्यवस्थापनका लागि १५ वटै वडा प्रत्येकलाई ५ लाख बजेट दिएर जग्गाको लगत संकलन गर्न अधिकार दिइएको छ। त्रियुगा ३ को रामजानकी मन्दिरको नाममा रहेको १५ कठ्ठा जमिनमा तरकारी तथा फलफुल पसल, १३ नंं. को फुलजोरमा डम्पिङसाईट निर्माण, १६ वटै वडामा मेलमिलाप केन्द्र खोल्नुलाई पनि नगरले सय दिनको उपलब्धिको परिभाषाभित्र पारेको छ।  

वडा नं. ७ मा खानेपानी योजना अन्तर्गत पाईपलाईन बिस्तार र ट्यांकी निर्माण गरी सुद्ध खानेपानी वितरण थालिएको, ‘हेल्लो उपमेयर’ कार्यक्रम अन्तर्गत मानसिक अवस्था कमजोर भएका ५ जनालाई मनोबिमर्श तथा स्वाथ्य उपचार गरी परिवारिक पुनरमिलन गराइएको छ। ४ नं. वडाको बगाहामा लगानी बोर्ड र नगरपालिकाको साझेदारीमा मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको कुरालाई पनि नगरपालिकाले सय दिनको उपलब्धि मानेको छ।  

कार्यक्रममा पत्रकारहरुलाई स्वागत गर्दै उपमेयर महेश्वरी राईले त्रियुगा सदरमुकाम र जिल्लाकै अगुवा र ठूलो नगरपालिका भएको हुनाले यसलाई सुन्दर, सफा, हराभरा र राम्रो नगर बनाउने जिम्मा पाएर आफूहरु अघि बढिरहेको बताईन्। उनले जनप्रतिनिधिको प्रयासमा पत्रकार र नागरिक समाज, अधिकारकर्मी, राजनीतिक दलहरु सबै मिलेर साथ दिन आग्रह गरिन्।  

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले त्रियुगालाई विकसित र सफल नगरपालिका बनाउन मेयर, उपमेयरलगायत सम्पूर्ण जनप्रतिनिधिसहित आफु नेतृत्वको कर्मचारी समूह लागी पर्दै आएको बताए। उनले सेवाग्राहीको काम छिटो छरितो तवरले गर्दै चुस्त, दुरुस्त, पारदर्शी र भ्रष्टाचारमुक्त नगरपालिका बनाउन पत्रकारहरुबाट महत्वपूर्ण भूमिकाको अपेक्षा गरेको बताए। आगामी दिनमा नगरलाई के कसरी अघि बढाउँदा राम्रो हुन्छ भन्ने सुझाव सल्लाहको अपेक्षा गरेको पनि अधिकृत बनले बताए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
५ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस