प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य
२१ भदौ २०७९
•
३ मिनेट पाठ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण अझै गोप्य
शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैंले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी  (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) बाट आठ नयाँ थपिने क्रममा सात मन्त्री बिदा भएका थिए। बिदा भएका मन्त्री हुन् वा अहिले बहालवाला, कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।  




प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले प्रधानमन्त्री र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भएको बताए। ‘तर कानुनअनुसार सम्पत्ति विवरण गोप्य राखेका हौं,’ उनले भने। सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्न सक्छ कि सक्दैन भन्ने विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘यसबारे मैले बुझेको छैन तर कानुनअनुसार नै विवरण गोप्य राखिएको हो।’  

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले भने, ‘कानुनले सम्पत्ति विवरण सार्वजनिक गर पनि भन्दैन नगर पनि भन्दैन। सार्वजनिक गर्ने÷नगर्ने नैतिकताको विषय हो।’  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा प्रधानन्त्रीलगायत २४ मन्त्रीकै सम्पत्ति विवरण प्राप्त भएको जनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा प्रधानमन्त्री र मन्त्रीले पद बहाल भएको ६० दिनभित्र र त्यसपछि आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र तोकिएको निकायमा सम्पत्ति विवरण पेस गर्नुपर्ने व्यवस्था छ। ऐनको यो प्रावधानअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूको सम्पत्ति विवरण बुझाइएको दाबी गरे पनि सार्वजनिक भने गरिएको छैन।  

२०४६ सालको आन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वमा गठित पहिलो सरकारले ‘प्रधानमन्त्री र मन्त्रीले पद बहाल गरेको १५ दिनभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछन्’ भनी पहिलो निर्णय गरेको थियो, त्यतिबेला देउवा गृहमन्त्री थिए। गृहमन्त्रीको हैसियतले उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। त्यसपछि निर्माण भएका सबै सरकारले सम्पत्ति विवरण सार्वजनिक गरे पनि २०६९ चैतमा खिलराज रेग्मी नेतृत्वमा गठित सरकारका सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेनन्। ‘रेग्मी सरकारपछि गठित सरकारका प्रधानमन्त्री र मन्त्रीहरूमध्ये कसैले विवरण सार्वजनिक गरे, कसैले गरेनन्,’ पूर्वमुख्यसचिव कोइरालाले भने ।

२०७४ सालमा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारमा ओलीसहित अन्य मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो।  

तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले चाहिँ आफ्नो सम्पत्ति विवरण आफैं सार्वजनिक गरेका थिए। ओली सरकारमा सुरुमा नियुक्त भएका मन्त्रीले सार्वजनिक गरे पनि पछि थपिएकाहरू भने विवरण सार्वजनिक नगरी नै बिदा भएका थिए।  

ओली सरकारको पालामा २०७५ असार २० गते राजपत्रमा सूचना प्रकाशित गरी ‘प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनुपर्छ’ भनी उल्लेख गरिएको थियो। तर, त्यसरी बुझाइएको सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयमा भने राजपत्रमा उल्लेख थिएन।  
अर्को समाचार
तीन महिना बित्यो, खै मन्त्रीको सम्पत्ति विवरण
२१ कार्तिक २०७३
•
५ मिनेट पाठ
तीन महिना बित्यो, खै मन्त्रीको सम्पत्ति विवरण
फाइल तस्बिर ।
काठमाडौं- नयाँ सरकार गठन भएको तीन महिना बितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छैन । नियुक्त भएको ६० दिनभित्र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुनी प्रावधान छ । तर, ९० दिन बित्दा समेत पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति विवरण गोप्य छ । दाहाल नेतृत्वको सरकार साउन २० गते गठन भएको हो ।




अहिलेसम्म प्रधानमन्त्रीलगायत करिब २० मन्त्रीको मात्र सम्पत्ति विवरण प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । हाल सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री गरी ३१ जना छन् ।

मन्त्रिपरिषद् बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरिनसकेकाले गोप्य राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता दामोदर रेग्मीले बताए । उनले भने, ‘केही मन्त्रीज्यूको सम्पत्ति विवरण आइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।’ सामान्यतया व्यक्तिगत सम्पत्ति विवरण गोप्य राख्ने गरिएको छ । त्यसैले निजामती कर्मचारीको सम्पत्ति विवरण गोप्य राखिन्छ । मन्त्रीहरूको हकमा मन्त्रिपरिषद्ले निर्णय गरेर सार्वजनिक गर्ने व्यवस्था छ । केही मन्त्रीहरूको नियुक्ति ढिलो भएको हुँदा सम्पत्ति विवरण आउने क्रम जारी रहेको प्रवक्ता रेग्मीले बताए ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने परिपाटी बसालेको थियो । प्राप्त सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले  आफ्नो वेबसाइटमा राख्ने गर्छ । यसअघिका प्रधानमन्त्री, मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त हुनासाथ पालैपालो वेबसाइटमा राखिएको थियो ।

रेग्मीले केही दिनभित्र प्रधानमन्त्रीलगायत मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमा राखिने बताए । उनले भने, ‘प्रधानमन्त्री र केही मन्त्रीले नियुक्ति भएको ६० दिनभित्रैमा बुझाउनुभएको छ ।’ यो विषय प्रशासनिकभन्दा फरक भएकाले मन्त्रिपरिषद्को निर्णय कुर्नुपरेको उनको भनाइ छ ।

आफूले सुरुमै सम्पत्ति विवरण बुझाएको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले बताए । सूचना तथा सञ्चारमन्त्री कार्कीले यो विषय सरकारको प्राथमिकतामा नपरेका कारण मन्त्रिपरिषद्ले निर्णय गर्न ढिलाइ गरेको स्वीकार गरे । उनले भने, ‘अर्जेन्टभित्र नपरे ढिलो हुने हाम्रो प्रचलन नै हो ।’ जनताले आवाज उठाएनन् भने यस्ता कुरामा ढिलाइ हुने गरेको कार्कीले बताए ।

मन्त्री कार्कीले भने, ‘व्यक्तिगत रुपमा बुझाउनुपर्ने भएकाले अरुले के गरे, जानकारी छैन । यसरी सरोकार राखिदिएपछि हामी मन्त्रिपरिषद्बाट छिट्टै निर्णय गरी सार्वजनिक गर्नेछौं ।’ गत वर्ष बहालवाला मन्त्री, पूर्वमन्त्री, सांसदसहित करिब २४ हजार कर्मचारीलाई नियमअनुसार सम्पत्ति विवरण नबुझाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

सम्पत्ति विवरण समयमा नबुझाए सार्वजनिक पदमा बसेर अकुत सम्पत्ति कमाएको ठानेर कारबाही गरिने व्यवस्था भ्रष्टाचार निवारण ऐनमा छ । तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा पाँच हजार जरिवाना बुझाउनुपर्छ । जरिवाना पनि नबुझाएमा सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन हुने व्यवस्था छ ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस