नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ मोरङको क्षेत्र नम्बर ५ बाट केन्द्रीय सदस्य अमृत अर्याल र पूर्व आमन्त्रीत केन्द्रीय सदस्य हसन अन्सारीको नाम सिफारिस गरेको छ। कांग्रेस क्षेत्रनम्बर ५को बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ अर्याल र अन्सारीको नाम सिफारिस गरेको हो।
अर्याल यस अघिको प्रनिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्रनम्बर ५ बाटै निर्वाचन लडेका थिए। उनि माओवादी केन्द्रका नेता शिवकुमार मण्डलसँग पराजित भएका थिए। यस्तै समानुपातिकतर्फ फूलकुमार लालवानी, कमला श्रेष्ठ, दिनानाथ आचार्य, जयनाथ मण्डल, सुनकुमारी कार्की र रञ्जितकुमार झाको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेश (क) को प्रत्यक्ष तर्फ राजेश गुप्ता, सुदर्शन ठकुरी र फैयाज रयनको नाम प्रदेशसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको हो। यस्तै प्रदेश (ख)को प्रत्यक्ष तर्फ गयानन्द मण्डल, हरिलाल सिंह र सुकदेव सिंहको नाम सिफारिस गरेको छ। प्रदेशको समानुपातिकतर्फ भने प्रदेश (क) बाट ९ जना र प्रदेश (ख) बाट १९ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस क्षेत्रनम्बर ५ समितिले जनाएको छ।