रुबीभ्यालीमा अनियमितताको चाङ
१५ साउन २०७९
•
६ मिनेट पाठ
रुबीभ्यालीमा अनियमितताको चाङ
धादिङको रुबीभ्याली गाउँपालिकामा बेथितिको चाङ लागेको छ। महालेखा परीक्षकको कार्यालयको ५९औं प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) अनुसार रुबीभ्यालीमा प्रशासनिक कामकारबाहीमा बेथिति र अनियमितताको चाङ देखिएको हो।  




प्रतिवेदनअनुसार गाउँपालिका कार्यालयले किनेका भौतिक सामग्री कार्यालयमा भेटिँदैनन्, सामाजिक सुरक्षा भत्ता वितरणमा पनि चरम लापरबाही भएको छ। सार्वजनिक सेवा प्रदायकहरू तथा सरकारी कार्यालय विधिविधान र नियमसम्मत चलेको देखिन्न। कर्मचारीको लापरबाही र जनप्रतिनिधिको उदासीनताका कारण पालिकास्थित अधिकांश सरकारी कार्यालयमा बेथिति मौलाएको प्रतिवेदनमा उल्लेख छ।  

तत्कालीन जनप्रतिनिधिहरूको मिलेमतो र मौनताले कार्यालयमा हुने बेथिति र अनियमिततालाई बढावा दिएको जानकार बताउँछन्। गाउँपालिकाको केन्द्र सेर्तुङको अवइगाउँ र जिल्ला सदरमुकाम धादिङबेंसीको सम्पर्क कार्यालय सञ्चालन हुने यस पालिकामा महालेखाले आंैल्याएका बेथिति र अनियमितताका चाङ पल्टाएर हेरिनसक्नु छन्।

गाउँपालिकाले २०७८ भदौ १७ गते पेस गरेको जिन्सी निरीक्षण प्रतिवेदनअनुसार मूल्यसमेत नखुलेको ल्यापटप, रिभल्बिङ कुर्सी आठ थान, टी टेबल एक थान, थाल १७ थान, गिलास १४ थान, कचौरा १३ थान, इलेक्ट्रिक कित्ली नौ थान, सोलारपाता एक थान, सोलार ब्याट्री एक थान, इन्भर्टर एक थानलगायत औजार तथा उपकरण कार्यालयमै नभेटिएको महालेखाको प्रतिवेदनले औंल्याएको छ।

नगदी रसिदबाटै रकम झ्वाम

गाउँपालिकाका विभिन्न वडा कार्यालयबाट तत्कालीन समयमा काटिएका नगदी रसिद र मालपोत रसिदबाट ८ लाख १८ हजार ४ सय १० रूपैयाँ राजस्व दाखिला हुनुपर्नेमा ६ लाख ३४ हजार ३ सय ९१ मात्र भएको छ। नगदी रसिद काटेर पनि पालिकाको खातामा दाखिला नभएको १ लाख ८४ हजार १९ रूपैयाँ कसको खल्तीमा गयो भनी महालेखाले प्रश्न उठाएको छ। पालिकाबाट ककसले नगदी रसिद बुझिलिएको र फिर्ता गरेको या नगरेको भन्ने रेकर्ड पनि छैन। वडा नम्बर ३ का तत्कालीन सदस्य गमाङ तामाङले १२०१ देखि १२५० सम्मको नगदी रसिद फिर्ता गरेको तर रसिदबाट संकलन भएको १५ हजार ५० रूपैयाँ राजस्व पालिकाको खातामा दाखिला नगरेको पाइएको छ। तत्कालीन अवस्थामा गाउँपालिकाबाट नगदी रसिद बुझेर पनि त्यसको विवरण नबुझाउनेमा वडा नम्बर १ का अध्यक्ष मीनबहादुर घले, वडा नम्बर २ का अध्यक्ष पेम्बा घले, ६ का अध्यक्ष नरमान गुरुङ, शिक्षा अधिकृत सन्तोष खनाल, वडा सचिव ललिता निरौला र सामाजिक परिचालक धनबहादुर तामाङ छन्।

मिलेमतोमा बढी रकम भुक्तानी

गाउँपालिकाले लब्दी पुरुङ सडक निर्माण कार्य गर्ने ब्रगरदेवी निर्माण सेवालाई ६ लाख २ हजार ७ सय २१ भुक्तानी दिनुपर्नेमा ७ लाख ३७ हजार ९ सय २ दिएको देखिएको छ। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा निर्माण कम्पनीलाई १ लाख ३५ हजार रूपैयाँभन्दा बढी भुक्तानी गरिएको छ। प्राविधिक रिपोर्टअनुसार भुक्तानी दिनुपर्नेमा जनप्रतिनिधिकै मिलेमतोमा बढी दिइएको स्थानीय बताउँछन्। बढी भुक्तानी दिइएको रकम सम्बन्धित निर्माण व्यवसायीबाट असुल गर्न महालेखाले निर्देशन दिएको छ।  

सामाजिक भत्तामा अनियमितता

रुबीभ्यालीमा एउटै नाम, एउटै नागरिकता नम्बर र जन्ममितिसमेत एउटै भएका दुईभन्दा बढी व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ। प्रतिवेदनअनुसार एउटै नागरिकता नम्बर, नाम र जन्ममिति भएका नौजनालाई २ लाख ९३ हजार ९ सय रूपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो।  

रुबीभ्यालीमा बैंकमार्फत नभई वडाध्यक्ष र सचिवले भत्ता वितरण गरेको देखिएको छ। भत्ता पाउने केही व्यक्तिको नाम, नागरिकता नम्बर र जन्ममितिसमेत एउटै देखिएकाले फर्जी कागज बनाएर रकम हिनामिना गरिएको आशंका छ। वडा सचिवले एक व्यक्तिलाई १ सय ४० जनाको हस्तेमार्फत एकमुष्ट भत्ता बुझाएको लेखापरीक्षणका क्रममा भेटिएको छ।  

यस्तै सामाजिक सुरक्षा भत्ताअन्तर्गत १० लाख ५१ हजार २ सय रूपैयाँ अघिल्लो आव २०७६/७७ को भुक्तानी गरेको पनि नियमसंगत नदेखिएको महालेखाले जनाएको छ। ८८ जना लाभग्राहीको ९ लाख ८५ हजार ९४ रूपैयाँ दोहोरो नागरिकता नम्बर राखेर भुक्तानी गरिएकाले छानबिन गर्न निर्देशन दिइएको छ। सामाजिक सुरक्षा भत्तामा भएको अनियमितताबारे वडाध्यक्ष र वडा सचिवसँग बुझेर मात्रै प्रतिक्रिया दिने गाउँपालिकाका तत्कालीन अध्यक्ष चेरुङ तामाङले बताए।  

दोहोरो भत्ता

गाउँपालिका तत्कालीन अध्यक्ष चेरुङ तामाङ र उपाध्यक्ष बिना लामाले फिल्डमा रहेको भनेर भत्ता बुझेकै दिन कार्यालयमा पनि बैठक राखेर भत्ता बुझेको फेलापरेको छ। एकैदिन फिल्ड भत्ता पनि खाने र कार्यालयमा बैठक देखाएर पनि भत्ता लिएपछि दोहोरो भत्ता लिएको ६ हजार ३ सय ७५ रूपैयाँ तत्कालीन अध्यक्ष तामाङ र उपाध्यक्ष लामाबाट असुल गर्न महालेखाले निर्देशन दिएको छ।गाउँपालिका तत्कालीन अध्यक्ष तामाङले भने चार/पाँच महिनाअघि नै असुलउपर गरिसकेको प्रतिक्रिया दिएका छन्।  

लेखापरीक्षणका क्रममा कार्यालयकै एक कर्मचारीले २०७८ असार मसान्तमा ४० हजार रूपैयाँ बिमा गर्न भनेर बुझिलिएको तर कुनै पनि साधन, उपकरण र जिन्सी सामानको बिमा गरेको प्रमाण फेलापरेको छैन। लेखापरीक्षण गराउने बेलासम्म पनि बिमा गरिएको प्रमाण पेस नगरिएको उक्त रकम बिमाका नाममा झ्वाम पारिएको आशंका छ।

सूचना छपाइमा ब्रह्मलुट

रुबीभ्याली गाउँपालिकामा आव २०७७/७८ मा विभिन्न सूचना तथा बोलपत्रको रकम कर्मचारीको मिलेमतोमा कुनै छुट नलिई भुक्तानी गरेको देखिएको छ। सामान्यतया १५ देखि २५ प्रतिशतसम्म छुट पाउने प्रावधान भए पनि कर्मचारीको मिलेमतोमा पुरै भुक्तानी गरी गाउँपालिकालाई ३ लाख १८ हजार ५ सय ३९ रूपैयाँ घाटा पु र्‍याएको प्रतिवेदनमा उल्लेख छ। आव २०७७/७८ मा चारवटा बोलपत्र र तीनवटा सूचना प्रसारणको भुक्तानी गाउँपालिकाले गरेको छ।

९ लाखको छैन पत्तो  

संघीय एवं प्रदेश सरकारको कानुन र कार्यविधिबमोजिम स्थानीय तहमा प्राप्त हुने ससर्त अनुदान खर्च नभए सोही निकायलाई फिर्ता गर्नुपर्ने प्रावधान छ। यसैअनुरूप आव २०७७/७८ मा रुबीभ्यालीलाई प्रदेश सरकारबाट २ करोड ७४ लाख ७७ हजार रूपैयाँ प्राप्त भएकोमा १ करोड ८८ लाख २५ हजार ५ सय २१ रूपैयाँ मात्रै खर्च भएको पालिकाले देखाएको छ। खर्च नभएर बाँकी रहेको ८६ लाख ५१ हजार ४ सय ७२ रूपैयाँ फिर्ता हुनुपर्नेमा ७७ लाख ३३ हजार ३ सय ४० मात्रै फिर्ता भएको छ बाँकी ९ लाख १९ हजार १ सय ३२ रूपैयाँ कता गयो खुलाइएको छैन। उक्त रकम न त पालिकाको खातामा देखाइएको छ न त फिर्ता गरिएको छ। महालेखाले उक्त रकम सम्बन्धित निकायमा फिर्ता गर्न गाउँपालिकालाई निर्देशन दिएको छ।

ठेकेदारलाई न जरिवाना न म्याद थप

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२१ मा सम्झौताबमोजिमको काम नभए निर्माण व्यवसायीले सार्वजनिक निकायलाई प्रतिदिन सम्झौता रकमको ०.०५ प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान छ। तर रुबीभ्यालीमा ठेकेदारले छुट दिएको पाइएको छ। म्याद थप गर्ने निवेदन र निर्णयसमेत नभएको अवस्थामा ठेकेदारलाई जरिवाना नगराएर गाउँपालिकालाई घाटा पु र्‍याएको महालेखाले जनाएको छ।

समग्रमा आव २०७७/७८ मा रुबीभ्याली गाउँपालिकामा ६ करोड ३६ लाख ६२ हजार रूपैयाँ बेरुजु देखिएको छ। जसमध्ये १७ लाख १९ हजार रूपैयाँ भुक्तानी लिएका पक्षहरूबाट असुलउपर गर्नुपर्ने देखिएको छ। प्रमाण कागजात पेस गरी रुजु गर्नुपर्ने ५ करोड २९ लाख २२ हजार रूपैयाँ देखिएको छ। त्यस्तै नियमित गर्नुपर्ने ७७ लाख ४९ हजार र पेस्की १२ लाख ७४ हजार रूपैयाँ छ। प्रतिवेदनअनुसार गत वर्षसम्मको ५ करोड ६४ लाख र यस वर्षको ६ करोड ३६ लाख ६२ हजार गरी रुबीभ्यालीमा १२ करोड १ लाख ४३ हजार रूपैयाँ बेरुजु देखिएको छ।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
८ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस