नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको बर्खास्ती र संवैधानिक परिषद् बिधयेक तुरुन्त फिर्ता लिनुपर्नेसहितका माग गर्दै वाइसिएल नेपालको ताप्लेजुङ जिल्ला कमिटीले मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ।
जिल्ला अध्यक्ष कैलाश मावोको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलमार्फत नेपाल सरकार समक्ष हतियार खरिद गर्ने निर्णय खारेजीसहितका ७ बुदें ज्ञापनपत्र पेश गरेको छ। गर्भनर अधिकारी राजनीतिक दलको सदस्य रहेको र शैक्षिक योग्यता समेतमा प्रश्न उठेकोले अनिवार्य बर्खास्त गरी छानविन गर्नुपर्ने वाइसिएलले ज्ञापनपत्रमा उल्लेख गरेको छ।
यस्तै देशमा आर्थिक संकट आइलागेको र मुद्रा सञ्चिति समेत घटीरहेको अवस्थामा हतियार खरिद गर्ने निर्णय सच्याउनुको बिकल्प नभएको उसले भनेको छ। वाइसिएलले संवैधानिक परिषद् बिधयेक फिर्ता गर्नु अनिवार्य रहेको भन्दै संबिधानमाथिको हमला कुनैपनि कोणबाट स्वीकार्य नहुने दावी गरेको छ।
वाइसिएलले किसानलाई समयमै मल र बीऊको व्यवस्था गर्न,बिद्यार्थीलाइ समयमै र पुग्दो मात्रामा पाठ्यसामग्रीको व्यवस्थापन गर्न समेत माग गरेको छ। युवाहरुको क्षमता विकासमा बिशेष ध्यान दिन र बिपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका कार्यमा युवा शक्तिलाइ प्रयोग गर्ने वातावरण सृजना गर्न उसले सरकारको ध्यानाकर्षण गरेको छ।
सामाजिक विकृति र विसंगतिविरुद्ध प्रभावकारी कदम चाल्ने अभियानका अवरोधक ऐन कानुनहरु समायानुकूल परिमार्जन गर्न समेत उसले नेपाल सरकार समक्ष माग गरेको छ।